काठमाडौं। ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा रसुवा भन्सार कार्यालय, टिमुरेले सिजी मोटर्स प्रा.लि.लाई सम्मान गरेको छ। रसुवा भन्सार कार्यलयले भन्सार नियम तथा कानुनको पालना गर्दै नियमित रुपमा राजस्व संकलनमा योगदान पुर्याएको भन्दै सिजी मोटर्सलाई सम्मान गरेको हो।
कार्यक्रमका क्रममा सिजी मोटर्स प्रा.लि.लाई भन्सार ऐन नियमको पूर्ण पालना, पारदर्शी आयात तथा व्यापार प्रक्रिया, समयमै राजस्व भुक्तानी, वैध तथा व्यवस्थित व्यापार प्रवर्द्धनमा योगदान जस्ता विषयहरूमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो।
सिजी मोटर्स प्रा.लि. चौधरी ग्रुपअन्तर्गत सञ्चालनमा रहेको नेपालको अग्रणी अटोमोबाइल कम्पनी हो। जसले नयाँ तथा दिगो मोबिलिटी सवारी साधनहरू बिक्री वितरण गर्दै आइरहेको छ। नेपालमा सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधनहरूको बिक्री वितरण गर्दै सिजी मोटर्सले निरन्तर रूपमा नयाँ आयाम स्थापित गर्दै आएको छ।
रसुवा भन्सार कार्यालयले निजी क्षेत्रसँगको सहकार्यले वैध व्यापार प्रवर्द्धन, राजस्व वृद्धि तथा राष्ट्रिय आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरेको छ।
सम्मान ग्रहण गर्दै सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल शिवाकोटीले उक्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै यस भन्सार नाकासँग सहकार्य गर्ने अवसर प्राप्त भएकोमा आभार प्रकट गरे।
साथै, आगामी दिनमा पनि सरकारी नियम, कानुन तथा भन्सार प्रक्रियाको पूर्ण पालना गर्दै जिम्मेवार र पारदर्शी व्यवसाय सञ्चालनमा प्रतिबद्ध रहने जनाएको छ।