काठमाडौं। नेपाली बजारमा चिनियाँ अटोमोबाइल ब्राण्ड जिलीको बिक्रीसँगै लोकप्रियता उत्साहजनक रूपमा बढ्दै गएको छ। गत नाडा अटो शोमा एलआरआर मोटर्सले सार्वजनिक गरेको जिली नेपाली बजारमा भित्रिएको छोटो समयमा लोकप्रिय बनेको हो।
नेपालमा विद्युतीय सवारी साधन (ईभी)प्रतिको आकर्षण एउटा ‘ग्रोइङ ट्रेन्ड’का रूपमा देखा परेको छ। विशेषगरी अत्याधुनिक प्रविधि र सुविधायुक्त गाडीहरूको खोजीमा रहेका नेपालीहरूका माझ जिलीले आफ्नो दह्रो उपस्थिति जनाउन सफल भएको छ। नेपालका लागि जिलीको आधिकारिक वितरक एलआरआर मोटर्सले विशेषगरी जिली ईएक्स-५ प्रो र जिली ईएक्स ५ म्याक्स दुई मोडल बिक्री गर्दै आएको छ।
एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठ जिलीको सेल्स ग्राफ बढ्दो क्रममा रहेको बताउँछन्। ‘अहिले जिलीको सेल्स ग्राफ बढ्दो क्रममा छ र ग्राहकहरूले यसलाई निकै रुचाइरहेका छन्,’ श्रेष्ठ भन्छन्, ‘हामीले केही समय अघि एक्सचेन्ज क्याम्प सञ्चालन गरेका थियौं जसमा ग्राहकहरूको रेस्पोन्स एकदमै राम्रो आयो।’ अहिले जिलीको बिक्री पनि सुधारोन्मुख रहेको श्रेष्ठको भनाइ छ।
श्रेष्ठका अनुसार अहिले जिली गाडीको बिक्री ग्राफ निकै सुधारोन्मुख छ। ग्राहकहरूले यसको पर्फमेन्सलाई निकै रुचाइरहेका छन्।
जिलीका विशेषताहरु
जिलीको दुवै मोडलमा ६०.२ किलोवाट आवर क्षमताको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ। जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारिता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ। यी दुवै मोडलमा जडान गरिएको १६० किलोवाट क्षमताको मोटरले शून्यदेखि १०० किलोमिटरको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ।
यसको सीएलटिसी परीक्षणअनुसार गाडीको रेन्ज ५३० किलोमटिर र डब्लुएलटीपी मापनअनुसार ४३० किलोमिटर रहेको कम्पनीले जनाएको छ। गाडी निर्माता जिली होल्डिङ ग्रुप आफैँले उत्पादन गरेको यो ब्याट्रीले आठ वटा निडल परीक्षण पास गरेसँगै संसारकै पहिलो वाटर फायर र बुलेटप्रुफ प्रमाणित भएको छ।
यस ब्याट्रीको आयु ३५ सय चार्ज रिसाइकल लगभग १० लाख किलोमिटर अथवा ५० वर्ष रहेको छ। जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रीको क्षमताभन्दा धेरै हो। एलआरआर मोटर्सले जिलीका गाडीको ब्याट्रीमा आठ वर्ष वा दुई लाख किमीसम्म वारेण्टी दिएको छ।
आकर्षक डिजाइन र इन्टेरियर
जिली ईएमएएक्स-५ को बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ। जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन्।
आन्तरिक भागमा १५.४ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि छ।
ईएक्स-५ मा थप रूपमा हेडअप डिस्प्ले, हिटिङ्ग, भेन्टिलेटेड र मसाजिङ्ग क्षमतायुक्त आरामदायी सिटको साथै, फ्लाइमीको साउण्ड सिस्टमसमेत उपलब्ध छन्। जसले उपभोक्तालाई लक्जरी अनुभव दिन्छ।
जिली ईएक्स-५ प्रो र म्याक्स दुवै मोडलमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्टलगायतका सुरक्षा प्रविधिहरू समावेश छन्। साथै, जिलीले आफ्नै विकसित फ्लाइमी अटो ओएस-स्मार्ट ककपिट अपरेटिङ सिस्टम प्रयोग गरेको छ। जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा दिन्छ।
ईएक्स-५ प्रो र ईएक्स-५ म्याक्स दुवैमा इन्टिग्रेटेड स्मार्ट युआई, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ। जिली ईएक्स-५ स्नो-ह्वाइट, फ्रोस्टी ग्रे, मुनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ रङमा उपलब्ध छन्।