काठमाडौं। सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकले ४ वटा कार्यक्षेत्रगत उपसमिति गठन गरेको छ। बैठकले सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गरेको हो।
उपसमितिको कार्यक्षेत्रसहितको टीओआर तयार गरिएको समिति सभापति डा कृष्णहरि बुढाथोकीले बताए। उपसमितिको कार्याअधि ६ महिनाको रहनेछ भने समितिमा रिपोर्टिङ गर्नुपर्नेछ। उपसमिति बैठकले वार्षिक कार्ययोजना तय गर्नुपर्नेछ भने चार वटा कार्यक्षेत्रअन्तर्गत विभिन्न कार्य जिम्मेवारी तोकिएका छन्।
अर्थ मन्त्रालय (राजस्व, भन्सार, कर प्रणाली, सार्वजनिक ऋण, बजेट कार्यान्वयन)अन्तर्गत कार्यक्षेत्र तोकिएका छन्। यस्तै, कार्यक्षेत्रसँग सम्बन्धित संवैधानिक, नीतिगत, कानूनी तथा कार्यक्रमगत व्यवस्थाको समीक्षा गर्ने, राजस्व–व्यय अनुमान अध्ययन गरी वैकल्पिक नीति र किफायत सुझाव दिने, सार्वजनिक सम्पत्ति हिनामिना अध्ययन, अनुगमन र मूल्यांकन गर्नेलगायत कार्यक्षेत्र रहनेछ।
.समिति/उपसमितिका निर्देशन कार्यान्वयन भए÷नभएको समीक्षा गर्नेछ।