काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले जेनजी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ। विद्यार्थीलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धताबमोजिम ल्याइएको यो प्याकले मोबाइल कनेक्टिभिटीमार्फत सधैं जोडिराख्ने उद्देश्य राखेको छ।
सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी यो सीम अर्थात् प्याक लिएर यसको फाइदा लिन सक्ने एनसेलले बताएको छ। पुस २६ बाट सञ्चालनमा आएको यो प्याकको मूल्य करसहित मात्र २९९ मूल्य तोकिएको छ। यस प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टु–एनसेल) कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच उपलब्ध रहेका छन्।
यी सबै सेवा–सुविधा २८ दिन मान्य रहन्छन्। ग्राहकले अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट प्राप्त गर्नेछन्, जसअन्तर्गत प्रतिमिनेट मात्र १ मा कल गर्न सकिन्छ । त्यसैगरी, २८ दिनको अवधिभित्र तोकिएको ५ जीबी डेटा प्रयोग भइसकेपछि पनि ग्राहकले पे–एज–यू–गो डेटा सेवा प्रतिएमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्छन्।
‘युवालाई लक्षित गरी विशेष रूपमा तयार गरिएको ‘युवा सिम’ सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं। आकर्षक सेवा–सुविधा बन्डल रहेको यो प्याकले युवालाई सधैं कनेक्टेड रहन सहयोग पुर्याउँदै विभिन्न अवसर र डिजिटल भविष्यसँग जोड्छ। यसले उनीहरुको डिजिटल जीवनशैलीलाई सहज बनाउने र शिक्षामा समेत सहयोग पुर्याउने विश्वास लिएका छौं,’ एनसेलका चीफ कन्सुमर बिजनेश अफिसर उपांग दत्तले भने।
युवा सिममा अर्को एक विशेषता पनि छ। यसमा एनसेलले सामाजिक सञ्जालमाथिको पहुँचलाई लक्षित गर्दै २४ घन्टासम्म मान्य १ जीबी डेटा मात्र रु. १९ प्रदान पनि गर्दछ, जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिनेछ।