काठमाडौं। नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर एलआरआर मोटर्स प्रा.लि.ले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी जिली ईएक्स ५ म्याक्समा आकर्षक नयाँ वर्ष विशेष बिक्री योजना 'नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव' सार्वजनिक गरेको छ।
चैत्र १ देखि वैशाख ७ गतेसम्म लागू हुने यस योजनाअन्तर्गत जिली ईएक्स ५ म्याक्स खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक उपहार तथा सुविधा प्राप्त गर्ने छन्। कम्पनीले ग्राहकलाई विशेष अनुभव प्रदान गर्ने उद्देश्यले ६ रात ७ दिनको थाइल्याण्ड भ्रमण (२ जनाका लागि) सहितका विशेष लाभ समावेश गरेको जनाएको छ।
यसका अतिरिक्त कम्पनीका अनुसार यो विशेष योजनाअन्तर्गत ग्राहकहरूले ईएक्स ५ म्याक्सको खरिदमा स्मार्ट कफी मेसिन, अनुकूलनीय चार्जर, आकर्षक नगद छुट, ह्यासल फ्री फाइनान्सिङ सुविधा, १ वर्षको निःशुल्क अटो प्लस बिमा तथा एक वर्षको निःशुल्क रोड ट्याक्स जस्ता सुविधा पनि प्राप्त गर्ने छन्।
कम्पनीका सेल्स एण्ड अपरेसन हेड अधिर श्रेष्ठका अनुसार नयाँ वर्षको अवसरमा ग्राहकहरूलाई अझ विशेष अनुभव प्रदान गर्ने उद्देश्यले हामीले जिली ईएक्स ५ म्याक्समा यो आकर्षक योजना ल्याएका जानकारी दिए।
विद्युतीय सवारीप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै हामीले ग्राहकलाई थप मूल्य दिने गरी थाइल्याण्ड भ्रमणदेखि लिएर बिमा, रोड ट्याक्स र अन्य सुविधा समेटिएको प्याकेज तयार गरेको जानकारी दिए। यस योजनाले ग्राहकलाई प्रिमियम इलेक्ट्रिक एसयूभी अनुभवसँगै नयाँ वर्षको खुशी पनि थप विशेष बनाउने जानकारी दिए।
कम्पनीले अत्याधुनिक प्रविधि, सुरक्षा र प्रिमियम अनुभव प्रदान गर्ने लक्ष्यसहित जिली ईएक्स ५ विद्युतीय एसयूभी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार नयाँ वर्षको अवसरमा ल्याइएको यो योजना ग्राहकलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने र उनीहरूलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले तयार गरिएको हो।