दसैं लागेसँगै संघीय राजधानी काठमाडौंसहित विभिन्न कर्मथलोमा रहेका नागरिक घर आउजाउ क्रम बढेको छ। यसपालिको दसैंमा मनसुन जारी रहेकाले सडक अवस्था खराब छ। काठमाडौंबाट पश्चिम जाने मुख्य सडक खण्ड नारायणगढ-मुग्लिन हो। तर, चितवनस्थित इच्छाकामना गाउँपालिका-५ तुइन खोलाको भीरमा बारम्बार पहिरो गइरहेको छ। असोज ३ को र असोज ७ मा गएको पहिरोका कारणले करिब ५८ घन्टासम्म सडक खण्ड अवरोध रह्यो। यसबाट यात्रुले एकतर्फ सास्ती खेपेका भने अर्कोतर्फ यातायात व्यवसायको कारोबार चौपट भएको छ।
भदौ २३ र २४ को जेनजी प्रर्दशनले १० दिन सार्वजनिक यातायात ठप्प रह्यो। यसलगत्तै दसैं लाग्यो। तर, मनसुनका कारणले बाटो अवरोध हुँदा सार्वजनिक सवारीसाधन सजह रुपमा चल्न सक्ने अवस्था छैन। मनसुनकै कारणले समयमा सवारीसाधन गन्तव्य स्थानमा पुग्न सक्ने अवस्था छैन। यसैकारण विगत वर्षजस्तै यसपालिको दसैंका लागि बसको अग्रिम बुकिङ टिकट खुला गरिएन। तर, सवारी साधन हेरेर एक वा दुई दिनअघि मात्रै टिकट लिन सार्वसाधारणलाई आग्रह गरियो। दसैंमा सवारीसाधनको व्यवस्थापन, भाडादर, सडकको दुर्दशालगायत विषयमा केन्द्रित रहेर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलासँग क्यापिटलकर्मी सरिता थारुले गरेको कुराकानीः
दसैं सिजनमा यातायातको अवस्था कस्तो छ र यात्रुले कस्ता समस्या भोगिरहेका छन्?
दसैं सुरु भइसके पनि यसपटक उत्साहभन्दा बढी चिन्ता र तनाव छ। भर्खरैको जेननी आन्दोलनले मुलुकमा राजनीतिक मुलुकमा परिवर्तन ल्याएको छ। त्यसपछि देशका सबै संरचना त्रसित अवस्थामा छन्। यस्तो बेलामा दसैं, तिहारजस्ता चाडपर्व पनि आएका छन्। मानिस मेची-महाकाली ओहोरदोहोर गरिरहेका छन्, तर बाटोको अवस्था राम्रो छैन।
सडक अवस्था दुरुह हुँदा व्यवसायीलाई ठूलो आर्थिक क्षति भएको छ। सवारीसाधन समयमा गन्तव्यमा पुग्न सकेका छैनन्।
नारायणगढ-बुटवल सडक खण्डको दाउन्ने र मुग्लिन-नारायणगढ खण्डमा विगत वर्षदेखि नै समस्या थियो। अहिले पनि उस्तै छ। दाउन्नेलाई त नेपालमा मात्र होइन, विदेशमा बस्ने नेपालीले पनि चिन्न थालेका छन्, किनकि यसले वर्षौंदेखि यात्रुलाई सास्ती दिइरहेको छ। सडकको समस्याले गर्दा सवारीसाधन राम्ररी चल्न पाएका छैनन्। यसले यात्रु आक्रोशित हुने र गाडीका कर्मचारीसँग झगडा गर्ने अवस्था छ।
सडकको खराब अवस्थाले यातायात व्यवसायीलाई कस्तो असर परेको छ?
सडक अवस्था दुरुह हुँदा व्यवसायीलाई ठूलो आर्थिक क्षति भएको छ। सवारीसाधन समयमा गन्तव्यमा पुग्न सकेका छैनन्। उदाहरणका लागि, नारायणगढ-मुग्लिन सडकमा हालैको पहिरोले ३०-४५ घन्टासम्म सडक अवरुद्ध भयो, जसले गर्दा तालिका पूरै बिग्रिएको छ। गाडी ३-४ दिनसम्म बाटोमै अड्किए। यसले गर्दा चालक र यात्रु दुवैले ठूलो दुःख पाइरहेका छन्।
-1759034396.jpg)
व्यवसायीले चाडपर्वमा ऋण तिर्ने, बैंकको किस्ता तिर्ने र कर्मचारीलाई तलब दिने आशा गरेका थिए। तर, आन्दोलन र सडक बिग्रिँदा अहिले सबै योजना भत्किएका छन्। आर्थिक क्षतिको अनुमानित आँकडा छैन, तर यो करोडौंमा छ। दाउन्ने सडकको खराब अवस्थाले गर्दा यो ‘नवलपरासीको दाउन्ने’ मात्र नभई एउटा अन्तर्राष्ट्रिय ‘ब्रान्ड’ बनिसकेको छ।
वर्षौंदेखि समस्या समाधान नभएको र ठेक्कापट्टाको काम पनि पूरा हुन नसक्दा यो सडक खण्ड पश्चिम नेपाल जाने यात्रु र सवारीसाधनका लागि ठूलो चुनौती बनेको छ। यसले स्थानीयको स्वास्थ्यमा नकारात्मक असर परेको छ, दुर्गन्ध र प्रदूषण फैलिएको छ। राम्रो सडकमा निर्बाध यात्रा गर्न पाउनु पनि नागरिकको मानव अधिकार हो। तर, नेपालका सडकको खराब अवस्थाले यो अधिकार हनन भएको छ। सडक अवस्थाकै कारण यात्रु आक्रोशित भई गाडीका कर्मचारीमाथि रिस पोख्ने गरेका छन्। सडक खाल्डाखुल्डीका कारण गाडीमा सवार यात्रु घाइते हुनु र उपचार गराउनुपर्ने अवस्था छ।
राज्यले सडक मर्मत नगरेर यात्रुलाई थप पीडा दिएको छ। नारायणगढ-मुग्लिङ सडक खण्ड पनि अर्को समस्या बनेको छ। पहिलेको सिमलताल घटनामा दुईवटा बस र ६२ जना यात्रु बेपत्ता भएका थिए। यसमध्ये अझै पनि केही यात्रुको अवस्था अज्ञात छ। हालै सोही सडक खण्डमा सुक्खा पहिरो जाँदा ३०-४० घन्टासम्म सवारीसाधन र यात्रु अलपत्र परे। त्यस समय स्थानीय प्रशासन, सुरक्षा निकाय र सामाजिक अभियन्ताले यात्रुलाई खाना र पानी उपलब्ध गराएर मानवताको उदाहरण प्रस्तुत गरे। यसले सरकारले चाहे काम गर्न सक्छ भन्ने देखाउँछ।
दसैंका लागि यसपालि अग्रिम टिकट बुकिङ किन खोलिएन?
दसैंका बेला अग्रिम टिकट बुकिङ हतारमा खोल्न सकिँदैन। हवाईजहाजजस्तो सहज नहुँदा समयमै गाडी आइनपुगे यात्रुले समस्या सिर्जना गर्न सक्छन्। नेपालको भू-बनोट, वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राखेर तत्कालै टिकट बुकिङ खोल्नु अव्यावहारिक हुन्छ। मौसम र सडकको अवस्था नहेरी हतारमा टिकट दिँदा पछि ठूलो अस्तव्यस्तताको जोखिम हुन्छ। यातायात व्यवसायी, यातायात व्यवस्था विभाग, प्रहरी र मन्त्रालयको संयुक्त बैठक बसेर यस विषयमा निर्णय गरिएको थियो।
यातायात संरचना कमजोर भएको, सरकारी कार्यालयले परमिट दिने फुर्सद नभएको र बाटो अवरुद्ध भइरहेकाले यो निर्णय लिइएको हो। तत्काल गाडीलाई आवतजावतको सुविधा दिन र यात्रुलाई सहज बनाउन यस्तो कदम चालिएको हो।
हतारमा १०-१५ दिन अगाडि टिकट नदिने तर दुई-तीन दिनको अन्तरमा सीमित तरिकाले टिकट बुकिङ खोल्ने निर्णय गरियो। यसले बाटोको अवस्था हेरेर मात्र टिकट वितरण गर्न सकियोस् भन्ने उद्देश्य थियो। कयौं दसैं, महाभूकम्प, कोभिड-१९ महामारी र नाकाबन्दीजस्ता विषम परिस्थितिमा पनि महत्त्वपूर्ण भूमिका वहन गर्दै आएका छौं। अग्रिम टिकट वितरण गरिसकेपछि पनि बाटोमा पहिरो वा बाढीका कारण सडक अवरुद्ध हुँदा समस्या आएको छ। यसले गर्दा तालिका बिग्रियो र यात्रु सडकमै अलपत्र परेका छन्। दुई–तीन दिनका लागि दिइएको टिकटको तालिका पहिरोका कारण तीन दिनसम्म गाडी एउटै ठाउँमा रोकिँदा पूर्ण रूपमा तालिका किग्रिएको छ।
अग्रिम टिकट बुकिङ नखुलाएपछि घटस्थापनाका दिनदेखि सबै सवारीसाधनलाई रुट परमिट खुला गर्नुपर्ने आवश्यकता किन पर्यो?
दसैंको समय सबै गाडीलाई देशैभर जान रुट परमिट खुला गर्नुको मुख्य कारण परिस्थितिजन्य बाध्यता हो। यातायात संरचना कमजोर भएको, सरकारी कार्यालयले परमिट दिने फुर्सद नभएको र बाटो अवरुद्ध भइरहेकाले यो निर्णय लिइएको हो। तत्काल गाडीलाई आवतजावतको सुविधा दिन र यात्रुलाई सहज बनाउन यस्तो कदम चालिएको हो।
-1759034394.jpg)
भौतिक पूर्वाधार मन्त्री, मन्त्रालयका सचिव, नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायी महासंघका पदाधिकारी सम्मिलित ह्वाट्सएप ग्रुप बनेको छ। यो ग्रुपमार्फत बाटोको अवस्थाबारे मिनेट-मिनेटमा जानकारी आदानप्रदान गर्ने व्यवस्था मिलाइएको छ। यसले गर्दा कुन बाटोमा गाडी जाममा छन्, कुन ठाउँमा पहिरो गएको छ र यात्रुको अवस्था कस्तो छ भन्ने कुराको तत्काल जानकारी भइरहेको छ।
अहिलेका सडक समस्याग्रस्त छन्। यस्तो अवस्थामा बाटो अवरुद्ध हुँदा वैकल्पिक बाटा उपलब्ध छन् कि छैनन्?
काठमाडौं उपत्यकाबाट बाहिर जाने बीपी राजमार्ग र कान्तिपथजस्ता वैकल्पिक सडक पनि पहिलेको बाढीपहिरोका कारण जोखिमपूर्ण अवस्थामा छन्। त्यसैले एउटै मूल सडक अवरुद्ध हुँदा हजारौं गाडी रोकिनुपर्ने अवस्था आउँछ। यसले गर्दा यातायात व्यवस्थापन झनै जटिल बन्छ। काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधनका लागि विभिन्न मार्ग तोकिएको छ।
धादिङको नौबिसेबाट त्रिभुवन राजपथ हुँदै मकवानपुरको हेटौंडा पुग्न सकिनेछ। यसैगरी हेटौंडाबाट काठमाडौं आउने हाइस, कार, स्करपियो र सुमोजस्ता साना गाडीले भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी र दक्षिणकालीको बाटो प्रयोग गरिरहेका छन्। ठूला सवारीसाधनका लागि भने कान्ति लोकपथलाई विकल्पको रुपमा प्रस्तुत गरिएको छ, जुन हेटौंडा, ठिंगन, भेडाडाँडा हुँदै ललितपुरको सातदोबाटोबाट उपत्यका प्रवेश गर्छ।
पोखरा जाने यात्रुका लागि भने बुटवल हुँदै जाने बाटो प्रयोग गर्न विभागले सुझाएको छ। यो मार्ग ठूला तथा साना दुवै सवारीका लागि खुला छ। चितवनको गैंडाकोटबाट कालीगण्डकी करिडोर हुँदै साना गाडी पाल्पा, रामपुर, भिमाद र तनहुँतर्फ गइरहेका छन्। हामी अचम्मका छौं- दसैं पर्व कुनै पनि हालतमा छाड्दैनौं। जतिसुकै समस्या आए पनि र बाटोमा जति नै अप्ठ्यारो भए पनि मानिस घर जान आतुर हुन्छन्। यसले गर्दा यातायात व्यवस्थापनमा थप चुनौती थपिन्छ।
हाल देशभरका अधिकांश राजमार्ग बिग्रिएका छन्। नागरिक घन्टौं जाममा परेका छन्। यस्तो अवस्थामा वैकल्पिक बाटो प्रयोग गर्दा भाडादर बढी पर्छ?
दसैंमा वैकल्पिक बाटो प्रयोग गर्दा यात्रा लामो हुने र खर्च बढी लाग्ने अवस्थामा भाडाको विषयलाई लिएर यात्रु र यातायात व्यवसायीबीच समन्वय गर्नु एकदमै महत्त्वपूर्ण हुन्छ। यो व्यावहारिक पक्ष हो। दाउन्नेको बाटो अवरुद्ध हुँदा पोखराबाट स्याङ्जा हुँदै गाडी घुमाएर ल्याउँदा ६०-७० किलोमिटरको दूरी बढ्छ।
-1759034392.jpg)
त्यसैगरी हेटौंडाबाट बाहिर घुम्दा १००-१५० किलोमिटरको दूरी बढ्न सक्छ। वैकल्पिक बाटोबाट जाने अवस्थामा इन्धन खर्च बढ्ने हुँदा व्यवसायीले थप भाडा माग्नु स्वाभाविकै हो। तर, यसलाई कुनै पनि पक्षले गुनासो गर्नुको सट्टा आपसी समन्वयबाट समाधान गर्नु सबैका लागि हितकर हुन्छ।
चालक र सह-चालकले यात्रुलाई वैकल्पिक बाटो, त्यसको दूरी र बढ्ने खर्चबारेमा स्पष्ट जानकारी दिनुपर्छ। थप भाडा लिँदा त्यसको उचित कारण बताउनुपर्छ, ताकि यात्रुले ठगिएको महसुस नगरुन्। यात्रुले पनि लामो बाटोको कारण लाग्ने थप खर्चलाई बुझिदिनुपर्छ। कानुनले तोकेभन्दा धेरै भाडा असुलेको अवस्थामा मात्रै गुनासो गर्नुपर्छ। सामान्य अवस्थामा व्यावहारिक रूपमा केही भाडा थपिनुलाई स्वीकार गर्नुपर्छ। यसका लागि प्रशासन र सम्बन्धित निकायले पनि समन्वयकारी भूमिका खेल्नु आवश्यक छ।
जाम र लामो यात्राको समय दुवै पक्षले धैर्य गर्नु महत्त्वपूर्ण हुन्छ। चालकले पनि यात्रुको समस्या बुझेर शान्त रहनुपर्छ। उनीहरूले आफू पनि तनावमा रहेको भन्दै यात्रुसँग अभद्र व्यवहार गर्नु हुँदैन।
संक्रमणकालीन अवस्थामा कानुनलाई मात्र आधार बनाएर सबै कुरा समाधान हुँदैन, व्यावहारिक पक्षलाई पनि ध्यान दिनुपर्छ। यसबाट न व्यवसायी मर्कामा पर्छन्, न त यात्रु नै। जाम र लामो यात्राको समय दुवै पक्षले धैर्य गर्नु महत्त्वपूर्ण हुन्छ। चालकले पनि यात्रुको समस्या बुझेर शान्त रहनुपर्छ। उनीहरूले आफू पनि तनावमा रहेको भन्दै यात्रुसँग अभद्र व्यवहार गर्नु हुँदैन।
यात्रुले पनि गाडीमा हल्ला गर्नु, मदिरा सेवन गरेर होहल्ला गर्नु वा चालकलाई अनावश्यक दबाब दिनुहुँदैन। यात्रा गर्दा गाडीको स्टाफसँग सोधेर मात्रै खानपिन वा अन्य कामका लागि गाडीबाट बाहिर निस्कनुपर्छ। आफ्नो अधिकारको कुरा गर्दा अरूलाई असर पुर्याउनु हुँदैन। यस्तो अवस्थामा सबैले सचेत भएर एकअर्कालाई सहयोग गर्दा मात्रै चाडपर्वमा हुने यात्रा सहज र सुखद बन्न सक्छ। नेपाली सचेत त छौं, तर यस्ता कठिन परिस्थितिमा सचेतना देखाउन सकेनौं भने अनावश्यक दुःख पाइन्छ। यो समय सबैले एकअर्काको परिस्थितिलाई बुझेर अगाडि बढ्नुपर्छ।
हालैको जेनजी आन्दोलनले यातायात क्षेत्रमा कस्तो असर पारेको छ?
जेनजी आन्दोलनले यातायात क्षेत्रमा भौतिक क्षति कम भयो, जुन सबैका लागि एउटा सकारात्मक पक्ष हो। हामीले समयमै विज्ञप्ति जारी गरी देशभरका गाडीलाई सुरक्षित स्थानमा रोक्न अनुरोध गरेका थियौं। तर, आर्थिक क्षति भने ठूलो भयो। लगभग १० दिनसम्म गाडी नचल्दा अर्बौं रुपैयाँको कारोबार गुमाउनुपरेको छ। यसको हिसाब हामी संकलन गर्दै छौं। आन्दोलनको समय सरकारी कार्यालय बन्द हुँदा कतिपय सवारीसाधनको कागजपत्र फेल भएको छ।
-1759034390.jpg)
यातायात कार्यालयले ती कागजपत्रको जरिवाना लिने गरेका छन्, जुन एकदमै गलत हो। यस्तो विषम परिस्थितिमा सरकारले नागरिकलाई सेवा दिनुपर्छ, दुःख दिनुहुँदैन। आन्दोलनको समय सवारीसाधनका कागजपत्र (ब्लुबुक, परमिट) को म्याद सकिएको थियो। कार्यालय बन्द भएकाले समयमै नवीकरण गर्न नपाउँदा यातायात कार्यालयबाट लाग्ने जरिवानाले थप आर्थिक भार परेको छ। हेटौंडास्थित नारायणी ट्रक यातायात व्यवसायी संघको कार्यालय तोडफोड हुँदा ५०-६० लाख रुपैयाँ बराबरको क्षति भएको छ। दाङ र पोखरामा पनि केही सवारीसाधनमा तोडफोड भएको बताइएको छ। गण्डकी प्रदेशमा करिब ८-१० वटा गाडी फुटेका छन्।
क्यापिटल नेपालले अनलाइनबाट टिकट लिने भन्दै एउट सर्भे गरेको थियो, सरकारले निर्धारण गरिएको भन्दा बढी भाडादर भन्दा बढी लिएको पाइएको थियो, यस विषयमा यहाँको धारणा के छ?
हेर्नुहोस्, यो बिलकुलै गलत हो। सरकारले गाडीको श्रेणीअनुसार फरक-फरक भाडादर तोकेको छ। अहिले नेपालभर १७२ ठाउँमा नागरिक सहायता कक्ष छन्, जहाँ यातायात व्यवस्था विभागले नै भाडादर लेखेर राखेको छ। चाहे अनलाइनबाट टिकट काट्नुस् वा काउन्टरबाट। कसैले पनि तोकिएको भाडाभन्दा बढी लिन पाउँदैन। यदि कसैले त्यसो गर्छ भने त्यो गैरकानुनी हो र उसलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ।
हामीले सरकारका सबै निकायलाई बारम्बार यस्ता बिचौलिया नियन्त्रण गर्न आग्रह गरेका छौं। प्रहरीले पनि व्यापक रूपमा सादा पोसाकमा गस्ती गरिरहेको छ।
यातायात व्यवस्था विभागले तोकेको भाडादरअनुसार सबै गाडीले टिकट बेच्नुपर्छ। काठमाडौँ उपत्यका र देशभरका विभिन्न स्थानमा राखिएका नागरिक सहायता कक्षमा भाडाको सूची टाँसिएको छ। यदि कुनै पनि अनलाइन वा काउन्टरबाट तोकिएको भाडाभन्दा बढी मागिएको छ भने त्यो पूर्णतः गैरकानुनी हो। त्यस्ता बिचौलिया र दलाललाई कारबाही गर्नुपर्छ। कसैले रिजर्भ गरेर जाँदा भने फरक भाडा लाग्न सक्छ, किनकि त्यो अवस्थामा गाडीलाई खाली फर्किनुपर्ने हुन्छ। तर, तोकिएको भाडामा यात्रुले टिकट पाउनुपर्छ।
भाडादरभन्दा बढी लिने समस्या समाधान गर्न महासंघको भूमिका के हो?
हामीले सरकारका सबै निकायलाई बारम्बार यस्ता बिचौलिया नियन्त्रण गर्न आग्रह गरेका छौं। प्रहरीले पनि व्यापक रूपमा सादा पोसाकमा गस्ती गरिरहेको छ। यस्ता कार्यमा संलग्नलाई पक्राउ गरिरहेको छ। नागरिक समाज, युवा क्लबलगायत सबैको यसमा चासो हुनुपर्छ। सबैका आँखा एकै ठाउँ पुग्न सक्दैनन्। त्यसैले हामी सबै मिलेर यो समस्या हटाउनुपर्छ।
-1759034386.jpg)
रिजर्भ गाडीको हकमा भने भाडा फरक पर्न सक्छ। जस्तो, झापाको गाडी धनगढीसम्म रिजर्भमा लैजाँदा वा धनगढीको गाडी चरीकोट लैजाँदा भाडा फरक हुन्छ। यो सेवा लिने र दिनेबीचको कुरा हो। तर, नियतवश रिजर्भको नाममा तोकिएको भाडाभन्दा बढी रकम लिनु गलत हो। यदि तपाईंले तोकिएको भाडामा टिकट खोज्नुभएको हो भने आधिकारिक काउन्टर वा परिचयपत्र र ड्रेस लगाएका कर्मचारीबाट मात्र टिकट काट्दा ठगिने सम्भावना कम हुन्छ।
सामान्य अवस्थामा र दसैंमा सवारीसाधनको संख्या के-कतिले फरक हुन्छ?
सामान्य समय दैनिक एक–दुई हजार गाडी मेची-महाकाली ओहोरदोहोर गर्छन् भने दसैंमा ५-७ हजार गाडी गुड्छन्। यस वर्ष प्राकृतिक प्रकोपले सडक अवरुद्ध भएकाले धेरै सडक सुनसान छन्। सामान्य अवस्थाको तुलनामा यसपटक कारोबार धेरै कम भएको छ। नेपालमा करिब साढे तीन लाख यात्रुवाहक सवारीसाधन छन्। दसैंमा यी सबै सवारीसाधन पूर्ण क्षमतामा सञ्चालन हुँदा अर्बौं रुपैयाँको कारोबार हुन्थ्यो, जुन यसपटक सम्भव भएको छैन। काठमाडौंबाट बाहिरिने विभिन्न नाका नागढुंगा, बीपी राजमार्ग, अरनिको राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढ्छ। तर, यस वर्ष प्राकृतिक प्रकोप बाढीपहिरोका कारण सडकको अवस्था राम्रो नहुँदा यातायात सुस्त छ र दसैंको चहलपहल पनि अपेक्षित देखिएको छैन।
यातायात व्यवसाय कारोबारमा कस्तो असर परेको छ?
दसैंंका बेला यातायात क्षेत्रमा अर्बौं रुपैयाँको कारोबार हुन्छ। नेपालभरका करिब चार लाख सवारीसाधनमध्ये साढे तीन लाख जति यात्रुवाहक सवारीसाधन ट्याम्पोदेखि बससम्म दसैं-तिहारको समय सक्रिय हुन्छन्। यसबाट अर्थतन्त्र चलायमान हुन्छ। तर, यस वर्षको खराब अवस्थाका कारण कारोबार सामान्य समयभन्दा ३० प्रतिशत पनि पुग्ने सम्भावना छैन।
-1759034386.jpg)
-1759034386.jpg)
-1759034376.jpg)
-1759034371.jpg)
-1759034371.jpg)