काठमाडौं। नेपालको उर्जा क्षेत्रमा निजी क्षेत्रको वर्चस्व छ। देशभर विद्युत उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशत बढी रहेकाले मुलुकको उर्जा क्षेत्रमा निजी क्षेत्रको वर्चस्व देखिएको हो। नेपालमा विद्युत उत्पादन सुरु भएको २६ वर्षभित्र निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी पुगेको छ। निजि क्षेत्रको योगदान बढ्दै जाने देखिन्छ।
ऊर्जा क्षेत्र विशेष गरी जलविद्युत, सौर्य र हावा जस्ता नवीकरणीय स्रोतमा निजी क्षेत्रको योगदान बढ्दै गएको सरकारी तथ्यांकले देखाउँछ। नेपाल विद्युत प्राधिकरण (एनईए)का अनुसार हाल निजी क्षेत्रले पाँच हजार ७ सय मेगावाट क्षमताका १९० वटा जलविद्युत परियोजना निर्माण गरिरहेको छ। साथै, एनईएसँग विद्युत खरिद सम्झौता (पावर पर्चेज एग्रीमेन्ट–पीपीए) मा हस्ताक्षर गरी वित्तीय व्यवस्थाको चरणमा रहेका ९० छन्। यी परियोजनाबाट थप २ हजार २६६ मेगावाट विद्युत उत्पादन हुनेछ।
साथै, निर्माणधीन अवस्थामा रहेका कुल ८७८ परियोजनामध्ये ८६४ वटा परियोजना निजी क्षेत्रको लगानी छ। यी आयोजनाको विद्युत उत्पादन क्षमता ३६ हजार ३३६ मेगावाट रहेको एनईएले जनाएको छ। नेपालमा विद्युत उत्पादन गर्नका लागि विभिन्न चरणका लाइसेन्सहरु लिनु पर्ने हुन्छ। लाइसेन्सिङ प्रणालीअन्तर्गत सर्वेक्षण, निर्माण, वित्तीय व्यवस्थापन र सञ्चालन चरणमा लिनु पर्छ। देशभर उर्जा उत्पादन परियोजना विभिन्न चरणमा रहेका छन्।
निजी क्षेत्रको लगानी सबैभन्दा बढी रहको छ। पछिल्लो समय जल विद्युत ऊर्जा मात्रै नभई सौर्य ऊर्जामा पनि योगदान बढ्दै गएको छ। एनईएका अनुसार, हाल १५० मेगावाट सौर्य उर्जा उत्पादन भइरहेको छ। २१ सौर्य परियोजना सञ्चालनले साढे एक सय मेगवाट सौर्य उर्जा उत्पादन गरेका हुन्। यस्तै, १९० मेगावाट क्षमताका २१ परियोजना निर्माणाधीन अवस्थामा रहेको एनईएले जनाएको छ। यसैगरी, २ हजार १ सय मेगावाट क्षमताका ९६ सौर्य परियोजना विकास चरणमा रहेको एनईएले जनाएको छ।
निर्माणाधीन तथा विकास चरणका परियोजनालाई समेत समेट्दा यो योगदान लगभग ९० प्रतिशत पुग्ने अनुमान गरिएको छ। विद्युत निर्यातमा पनि निजी क्षेत्रको योगदान उल्लेखनीय छ। हाल मानसून मौसममा एनईएले ३५ परियोजनाबाट १ हजार १६० मेगावाट विद्युत निर्यात गरिरहेको एनईएले जनाएको छ। जसमध्ये निजी क्षेत्रका २९ परियोजनाबाट मात्रै ८४१ मेगावाट विद्युत आपूर्ति भइरहेको छ।
निजी क्षेत्रको सक्रियताले नेपाललाई लोडसेडिङमुक्त बनाउँदै विद्युत निर्यात गर्ने अवस्थामा पुर्याएको तर्क छ।
नेपालमा जलविद्युतको विकासमा निजी क्षेत्रको योगदान वास्तवमै सराहनीय रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की बताउँछन्। ‘यदि, निजी क्षेत्रको सहभागिता नहुन्थ्यो भने, आज पनि हामी १८ घण्टा भन्दा बढी लोडसेडिङको मारमा पथ्र्यौँ।’ उनलेभ भने, ‘झन्डै ९ सय बढी आयोजना लाइसेन्स लिएर अघि बढिसकेका छन्। ११ हजार ६ सय मेगावाट क्षमताका आयोजना पीपीएमा छन्।’
उनका अनुसार, नेपालमा १ करोड १३ लाख व्यक्तिले विभिन्न माध्यमबाट जलविद्युतमा लगानी गरेका छन्। यस क्षेत्रमा कुल लगानी करिब १३ खर्ब १० अर्ब रुपैयाँ पुगिसकेको छ। थप, १३ हजार मेगावाट आयोजना पीपीएमा आवेदनमा छन् भने, २० हजार मेगावाटभन्दा बढी आयोजनाहरू लाइसेन्स चरणमा छन्, जसमा ३ खर्ब भन्दा बढीको लगानी भइसकेको कार्कीको भनाई छ।
मुलुकमा विजुली आपूर्तिका लागि भारतबाट विद्युत आयात गर्ने नेपालले निजी क्षेत्रको योगदानका कारणले वार्षिक २० अर्ब रुपैयाँ बढी मूल्यको विद्युत निर्यात गर्ने अवस्थामा पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री अनिल कुमार सिन्हाले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको बताए।
बंगलादेशमा पनि निर्यात प्रक्रिया अगाडि बढेको बताएका छन्। निजी क्षेत्रको सक्रियताले नेपाललाई लोडसेडिङमुक्त बनाउँदै विद्युत निर्यात गर्ने अवस्थामा पुर्याएको तर्क छ। हाल नेपालको कुल विद्युत उत्पादन करिब ४ हजार मेगावाट पुगेको र यसमध्ये ३ हजार ३ सय मेगावाटभन्दा बढी निजी क्षेत्रको योगदान रहेको सिन्हाको भनाई छ। मन्त्री सिन्हाका अनुसार ५/१० मेगावाटका साना आयोजनाबाट सुरु भएको निजी क्षेत्रको यात्रा आज १ सय मेगावाटभन्दा ठूला आयोजनासम्म पुगेको छ। ऊर्जा क्षेत्रको विकासले शिक्षा, स्वास्थ्य र स्थानीय विकासमा पनि ठूलो सहयोग पुगेको उल्लेख गरे।
उर्जा उत्पादन गर्न प्रक्रियागत परियोजना
देशभर जलविद्युत, सौर्य र हावाबाट उर्जा उत्पादनमा विभिन्न परियोजना प्रक्रियागत छन्। एनईएका सर्भे लाइसेन्स अन्तर्गत साना जलविद्युत (१ मेगावाटभन्दा कम) परियोजना १३ वटा छन्, जसको कुल क्षमता ८.८५ मेगावाट छ। ठूलो जलविद्युत (१ मेगावाटभन्दा बढी) क्षेत्रमा ११३ परियोजना अध्ययनको अवस्थामा छन् ।
सर्भे लाइसेन्सको लागि हाल आवेदन दिएका परियोजनामा साना जलविद्युत ३ परियोजना रहेको छ।
यी आयोजनाको कुल क्षमता ६ हजार ३६० मेगावाट छ। यस्तै, सौर्य ऊर्जा क्षेत्रमा ७२ परियोजना सर्भे अध्ययन भइरहेका छन्। यी आयोजनाको कुल क्षमता १ हजार ३५१.९० मेगावाट छ। हावाबाट ऊर्जा निकाल्न ३ वटा परियोजनाले २३ मेगावाट विजुली उत्पादनका लागि सर्भे प्रक्रियामा रहेको एनईएले जनाएको छ। यस्तै, एक वटा परियोजनाले को–जेनेरेशन परियोजना १५ मेगावाट क्षमतासहित सर्भेअन्तर्गत रहेको छ।
यस्तै, निर्माण लाइसेन्स पाएका परियोजनाहरूमा साना जलविद्युत २३ परियोजना रहेका छन्। यी परियोजनाको कुल क्षमता १७.६३८ मेगावाट रहेको छ, भने, ठूलो जलविद्युत २५५ परियोजनाले १० हजार ८०.६३ मेगावाट विजुली उत्पादनका लागि निर्माण लाइसेन्स लिएको छ। यस्तै, सौर्यका १० परियोजनाले ८२ मेगावाट र को–जेनेरेशन १ परियोजनाले ३ मेगावाट रहेको एनईएले जनाएको छ।
यस्तै, सर्भे लाइसेन्सको लागि हाल आवेदन दिएका परियोजनामा साना जलविद्युत ३ परियोजना रहेको छ। यसले २.९३४ मेगावाट विजुली निकाल्ने छ। यस्तै, ठूलो जलविद्युत ११९ परियोजनाले ३ हजार ५८६.४७ मेगावाट र सौर्य ३४ परियोजनाले ६५७.५ मेगावाट विजुली उत्पादन गर्ने सर्भे लाइसेन्स प्राप्त गरेको एनईएले जनाएको छ।
निर्माण लाइसेन्सको लागि आवेदन दिएका परियोजनाहरूमा जलविद्युत ७७ परियोजना रहेका छन्। यीनले ११ हजार १७०.४१ मेगावाट विजुली र सौर्यका १० परियोजनाले ६२.६ मेगावाट विजुली निकाल्ने छन्।
विद्युत उत्पादनका लागि विभिन्न चरणमा रहेका उर्जा आयोजना विवरणः
