काठमाडौं। विद्युतीय सवारी (ईभी)मा चीन सरकारले दिँदै आएको अनुदान कटौती र नयाँ वर्षको प्रभाव गाडी बिक्रीमा परेको छ। अनुदान कटौती भएसँगै उत्पादन लागत बढ्दा शुल्क महँगो भएको र नयाँ वर्षको बिदाका कारण गाडी खरिद गर्नेहरु कम हुँदा सन् २०२६ को जनवरीमा गाडीको ब्यापार घटेको हो।
चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सले (सीएएएम)ले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरी २०२६ को ईभी बिक्रीमा गिरावट आएको हो। एसोसिएसनका अनुसार उत्पादन वार्षिक ०.०१ प्रतिशतले बढेर २.४५ मिलियन युनिट पुगेको छ, भने बिक्री ३.२ प्रतिशतले घटेर २.३४६ मिलियन पुगेको छ।
एसोसिएसनका अनुसार सन् २०२५ को जनवरीमा ७ लाख ४४ हजार ५२ युनिट न्यू इनर्जी भेहिकल बिक्री भएको चीनमा २०२६ जनवरीमा ५ लाख ९६ हजार युनिट मात्रै बिक्री भएको देखिन्छ। जुन बिक्री जनवरी २०२४ को भन्दा पनि कम हो। २०२४ जनवरीमा ६ लाख ७३ हजार ५३६ युनिट न्यू इनर्जी भेहिकल बिक्री भएको थियो।
यदि, यो बिक्री तथ्यांकलाई २०२५ डिसेम्बर महिनाको बिक्रीसँग दाँज्ने हो भने ५५ प्रतिशतले गिरावट आएको एशोसिएसनले जनाएको छ। यसरी बिक्री घट्नुमा न्यू इनर्जी भेहिकल खरिदमा सरकारले लगाएको ५ प्रतिशत पर्चेज ट्याक्सलाई मुख्य कारण मानिएको छ।
चीन सरकारले न्यू इनर्जी भेहिकल खरिदमा दिँदै आएको अनुदान जनवरी १ तारिखदेखि हटाएको थियो। चीनले ब्याट्री इलेक्ट्रिक, हाइब्रिड र फ्युलसेल कारलाई न्यू इनर्जी भेहिकलको रूपमा व्याख्या गर्दै अनुदान दिँदै आएको थियो।
जनवरीमा एनईभीको निर्यात दोब्बर बढेर ३ लाख २ हजार युनिट पुगेको छ। जुन १०० प्रतिशत वृद्धि हो।
चीनमा जनवरी र फेब्रुअरीमा प्रायः अटोमोबाइल बिक्रीका लागि कमजोर महिना मानिन्छन्। चिनियाँ नयाँ वर्षका अवसरमा धेरै दिनसम्म सार्वजनिक बिदा हुने र नागरिकहरू आफ्नो गाउँघर फर्किने भएकाले सवारी खरिद घट्ने गर्छ। साथै, धेरै ग्राहक वर्षको अन्त्यअघि उपलब्ध अनुदान र कर छुटको लाभ लिन चाहन्छन्। यस वर्ष परिमार्जित अनुदान नीतिका कारण पनि विद्युतीय सवारी बिक्री प्रभावित भएको छ।
जनवरीमा ईभीको बिक्रीमा गिरावट आएपनि निर्यात भने बढेको छ। जनवरीमा एनईभीको निर्यात दोब्बर बढेर ३ लाख २ हजार युनिट पुगेको छ। जुन १०० प्रतिशत वृद्धि हो।
जनवरी २०२६ को रिटेल बिक्री तथ्यांक अनुसार ३ लाख ४८ हजार युनिट ब्याट्री इलेक्ट्रीक भेहिकल बिक्री भएको छ। जुन अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले कम हो। साथै, २०२४ मार्चपछि पहिलो पटक ब्याट्री इलेक्ट्रीकको बिक्रीमा गिरावट आएको हो। यस वर्षको जनवरीमा न्यू इनर्जी भेहिकलको हिस्सामा ब्याट्री इलेक्ट्रीकले ५८.३९ प्रतिशत ओगटेको छ।
जनवरीमा हाइब्रिड र फ्युलसेल भेहिकलको बिक्रीमा २४ प्रतिशतले गिरावट आएको छ। जनवरी २०२६ मा २ लाख ४८ हजार युनिट हाइब्रिड र फ्युलसेल ईभी बिक्री भएका छन्।
कुन ब्रान्डको बिक्री कति प्रतिशतले घट्यो?
सन् २०२६ को जनवरीमा बिवाईडीको बिक्रीमा पनि गिरावट आएको छ। जनवरीमा बिवाईडीले २ लाख १० हजार सवारीसाधन बिक्री गरेको छ जुन गत वर्षको तुलनामा ३०.११ प्रतिशत र गत महिनाका तुलनामा ५० प्रतिशतले घटेको हो।
एक्सपेङ र एलआई अटोको बिक्री पनि जनवरीमा वार्षिक र महिनावारी दुवै आधारमा घटेको छ।
| ब्रान्ड |
बिक्री |
गत महिना |
गत वर्ष |
| बीवाईडी |
२,१०००० |
–५० |
–३०.११ |
| लिपमोटर |
३२०५९ |
–४६.९४ |
२७.३७ |
| एलआई अटो |
२७६६८ |
–३७.४७ |
–७.५५ |
| एनआइव |
२७१८२ |
–४३.५२ |
९६ |
| जिकर |
२३८५२ |
–२१.१९ |
९९.७३ |
| जिएसी आयोन |
२३५९१ |
–४१.१२ |
६३.९१ |
| एक्सपेङ |
२००११ |
–४६.६५ |
–३४.०७ |
| जिडब्लुएम |
१८०२९ |
–५३.६८ |
–१९.०२ |