काठमाडौं। नेपालमा पर्यटन पूर्वाधार विस्तार तीव्र रुपमा बढ्दो छ। तर, पर्यटकको बसाइँ अवधि तीन दशकदेखि लगभग स्थिर छ। विं.सं. २०४७ देखि २०८१ सम्मको तथ्यांकले देखाउँछ- नेपालमा आउने पर्यटक औसत १२ दिन मात्रै बस्ने गर्छन।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार ०४७ सालमा पर्यटकको औसत बसाइँ अवधि १२ दिनको थियो। त्यसको ठिक ३५ वर्षपछि अर्थात २०८१ मा आइपुग्दा पर्यटकको औसत बसाइँ १३.३ दिन मात्र रहेको छ।
तथ्यांकअनुसार ०४७ सालमा दुई लाख ५५ हजार पर्यटक नेपाल आएका थिए। ०८१ मा ११ लाख ४८ हजार विदेशी पर्यटक नेपाल घुम्न आएका छन्। यसरी हेर्दा पर्यटकको बसाइँ अवधि मात्र हैन पर्यटक आगमनसमेत वृद्धि हुन सकेको छैन।
विगत ३५ वर्षअघि एक जना पर्यटकले नेपाल आउँदा दैनिक ६.३७ डलर खर्च गर्ने गरेकोमा ०८१ मा आइपुग्दा ६२.३४ अमेरिकी डलर खर्च गर्दै आएका छन्। बसाइँ अवधि उही भए पनि खर्च गर्ने प्रवित्तिमा भने केही बढी देखिएको छ।
होटलको संख्या अधिक
सार्वजनिक तथ्यांकअनुसार ०४७ मा तारे होटलको संख्या ५७ वटा थियो। जसमा पाँच हजार ५०२ वटा बेड संख्या थियो। पर्यटकीय स्तरीय होटल १११ वटा हुँदा बेड संख्या चार हजार ७४२ वटा थियो। २०८१ मा आइपुग्ला तारे होटलको संख्या २१४ वटा, बेड संख्या २० हजार ३४३ पुगेको छ। यस्तै पर्यटक स्तरीय होटलको संख्या एक हजार ३६४ पुग्दा बेड संख्या ४२ हजार २९९ पुगेको हो।
किन बढेन पर्यटकको बसाइँ अवधि?
नेपालमा धनाढ्य पर्यटकहरु ल्याउँदै आएको कोर्रा टुर्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजय अमात्यले ३५ वर्षदेखि पर्यटकको बसाइँ अवधि समान हुनुमा नयाँ गन्तव्यको विकास नहुनु प्रमुख कारक रहेको बताउँछन्।
होटल एसोसिएन अफ नेपाल (हान)का कोषाध्यक्ष युवराज श्रेष्ठले यातायातको पूर्वधारमा भएको विकासको कारणले पनि बसाइँ अवधि बढ्न नसकेको बताए।
‘सरकारले पर्यटन क्षेत्रका लागि आवश्यक पूर्वधारमा विकास नगर्दा ३५ वर्षदेखि समान गन्तव्यमा पर्यटक घुमिरहेका छन्,’ उनले भने, ‘पुरानै गन्तव्य केन्द्रित भएर होटल बने, तर पर्यटकको संख्या बढ्न सकेन।’
होटल एसोसिएन अफ नेपाल (हान)का कोषाध्यक्ष युवराज श्रेष्ठले यातायातको पूर्वधारमा भएको विकासको कारणले पनि बसाइँ अवधि बढ्न नसकेको बताए। ‘अहिले अधिकांश पुराना पर्यटकीय गन्तव्यमा यातायातको सहज पहुँच पुगेको छ,’ कोषाध्यक्ष श्रेष्ठले भने, ‘नयाँ गन्तव्यको विकास भए पनि ती क्षेत्रमा होटल नबन्दा अहिले यो समस्या आइरहेको हो।’
अहिले नयाँ गन्तव्यको रुपमा तिलिचो ताल, से‑फोस्कुण्डो, रारा, बडीमालिका, च्छोरोल्पा, सैलुङलगायत प्रचार भए पनि ती ठाउँमा सुविधा सम्पन्न होटल निर्माण हुन नसक्दा चाहेर पनि पर्यटक धेरै दिन बस्न नपाएको उनले बताए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ निर्देशक मणिराज लामिछानेले विश्वभरको ट्रेड थोरै समयमा धेरै गन्तव्य घुम्न चाहने पर्यटकको संख्या बढिरहेको बताए।
‘होटल पनि शहर केन्द्रित हुँदा अहिले समस्या आइरहेको छ,’ कोषाध्यक्ष श्रेष्ठले भने, ‘सरकारले नयाँ गन्तव्यमा होटल निर्माणका लागि आवश्यक जग्गा भाडामा दिन सहजीकरण गरे धेरै होटल बन्छ। पर्यटकको बसाइँ अवधि पनि केही बढ्न सक्छ।’
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ निर्देशक मणिराज लामिछानेले विश्वभरको ट्रेड थोरै समयमा धेरै गन्तव्य घुम्न चाहने पर्यटकको संख्या बढिरहेको बताए। ‘पर्यटकको बसाइँ अवधि नेपालमा मात्र हैन, अहिले विश्वभर बढ्न सकेको छैन,’ वरिष्ठ निर्देशक लामिछानेले भने, ‘पर्यटक मल्टी टुरको अवधारणा लिएर एकै पटक धेरै ठाउँमा घुम्न थालेका छन्।’
पर्यटकको बसाइँ अवधि बढाउन बोर्डले अहिले विदेशमा गएर नेपालका केही नयाँ गन्तव्यको प्रचार गरिरहेको बताउँदै आवश्यक पूर्वधार निर्माणका लागि सरकारलाई समेत सुझाव दिँदै आएको उनले बताए।
