काठमाडौं। नेपाली बजारमा दुई पांग्रे विद्युतीय सवारी साधन (ईभी)को आयात तथा प्रयोग बढ्दै गएको छ। भन्सार विभागको तथ्यांकअनुसार दुई पांग्रे ईभीको आयात तथा प्रयोग बढ्दै गएको हो।
दुई पांग्रे ईभीको आयात र प्रयोग बढ्दै गए पनि धेरै कम्पनीहरु बिक्रीमा मात्रै केन्द्रित हुँदा उपभोक्ताको विश्वास गुम्दै गएको छ। नेपाली बजारमा दुई पांग्रे ईभीको प्रयोग र बिक्री बढ्न थालेको धेरै भएको छैन। तर, काठमाडौं उपत्यकासहित मुलुकभर ईभी स्कुटर बिक्री वितरण गर्ने शोरुमको उपस्थिति बाक्लो छ।
लगभग आधा दशकमा ईभी स्कुटर वितरक चोकचोकमा पुग्न भ्याइसकेका छन्। हालसम्म नेपालमा करिब सात दर्जन ब्रान्डले दुई पांग्रे बिक्री गरिरहेको बिक्रेताको दाबी छ। तर, स्थापित र चलेका ब्रान्ड औँलामा गन्न सकिने मात्रै छन्। नेपालमा भित्रिएका दुई पांग्रे ईभी ब्रान्डको संख्या अनुमानभन्दा धेरै छ।
नेपाल भित्रिएका अधिकांश ब्रान्ड बिक्रीमा मात्र केन्द्रित देखिन्छन्। केही कम्पनीबाहेक बिक्रीपछिको सेवामा ध्यान दिने गरेका छैनन्। बिक्री गरिसकेपछि एक्सचेन्ज गर्नुपरे वा प्रयोगकर्ताले बिक्री गर्नुपरेमा रिकन्डिसनमा लगेर स्कुटर बिक्री गर्ने सुझाव कम्पनीले दिने गरेका छन्।
अहिले एक दुई युनिट ल्याएर परीक्षणका रुपमा हेरिहालौँ भन्ने मानसिकताका कारण धेरै ब्रान्ड खुल्ने र बन्द हुने अवस्था सिर्जना भएको सेगवे स्कुटरका बजार प्रमुख मनिष मुरारका बताउँछन्।
‘नेपाली बजारमा आएका दर्जनौँ ब्रान्डका सवारी साधनले समग्र ईभी बजारप्रति अविश्वासको वातावरण सिर्जना भएको छ,’ उनले भने, ‘जस्तो पाए त्यस्तै ब्रान्ड ल्याउँदा हरेक दिन नयाँ ब्रान्ड खुल्ने र बन्द हुने क्रम जारी छ।’ सेगवेयका स्कुटर प्रयोगकर्ताले चाहेको जुनसुकै समयमा एक्सचेन्ज हुने उनको भनाइ छ। अहिले नेपाली बजारमा उपलब्ध सिमित ब्रान्डबाहेक अन्य ब्रान्ड आउने बन्द हुने क्रम जारी छ।
ईभीको उत्पादन एकदमै महंगो हुन्छ। नेपामला भन्सारको नीतिका कारण मात्र सस्तोमा आएको हो। पेट्रोलको तुलनामा ईभीको उत्पादन गर्न धेरै महंगो पर्छ।
सरकारले ईभी प्रवद्र्धनका लागि दिएको कर छुटको फाइदा उठाउँदै अनुभवबिना नयाँ व्यवसायीहरूले चाइनिज ब्रान्डहरू आयात गर्ने होडबाजी चलाएका छन्। तर, यही अव्यवस्थित प्रवेश र अल्पकालीन व्यापारिक रणनीतिका कारण विगत केही वर्षभित्रै दुई दर्जनभन्दा बढी ब्रान्डहरू बजारबाट पलायन भइसकेका छन्।
अहिले धेरै व्यवसायीहरुले मार्जिन धेरै छ भन्ने हिसाबले मात्र व्यवसायमा हात हालेका कारण दुई पांग्रे ईभी प्रयोगकर्तालाई समस्या परिरहेको लुयान स्कुटरका शंखर शर्मा बताउँछन्।
‘अहिले धेरै व्यवसायीहरुले मार्जिन धेरै छ भन्ने हिसाबले मात्र व्यवसायमा हात हालेका छन्,’ उनले भने, ‘तर त्यो मार्जिन भनेको बिक्रीपछिको सेवा, स्पेयर पाट्र्स, सर्भिसिङ, वारेन्टी, टेक्निसियनको खर्च यी सबै समायोजन गरेपछि खासै बचत हुँदैन भन्ने कुरा बुझेनन्।’ यस्ता विभिन्न कारणले गर्दा अहिले धेरै ठाउँमा समस्या आएको उनको भनाइ छ।
उनका अनुसार पछिल्लो समय पेट्रोलमा स्थापित ब्रान्डसमेत ईभी स्कुटरमा केन्द्रीत भएकाले ईभी स्कुटरप्रति माग र आकर्षण बढ्दै गएको छ। तर, बिक्रीपछिको सेवा दिन नसक्ने धेरै कम्पनीहरु बन्द हुँदै गएका छन्। उनीहरुको बजार माग पनि कम भयो। बिक्रीपछिको सेवा धेरै हुँदो रहेछ भन्ने अनुभव पनि गरेपछि धेरै कम्पनीहरु स्टक क्लियर गरेर बन्द हुँने तयारीमा छन्।
ईभीको उत्पादन एकदमै महंगो हुन्छ। नेपामला भन्सारको नीतिका कारण मात्र सस्तोमा आएको हो। पेट्रोलको तुलनामा ईभीको उत्पादन गर्न धेरै महंगो पर्छ।
इलेक्ट्रिक स्कुटरमा नयाँ व्यवसायी हाबी
शर्माका अनुसार दुई पांग्रे ईभीमा नयाँ नयाँ व्यवसायीले हात हालेका कारण अनुभव नहुँदा बजारमा टिकाउन नसकेका हुन्। ‘दुई पांग्रे ईभी ब्रान्ड आयात गर्ने अधिकांश व्यवसायी नयाँ छन्। ब्रान्ड राम्रो भए पनि नयाँ व्यवसायीले ल्याएका कारण बजारमा टिकाउन नसकेर बन्द भएका हुन्,’ उनले भने।
नेपाल भित्रिने अधिकांश ईभी स्कुटर चिनियाँ ब्राण्ड रहेका छन्। नेपाली बजारमा भित्रिएका ७ दर्जन बढी ब्रान्डमा अहिलेसम्म २ दर्जनभन्दा बढी ब्रान्ड बन्द भइसकेका छन्।
नेपालमा यस्ता स्कुटर भित्र्याउने व्यवसायीमध्ये अधिकांश पहिलो पटक अटोमोबाइल व्यवसायमा प्रवेश गर्दै गर्नेहरु पर्छन्। तर पछिल्लो समय अटोमोबाइल व्यवसायमा स्थापित ठूला घरानासमेत इलेक्ट्रिक स्कुटरमा आकर्षित हुन थालेको देख्न सकिन्छ। केही स्थापित घरानाले नेपाल भित्र्याएको ईभी ब्रान्ड बन्द पनि भइसकेका छन्।
दुई दर्जन बढी ब्रान्डहरु बन्द
नेपाल भित्रिने अधिकांश ईभी स्कुटर चिनियाँ ब्राण्ड रहेका छन्। नेपाली बजारमा भित्रिएका ७ दर्जन बढी ब्रान्डमा अहिलेसम्म २ दर्जनभन्दा बढी ब्रान्ड बन्द भइसकेका छन्। केही ब्रान्ड बन्द हुने वालामा छन्। पेट्रोल बाइक तथा स्कुटरको तुलनामा ईभीको रेन्ज कमजोर, मूल्य महंगो र पर्याप्त चार्जिङ स्टेशनको कमी र भरपर्दाे नभएकाले उपभोक्ताको रोजाइमा खासै पर्न सकेका छैनन्।
नेपाली जारमा केही ब्रान्डहरु स्थापित हुनका लागि संघर्ष गरिरहेका छन्। केही ब्रान्ड बन्द भएका छन्। यसमा पनि नयाँ व्यवसायीदेखि लिएर स्थापित व्यवसायी घरानाले भित्र्याएको ब्रान्डसमेत बन्द भएका छन्। अहिलेसम्म नेपाल भित्रिएकामध्ये हिरो, टुनवाल, ग्रेटा, जेसिक्स, जेटी, केएसआर, ओपाई, राफ, पियोर ईभी, ओकिनावा, एम्पियर, ओडीसी, यूजीबेस्ट, इमिङमा, ईआस्वा, बाउन्स, आइमा, लेमिङ, ओक्ला, ईभीट्रिक, एरोमा, मिकु, बेनलिङ, मियामालगायत ब्राण्ड बन्द भएका छन्।
यी अधिकांश ब्राण्डको स्कुटर पछिल्लो समय आयात भएका छैनन्। यीबाहेक रेमोटर्स, इनिग्मा, लिफान, दोहान, ब्रेभोलगायतका ब्रान्ड बन्द हुने अवस्थामा पुगेका छन्। यी ब्रान्डहरुले पनि पछिल्लो केही समयदेखि स्कटर आयात गरेका छैनन्।