काठमाडौं। चीनको राजधानी बेइजिङमा आयोजना भएको बेईजिङ अटो शोमा चिनियाँ अटो निर्माता कम्पनीहरुले ‘इन्टेलिजेन्ट ड्राइभिङदेखि अल्ट्राफास्ट चार्जिङ’सम्मका नयाँ प्रविधिहरू प्रदर्शन गरे। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा तीव्र बन्दै जाँदा चिनियाँ अटो निर्माता कम्पनीहरूले इन्टेलिजेन्ट ड्राइभिङदेखि अल्ट्राफास्ट चार्जिङसम्मका नयाँ प्रविधि प्रस्तुत गरेका हुन्।
विश्वकै चर्चित अटो प्रदर्शनीमध्ये एक ‘बेइजिङ अटो शो २०२६’ मा विद्युतीय सवारी (ईभी), स्मार्ट ड्राइभिङ प्रविधि र चिनियाँ ब्रान्डहरूको तीव्र उपस्थितिका कारण विगतका संस्करणभन्दा अझ प्रभावशाली बनेको विश्लेषकहको भनाइ छ।
यसपटकको अटो शोमा विशेषगरी चीनका घरेलु कम्पनीहरूले आक्रामक रूपमा नयाँ मोडल र प्रविधि सार्वजनिक गर्दै विश्व बजारमा आफ्नो पकड बलियो बनाए।
विश्वकै चर्चित अटो प्रदर्शनीमध्ये एक ‘बेइजिङ अटो शो २०२६’ आज औपचारिक रूपमा सम्पन्न भएको छ। यस वर्षको प्रदर्शनी विद्युतीय सवारी (भ्ख्), स्मार्ट ड्राइभिङ प्रविधि र चिनियाँ ब्रान्डहरूको तीव्र उभारका कारण विगतका संस्करणभन्दा अझ प्रभावशाली बनेको विश्लेषकहरूले बताएका छन्।
यसपटकको अटो शोमा विशेषगरी चीनका घरेलु कम्पनीहरूले आक्रामक रूपमा नयाँ मोडल र प्रविधि सार्वजनिक गर्दै विश्व बजारमा आफ्नो पकड बलियो बनाउने संकेत दिएका छन्। बिवाईडी (द्यथ्म्), नियो (ल्ष्य), एक्सपेङ (ह्एभलन), जिकर (श्भभपच) जस्ता ब्रान्डहरूले अत्याधुनिक भ्ख् मोडलहरू प्रस्तुत गर्दै केन्द्रमा रहे। बिवाईडी, नियो, एक्सपेङ, जिकर जस्ता ब्रान्डहरूले ईभी मोडलहरू प्रस्तुत गर्दै केन्द्रमा रहे।
यस पटकको अटो शोमा विद्युतीय सवारी साधन र ब्याट्रीको क्षेत्रमा चीनले कसरी विश्वव्यापी गति निर्धारण गरिरहेको छ भन्ने झल्काएको छ। कुनै समय चिनियाँ बजारमा दबदबा जमाएका विदेशी ब्रान्डहरूलाई अहिले चिनियाँ प्रविधिले पछाडि पार्न थालेको देखिन्छ। विश्व बजारमा आफ्नो प्रभाव विस्तार गर्ने लक्ष्यसहित बिवाईडी, नियो, एक्सपेङ, जिलीलगायतका चिनियाँ कम्पनीहरूले नयाँ–नयाँ मोडल र नयाँ कन्सेप्टका गाडीहरू यस पटकको बेईजिङ अटो शोमा प्रस्तुत गरेका छन्।
यस वर्षको प्रदर्शनीमा पूर्ण रूपमा विद्युतीय र हाइब्रिड गाडीहरूको वर्चस्व देखियो। पेट्रोल तथा डिजेल गाडीहरूको उपस्थिति तुलनात्मक रूपमा कम हुँदै गएको स्पष्ट देखियो। साथै, ‘स्मार्ट कार’ अवधारणामा आधारित—स्वचालित ड्राइभिङ, एआई–सहयोगी सिस्टम र कनेक्टेड कार टेक्नोलोजी प्रमुख आकर्षण बने।
कम्पनीहरूले लामो रेन्ज भएका ब्याट्री, छिटो चार्जिङ प्रणाली र सस्तो मूल्यमा ईभी उपलब्ध गराउने रणनीति प्रस्तुत गरे। केही कम्पनीहरूले १०–१५ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने प्रविधि पनि प्रदर्शन गरे। विगतमा युरोपेली र जापानी कम्पनीहरूको दबदबा रहेको बेइजिङ अटो शोमा यसपटक चिनियाँ कम्पनीहको दबदबा स्पष्ट रूपमा देखिए। उनीहरूले केवल स्थानीय बजारलाई मात्र नभएर युरोप र एसियाका अन्य देशहरूलाई लक्षित गरी विभिन्न मोडलहरू सार्वजनिक गरेका छन्।
इन्टेलिजेन्ट ड्राइभिङ र अल्ट्राफास्ट चार्जिङमा जोड
चिनियाँ ईभी निर्माता कम्पनी एक्सपेङले आफ्नो नयाँ जिएक्स मोडल प्रदर्शन ग¥यो। यो ६ सिट क्षमताको यसयूभी हो, जसको तेस्रो लहरका सिटहरू फ्ल्याट बनाउन सकिन्छ। कम्पनीका सीईओ हे सियाओपेङका अनुसार यदि राजमार्गमा सवारी चलाउँदा चालक निदाएमा वा अस्वस्थ भएमा प्रणालीले त्यस अवस्थालाई पहिचान गरेर गाडीलाई स्वतः सुरक्षित रूपमा रोक्छ र आपतकालीन सेवामा जानकारी गराउनेछ।
त्यस्तै, बिवाईडीले आफ्नो नयाँ पुस्ताको ‘ब्लेड’ ब्याट्री सार्वजनिक गरेको छ, जसले करिब ९ मिनेटमै पूर्ण चार्ज हासिल गर्न सक्छ। यसले माइनस ३० डिग्री सेल्सियस जस्तो कम तापक्रममा पनि चार्ज हुने क्षमता प्रदर्शन गरेको छ।
डोङफेङ मोटर र हुवावेबीचको संयुक्त कम्पनी याङवाङले एक्स ९ नामक फ्ल्यागशिप ६ सिटे एसयूभी सार्वजनिक गरेको छ। यसमा हुवावेले विकास गरेको ‘कियानकुन’ इन्टेलिजेन्ट ड्राइभिङ प्रणाली र ‘हार्मोनी ओएस’ ककपिट जडान गरिएको छ। यसैबीच, चिनियाँ ब्याट्री कम्पनी सीएलटीले शेन्क्सिङ ब्याट्रीको नयाँ संस्करण सार्वजनिक गरेको छ, जसलाई १० प्रतिशतबाट ९८ प्रतिशतसम्म चार्ज गर्न मात्र साढे ६ मिनेट लाग्छ।
चीनको तीव्र प्रगति
अटो कन्सल्टेन्सी सिनो अटो इन्साइट्स’ का प्रबन्ध निर्देशक तु ले का अनुसार, यो अटो शोले चिनियाँ अटो निर्माताहरूको तीव्र र आक्रामक प्रगतिलाई पुष्टि गर्छ। ईभी, ब्याट्री र इन्टेलिजेन्ट ड्राइभिङमा अहिले चीनले नै विश्वलाई बाटो देखाइरहेको उनको बुझाइ छ।चीन अहिले विश्वकै सबैभन्दा ठूलो कार निर्यातकर्ता बनेको छ।
सरकारले दिने अनुदान र ठूलो परिमाणमा उत्पादनका कारण चिनियाँ कम्पनीहरूले विदेशी प्रतिस्पर्धीको तुलनामा सस्तो र छिटो नयाँ मोडलहरू बजारमा ल्याउन सकेका छन्। तर, पछिल्लो समय तीव्र मूल्य प्रतिस्पर्धाले चिनियाँ कम्पनीहरूलाई दबाबमा पारेको छ। सरकारले ईभीमा दिँदै आएको अनुदान घटाएपछि आन्तरिक माग पनि कमजोर भएको छ।
चीनमा यात्रुवाहक सवारीको बिक्री यस वर्षको पहिलो त्रैमासिकमा २३ प्रतिशतले घटेर करिब ४० लाखमा झरेको छ। तर, निर्यात ६३ प्रतिशतले बढेर झन्डै २० लाख पुगेको छ, विशेषगरी युरोप, दक्षिण–पूर्व एशिया र ल्याटिन अमेरिकामा चिनियाँ गाडीको माग बढेको छ।