काठमाडौं। सामसुङ इनोभेसन क्याम्पस नेपालले जुन २७ देखि डिसेम्बर ३१ सम्म सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान तथा नेक्स्ट–जेनेरेसन प्रविधिमा प्रत्यक्ष अनुभव उपलब्ध गराएको थियो।
कम्पनीले कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच सुरु भएको बताएको छ। सामसुङको विश्वव्यापी सीएसआर दृष्टिकोणलाई अघि बढाउँदै युवालाई भविष्य–तयार सीप उपलब्ध गराई नवप्रवर्तनकर्ता र समस्या समाधानकर्ताको नयाँ पुस्ता विकास गर्न सशक्त बनाउँदै आएको जनाइएको छ।
स्नातक उत्तीर्ण विद्यार्थीलाई उनीहरूको उपलब्धिको कदरस्वरुप प्रमाणपत्रसहित सम्मान गरिएको एआई तथा बिग डेटा कार्यक्रममा नेपालको डिजिटल क्षमतालाई थप सुदृढ बनाउँदै बढ्दो डिजिटल अर्थतन्त्रमा नेतृत्व गर्न, नवप्रवर्तन गर्न र अर्थपूर्ण योगदान दिन युवालाई सशक्त बनाउने उद्देश्य रहेको सामसुङ नेपालका म्यानेजिङ डाइरेक्टर चाङ उक जङले बताए।
कार्यक्रमको उद्देश्य युवा पुस्तालाई भविष्य–तयार सीपले सुसज्जित गर्नुका साथै नेपालमा सशक्त नवप्रवर्तन इकोसिस्टम निर्माणमा योगदान पुर्याउनु रहेको कम्पनीको भनाइ छ।
सामसुङ इनोभेसन क्याम्पसको पाठ्यक्रम केवल प्राविधिक तालिममा सीमित नरही, उन्नत प्रविधि सिकाइलाई आवश्यक सफ्ट स्किल्ससँग समेटेर वास्तविक कार्यस्थलमा विद्यार्थीहरू सफल हुन सकून् भन्ने उद्देश्यले तयार गरिएको कम्पनीले जनाएको छ। यसले डिजिटल साक्षरता, सिर्जनशीलता, सहकार्य र समस्या समाधान क्षमतालाई थप सुदृढ बनाउँदै तीव्र रूपमा परिवर्तन हुँदै गएको प्रविधि क्षेत्रका लागि आत्मविश्वास र रोजगारीयोग्यता विकास गर्नेछ।
कार्यक्रमको उद्देश्य युवा पुस्तालाई भविष्य–तयार सीपबाट प्रशिक्षित गर्नुका साथै नवप्रवर्तन इकोसिस्टम निर्माणमा योगदान पुर्याउनु हो। पुल्चोक क्याम्पसमा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा प्राडा खड्ग केसी, रेक्टर डा.सञ्जय उप्रेती, क्याम्पस प्रमुख, पुल्चोक क्याम्पस तथा डा. सुशील बी. वज्राचार्य, डीन, इन्स्टिच्युट अफ इन्जिनियरिङ उपस्थित थिए।