काठमाडौं। नेपाली बजारमा एमजीको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘आईएम सिक्स’को मूल्य बढेको छ। एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी ‘आईएम सिक्स’को मूल्य बढाएको हो।
नेपाल सरकारले हालै सार्वजनिक गरेको नयाँ बजेटअनुसार विद्युतीय कारमा सीआईएफ अर्थात कस्ट, इन्स्योरेन्स र फ्रेड चार्जअनुसारको मूल्यमा कर लगाउने निर्णय गरेसँगै लक्जरी ईभीको मूल्यमा वृद्धि भएको हो। त्यहीअनुसार एमजीले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयुभी आईएम सिक्सको मूल्य तीन लाख रुपैयाँले वृद्धि गरेको छ।
यसअघि ७८ लाख ९९ हजार रुपैयाँ मूल्यमा बिक्री हुँदै आएको आईएम सिक्सको मूल्य अहिले ८१ लाख ९९ हजार रुपैयाँ बनाएको हो। यसमा दिइएको फिचर एकदमै उत्कृष्ट रहेको छ।
एमजी आईएम सिक्स प्रिमियम फिचर र कम मूल्य भएका ईभी खोज्ने उपभाक्ताको लागि उत्कृष्ट विकल्पको रूपमा लिइन्छ। यसमा ७५ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ। जसको डब्लूएलटीपी रेन्ज ४५० किलोमिटर रहेको छ। एमजी आईएम सिक्समा १०९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ। जसको पीकटर्क ४५० न्यूटन मिटर छ।
एमजी आईएम सिक्स प्रिमियम यसयुभी सेग्मेन्टमा निकै ठूलो गाडी रहेको छ। यसको लम्बाइ ४९०४ एमएम, चौडाइ १९८८ एमएम र उचाइ १६६९ एमएम छ। यसमा २९५० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ। पछाडिको बुट स्पेश नै ६४६ लिटर क्षमताको छ। यसमा भएको लामो ह्वीलबेस र कुपे डिजाइनको कारण क्याविन स्पेस र रोड ‘रोड प्रेजेन्स’ दुवै उत्कृष्ट छ।
एमजी आईएम सिक्स सुरक्षा फिचरको मामलामा पनि निकै बलियो छ। गाडीमा रियर ह्वील ड्राइभ उपलब्ध छ। कम्पनीले एडासभित्र २३ भन्दा बढी सुरक्षा फिचर दिएको छ। जहाँ अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र ७ एयरब्याग पाउन सकिन्छ।
यसमा अटोमेटेड पार्किङ, फोर ह्वील स्टेयरिङ, आधुनिक ड्राइभ एसिस्टेन्स, रेनी नाइट मोड, डिजिटल चेसिस, कन्टिनेन्टलले बनाएको ब्रेक क्यालिपर र ठूलो २६.३ इन्चको डिस्प्ले पाउन सकिन्छ।
एमजी आईएम सिक्समा आइएम डिजिटल च्यासिस रहेको छ। यो उद्योगकै अग्रणी कम्पोनेन्टहरूद्वारा निर्मित छ। यसको भीएमसी अर्थात भेइकल मोसन कन्ट्रोल प्रणालीले सवारीलाई समयानुकूल बनाउँछ। त्यसैगरी यसमा फ्युचरिस्टिक एआई क्याबिन रहेको छ। उच्च स्तरीय हार्डवेयर, रेनी नाइट मोड र वान–टच आईएडी जस्ता बुद्धिमान सुविधाहरूले सुसज्जित, यो क्याबिन स्मार्ट, थप सहज ड्राइभको लागि परिवर्तनशील अवस्थाहरूमा निर्बाध रूपमा चलाउन अनुकूल छ।
यसमा भएको एड्भान्स्ड इलेक्ट्रिफिकेसन अर्को विशेषता हो। ४०० भोल्ट प्लेटफर्ममा आधारित आईएम सिक्सले उच्च प्रदर्शन, उच्च–स्तरीय हार्डवेयर र रेनी नाइट मोड र वान टच क्ष्ब्म् जस्ता इन्टेलिजेन्ट विशेषताहरुले सुरक्षित यात्रा सुनिश्चित गर्छ। सबमरिनबाट प्रेरित संरचना, उच्च शक्ति सामग्री र बौद्धिक सुरक्षात्मक प्रणालीहरू प्रयोग गरी यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ।