काठमाडौं। जिएसीको आयोन युटि ह्याचब्याक नेपाली बजारमा छिट्टै लन्च हुने भएको छ। नेपालका लागि जिएसी आयोनको आधिकारिक वितरक सिजी मोटर्सले आयोन युटि ह्याचब्याक नेपाली बजारमा लन्च गर्ने तयारी गरेको हो।
सिजी मोटर्सले युटी ह्याचब्याक गत नाडा अटो शो २०२५ मा प्रशर्दनी गर्ने तयारी गरे पनि चीन–नेपाल जोड्ने नाका अवरुद्ध हुँदा आउन सकेको थिएन्। अब भने आगामी प्रतिनिधिसभाको निर्वाचनपछि लन्च गर्ने तयारी रहेको छ। यसको मूल्य लगभग ३५ लाख हाराहारी पर्ने कम्पनीले जनाएको छ।
यसमा ४४ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ। यसमा १०० किलोवाटको पावर मोटर दिएको छ। विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ब्याट्री यसमा पाउन सकिन्छ। उक्त ब्याट्रीलाई सिंगल चार्ज गर्दा ३४० किलोमिटर हाराहारी गुडाउन सकिन्छ।
आयोन युटीको लम्बाइ ४२७० एमएम, चौडाइ १८५० एमएम र उचाइ १५७५ एमएम छ। यसमा २७५० एमएम लामो ह्वीलबेस छ। साथै, १७ इन्चको अलोय ह्वील पनि उत्कृष्ट देखिन्छ।
आयोन युटी ह्याचब्याकमा लामो ह्वीलबेस, फ्लस ह्याण्डलबार, स्मुद आउटलाइन र ओभल सेप दिएको छ। निकै आकर्षक फ्रन्ट ग्रिलमा देखिएको कारमा अगाडिको दायाँ फेन्डरमा चार्जिङ पोर्ट दिएकोछ। साथै, हेडलाइट र फगलाइटको डिजाइन पनि पृथक देखिन्छ।
एयर ड्यामको बनोट र नम्बर प्लेट लगाउने स्थान बीचको कम्बीनेसन उत्कृष्ट छ। ठूलो एयर इन्टेक र रुफ स्पोइलर यसको अर्को उत्कृष्ट कम्बीनेसन हो। पृथक ह्वील, टेललाइट र बडी प्यानमा तयार भएको ह्याचब्याक कार निकै एरोडाइनामिक डिजाइनमा छ। यसको इन्टेरियरमा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, टु स्पोक स्टेरिङ ह्वील, वायरलेस चार्जर, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ।