काठमाडौंको मुटु ज्ञानेश्वर, जहाँ आज सहरको चहलपहल, ट्राफिक र व्यावसायिक हलचलले पुरानो पहिचानलाई ओझेल पार्दै गएको छ। त्यही ठाउँमा पाँच दशकअघि एउटा सानो तर दूरदृष्टियुक्त बिजारोपण भएको थियो। यही बिउ आज ज्ञानेश्वर राइस मिलका रूपमा स्थापित हुँदै राजधानीका उपभोक्ताको विश्वास जित्दै आएको छ।
करिब ५० वर्षअघि ज्ञानेश्वरका रैथाने आदित्यनाथ पन्तले वाणिज्य बैंकमा जागिरे जीवन बिताइरहेका बेला एउटा फरक सोच बोके, आफ्नो परिवारलाई भविष्यमा उद्यमशील बनाउने। त्यही सोचको परिणाम थियो, जस्तापाताको टहराबाट सुरु गरिएको एउटा सानो राइस मिल। पशुपतिनाथको आशीर्वाद र भैरवनाथ मन्दिरको नजिकबाट सुरु भएको यो यात्रा आज पाँचतले भवन र भक्तपुरको ताथलीमा ३ रोपनीमा फैलिएको प्रशोधन केन्द्रसम्म आइपुगेको छ।
-1779167243.jpg)
स्थापनाकालमा शान्त र ग्रामीण जीवनशैलीका मानिसलाई लक्षित गर्दै स्थापना भएको मिलले सुरुमा कृषि उपज प्रशोधन तथा पिस्नेलगायतका सेवा दिँदै आएको मिल अहिले झाँगिएर उपभोक्तालाई आवश्यक पर्ने तथा भान्सामा नभई नहुने वस्तु तथा सामग्री प्रशोधन तथा बिक्री वितरण गर्दै आएको छ।
आदित्यनाथले सुरु गरेको उद्यम तेस्रो पुस्ताको व्यवस्थापनमा आइसकेको छ। अनुभव र आधिनकताको व्यवस्थापन ज्ञानेश्वर मिलमा संयोजनभएको छ। ५० वर्षे उद्योग २५ वर्षे उपदेशनाथ पन्तको व्यस्थापनमा आइपुगेको छ।
५० वर्षअघि त्यतिबेला ज्ञानेश्वर, बानेश्वर र डिल्लीबजार क्षेत्र खेतीयोग्य जमिनले भरिएको, शान्त र ग्रामीण जीवनशैलीमा बाँचेको समाज थियो। घरमा अन्न थियो, तर, नगद अभाव। समय बदलियो, आज पैसा छ, तर स्रोत अभाव बढ्दो छ। यही सामाजिक, आर्थिक रुपान्तरणसँगै ज्ञानेश्वर राइस मिलले पनि आफ्नो सेवा मोडललाई परिवर्तन गर्दै उपभोक्ताको आवश्यकताअनुसार विकास गरेको छ।
काठमाडौंको तीव्र सहरीकरणले पुराना संरचनालाई विस्थापित गर्दै ठूलो सपिङ कम्प्लेक्स र डिपार्टमेन्ट स्टोरको विकास गराएको छ। स्थापनाकालमा शान्त र ग्रामीण जीवनशैलीका मानिसलाई लक्षित गर्दै स्थापना भएको मिलले सुरुमा कृषि उपज प्रशोधन तथा पिस्नेलगायतका सेवा दिँदै आएको मिल अहिले झाँगिएर उपभोक्तालाई आवश्यक पर्ने तथा भान्सामा नभई नहुने वस्तु तथा सामग्री प्रशोधन तथा बिक्री वितरण गर्दै आएको छ।
परम्पराबाट आधुनिकतासम्मको यात्रा
स्थापनाको प्रारम्भिक चरणमा मिलले स्थानीय कृषिजन्य उत्पादन पिस्ने र प्रशोधन गर्ने सेवा दिँदै आएको थियो। तर, समयसँगै उपभोक्ताको जीवनशैली, खानपान र बजारको स्वरूप बदलियो। मिलले त्यसलाई बुझ्दै आफ्नो दायरा विस्तार गर्यो। आज यो केवल राइस मिल मात्र होइन, उपभोक्ताको दैनिक भान्सामा आवश्यक पर्ने खाद्य सामग्री प्रशोधन र वितरण गर्ने केन्द्र बनेको छ।
काठमाडौंको तीव्र सहरीकरणले पुराना संरचनालाई विस्थापित गर्दै ठूलो सपिङ कम्प्लेक्स र डिपार्टमेन्ट स्टोरको विकास गराएको छ। तर, ज्ञानेश्वर राइस मिलले आफ्नो छुट्टै पहिचान कायम राख्न सफल भएको छ- गुणस्तर, विश्वास र स्थानीयपनको आधारमा।
आज पनि मिलले आफ्नो मूल स्थान ज्ञानेश्वरबाट सेवा दिइरहेको छ भने धापासीमा एउटा सानो आउटलेट सञ्चालनमा छ। सेवा सीमित स्थानबाट भए पनि यसको पहुँच भने उपत्यकाबाहिर दमक, चितवन, बाालुङलगायतका जिल्लासम्म फैलिएको छ। टुकुचे थकाली, रोडहाउस क्याफे, क्लब हिमालयनजस्ता गुणस्तरमा जोड दिने प्रतिष्ठित रेस्टुरेन्टले समेत यसै मिलको सामग्री प्रयोग गर्नु यसको विश्वासिलोपनको प्रमाण हो।

काठमाडौंको तीव्र सहरीकरणले पुराना संरचनालाई विस्थापित गर्दै ठूलो सपिङ कम्प्लेक्स र डिपार्टमेन्ट स्टोरको विकास गराएको छ। तर, ज्ञानेश्वर राइस मिलले आफ्नो छुट्टै पहिचान कायम राख्न सफल भएको छ- गुणस्तर, विश्वास र स्थानीयपनको आधारमा।
ज्ञानेश्वर राइस मिलको प्रशोधन विगत ६ वर्षदेखि भक्तपुरको ताथलीबाट हुँदै आएको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको समय सुरक्षा मापदण्ड पालना गर्नुपर्ने बाध्यकारी स्थिति भएका कारण प्रशोधनको काम त्यहाँबाट हुँदै आएको छ। प्रशोधन भएका खाद्य वस्तु तथा सामग्री ज्ञानेश्वर राइस मिल र धापासीको सानो आउटलेटमा मात्र पठाउने गरिन्छ।
मिलले वस्तुको गुणस्तरमा कुनै कसर बाँकी नराखी ठूलो मात्रामा प्रशोधन गर्नुको मुख्य उद्देश्य भनेको उपत्यकामा बसोबास गर्ने सबै मजदुरलाई समेत समेटेर मूल्य निर्धारण गर्दै आएको छ। बजारमा रहेका अन्य स्टोरको मूल्यभन्दा थोरै महँगो भए पनि गुणस्तरमा स्थापनादेखि अहिलेसम्म कुनै कसर बाँकी राखेको छैन।
आदित्यनाथले सुरु गरेको उद्यम तेस्रो पुस्ताको व्यवस्थापनमा आइसकेको छ। अनुभव र आधिनकताको व्यवस्थापन ज्ञानेश्वर मिलमा संयोजन भएको छ। ५० वर्षे उद्योग २५ वर्षे उपदेशनाथ पन्तको व्यस्थापनमा आइपुगेको छ।
गुणस्तरमा सम्झौता नगर्ने प्रतिबद्धता
-1779167390.jpg)
ज्ञानेश्वर राइस मिलको मूल दर्शन स्पष्ट छ- स्वस्थ समाजको निर्माण। स्थापनाकालदेखि नै गुणस्तरलाई केन्द्रमा राख्दै आएको मिलले कुनै पनि चरणमा सम्झौता नगर्ने नीति अपनाएको छ।
भक्तपुरको ताथलीमा रहेको प्रशोधन केन्द्रमा धान, गहुँ, मकै, मसलालगायतका सामग्री आधुनिक मेसिनमार्फत सफा र प्रशोधन गरिन्छ। फोहोर, बालुवा र माटो छुट्याउने प्रक्रियाले उपभोक्तालाई सुरक्षित र सहज उपभोग सुनिश्चित गर्छ। साथै, कुनै पनि केमिकल वा विषादी प्रयोग नगरी एसीयुक्त स्टोरेजमा कच्चा पदार्थ राख्ने व्यवस्था गरिएको छ, जसले खाद्य सामग्रीको ताजापन र स्वच्छता कायम राख्छ।
मूल्य केही महँगो भए पनि गुणस्तरमा कुनै कसर नराखिँदा मिलको पहिचान बनेको छ।
मिलले मौज्दात राख्नेभन्दा प्रशोधन गरेर छिटो बजारमा पुर्याउने मोडल अपनाएको छ-प्रशोधन भएको सामग्री एक साताभित्र आउटलेटमा पुग्छ। यही कारणले ग्राहक दोहोर्याएर किनमेल गर्न आउने गर्छन्। मूल्य केही महँगो भए पनि गुणस्तरमा कुनै कसर नराखिँदा मिलको पहिचान बनेको छ।

किसानबाट ल्याएको सामग्रीलाई अलि समयसम्म राख्दा किरा लाग्ने, बिग्रीने समस्याले यस्ता कच्चापदार्थलाई बिनाकेमिकल, विषादी प्रयोग नगरी एसीसहित स्टोरमा राख्ने गरिन्छ, जसले गर्दा खाद्य सामग्रीको सदैव ताजा र स्वस्थकर बन्न सघाउ पुग्छ। गुणस्तर कायम गरी समाज र उपभोक्तालाई स्वस्थ बनाउने परिकल्पनाका साथ अघि बढेका कारण ज्ञानेश्वर मिलको बजार दिनप्रतिदिन बढ्दै गएको मात्र छैन, भाग्यले पनि एकपछि अर्को सफलता दिएको छ। त्यसैले आफनो कर्ममा निरन्तर लाग्यो भने एक दिन भाग्यले साथ दिन्छ ।
पारिवारिक समर्पण र सामाजिक उत्तरदायित्व
यो व्यवसाय केवल नाफामुखी उद्यम मात्र होइन, एउटा सामाजिक प्रतिबद्धता पनि हो। पन्त परिवार-उमादेवी पन्तदेखि लिएर छोराहरू र अहिलेको पुस्तासम्म-अहोरात्र खटिएर यसलाई यहाँसम्म ल्याएका छन्।
मिलले विगतदेखि कर्मचारीका परिवारलाई समेत रोजगारी दिँदै आएको छ। करिब ३० जनाको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नतामा सञ्चालन भइरहेको मिलले कर्मचारीको स्वास्थ्योपचारमा समेत सहयोग गर्ने परम्परा कायम राखेको छ।
कच्चा पदार्थको लागत दोब्बर हुँदै जाँदा नाफा संकुचित भएको छ भने बैंक कर्जाको दबाब पनि बढेको छ।
मिलले किसानसँग पनि दीर्घकालीन सम्बन्ध निर्माण गरेको छ। देशका विभिन्न भागबाट कच्चा पदार्थ खरिद गर्दा अग्रिम भुक्तानी गर्ने, स्थानीय रैथाने उत्पादनलाई प्राथमिकता दिने र किसानसँग प्रत्यक्ष समन्वय गर्ने अभ्यासले यसलाई केवल व्यवसाय नभई एउटा इकोसिस्टम बसाएको छ।
चुनौतीका चाङ
पाँच दशकको यात्रामा मिलले अनेक उतारचढाव पार गरेको छ, तर अहिलेको समय सबैभन्दा जटिल देखिएको छ। श्रमशक्ति वैदेशिक रोजगारीतर्फ आकर्षित हुनु, रैथाने बाली उत्पादन घट्नु, कच्चा पदार्थको मूल्य अस्थिर हुन्। यी सबैले मिलको सञ्चालनमा गम्भीर असर पारेका छन्। कच्चा पदार्थको लागत दोब्बर हुँदै जाँदा नाफा संकुचित भएको छ भने बैंक कर्जाको दबाब पनि बढेको छ।
युवा जनशक्ति विदेशतर्फ पलायन हुँदा नयाँ कर्मचारी पाउन गाह्रो भएको छ। पाए पनि उनीहरू छोटो समयमै विदेश जाने हुँदा संस्थागत स्थायित्वमा चुनौती देखिएको छ।
हालका वर्षमा उपभोक्ताको खानपानमा उल्लेखनीय परिवर्तन देखिएको छ। दीर्घरोगको जोखिम बढेसँगै कोदो, फापर, झौजस्ता रैथाने बालीको माग बढ्दो छ।
मिलको अनुभवले एउटा स्पष्ट सन्देश दिन्छ, नेपालको कृषि क्षेत्र गहिरो संकटतर्फ उन्मुख छ।
ज्ञानेश्वर राइस मिलले यही ट्रेन्डलाई बुझ्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आएको छ। गोरखाको गाईखोरबाट अनदी चामल, मासको दाल, महलगायतका सामग्री ल्याइन्छ भने अन्य जिल्लाबाट पनि मौसमी उत्पादन संकलन गरिन्छ।
मिलको अनुभवले एउटा स्पष्ट सन्देश दिन्छ, नेपालको कृषि क्षेत्र गहिरो संकटतर्फ उन्मुख छ। उत्पादन घट्दै गएको छ, लागत बढ्दै गएको छ र बजार व्यवस्थापन कमजोर छ।
सरकारले रैथाने बाली प्रवद्र्धन, कृषि यान्त्रिकीकरण, सहुलियत ऋण, बिमा र प्रशोधन उद्योगको संरक्षणमा ध्यान दिनु अत्यावश्यक देखिन्छ। प्रशोधन उद्योगले मूल्य अभिवृद्धि, रोजगारी र आत्मनिर्भरता निर्माणमा महत्वपूर्ण भूमिका खेल्छन् ।
नयाँ पुस्ताको नेतृत्वः परम्परा र प्रविधिको संगम
आज यो ऐतिहासिक मिल २५ वर्षे युवा उपदेशनाथ पन्तको नेतृत्वमा पुगेको छ। भारतको बेंगलोरस्थित जेन विश्वविद्यालयबाट डेटा साइन्समा स्नातक गरेका पन्तले व्यवसायलाई केवल व्यापार होइन, सामाजिक उत्तरदायित्वको रूपमा हेर्ने दृष्टिकोण ल्याएका छन्।
कोरोना महामारीको समयमा खाद्य सामग्रीको महत्वलाई नजिकबाट अनुभव गरेपछि उनले पारिवारिक व्यवसायलाई नयाँ सोचका साथ अघि बढाउने निर्णय गरे। हजुरबुबा आदित्यनाथले सुरु गरेको व्यवसायमा पिता निरजनाथ पन्त र माता गीताजोशी पन्तको अनुभवसँग आफ्नो आधुनिक दृष्टिकोण जोड्दै उनी अहिले परम्परागत उद्योगलाई पुनः परिभाषित गर्ने यात्रामा छन्।

आदित्यनाथले सुरु गरेको उद्यम तेस्रो पुस्ताको व्यवस्थापनमा आइसकेको छ। अनुभव र आधिनकताको व्यवस्थापन ज्ञानेश्वर मिलमा संयोजन भएको छ। ५० वर्षे उद्योग २५ वर्षे उपदेशनाथ पन्तको व्यस्थापनमा आइपुगेको छ।
भविष्यको लक्ष्य ब्रान्ड, विस्तार र निर्यात
ज्ञानेश्वर राइस मिल अब आफ्नै ब्रान्डका उत्पादन बजारमा ल्याउने तयारीमा छ। ५० वर्षे विरासतलाई नेपालभर फैलाउने, आधुनिक जीवनशैलीसँग मिल्ने स्वस्थ खाद्य उत्पादन विकास गर्ने र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने लक्ष्य राखिएको छ। आजको युवा पुस्ता विदेशतर्फ आकर्षित भइरहेका बेला ज्ञानेश्वर राइस मिलको कथा एउटा फरक उदाहरण हो।
विदेशमा बढ्दो अर्गानिक खाद्य मागलाई दृष्टिगत गर्दै मिलले आफ्ना उत्पादन निर्यात गर्ने योजना बनाएको छ। तर, यसका लागि सहज निर्यात नीति र सरकारी सहयोग आवश्यक छ।
आजको युवा पुस्ता विदेशतर्फ आकर्षित भइरहेका बेला ज्ञानेश्वर राइस मिलको कथा एउटा फरक उदाहरण हो। नेपालमै सम्भावना छ- यदि दीर्घकालीन सोच, मिहिनेत र प्रतिबद्धता भए।

पाँच दशकअघि रोपिएको एउटा सानो बिउ आज एउटा सशक्त ब्रान्ड बन्ने यात्रामा छ। २५ वर्षे युवा नेतृत्वले यसलाई भविष्यतर्फ डोर्याउँदै छ। यो केवल एउटा मिलको कथा होइन-यो नेपाली उद्यमशीलताको पुस्तान्तरण, जिम्मेवारी र सम्भावनाको कथा हो।