काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको काममा सरकारले प्रभावकारी काम गर्न नसकेको राष्ट्रिय सभा सदस्यहरुले टिप्पणी गरेका छन् । संघीय संसद राष्ट्रिय सभाको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले सरकारले १० अर्ब खर्च गरिसक्दा पनि प्रभावकारी काम गर्न नसकेको बताएका छन् ।
उनीहरुले विदेशबाट प्लेनमा आउने नागरिक र भारतबाट आउने नागरिकहरुबीच असमान व्यवहार गरिएको बताएका छन् । यस्तै लकडाउनका कारण पीडित बनेका श्रमिकहरु वर्गको हितमा सरकारले कुनै काम नगरेको समेत उनीहरुले बताएका छन् ।
राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले लकडाउनको अवस्थामा जोताएर खाने र जोतिएर खाने वर्ग दुवै पीडित बनेको बताए । लकडाउनका कारण दैनिक कमाई खाने वर्गलाई लकडाउनले सबैभन्दा ठूलो असर परेको तर सरकारको ध्यान त्यतातिर जान नसकेको बताएका हुन् । उनले भने ‘जोताएर खाने एउटा वर्ग, जोतिएर खाने अर्को वर्ग, जोताएर खाने वर्ग र जोतिएर खाने वर्ग दुवै अहिले पीडित छन् ।
दैनिक कमाई गरेर खर्च गर्ने एकथरी, महिनादिन कमाएर खर्च धान्ने एकथरी, संगठित संस्थाका श्रमिकहरु र असंगठित संस्थाका श्रमिकहरुको बिचमा डाइभर, खलासी, भरिया र किसान इत्यादिलाई लकडाउनले ठूलो भन्दा ठूलो असर प¥यो । सरकरको ध्यान त्यता अलिबढी जानु प¥यो अहिले गएको पुगेन ।’
उनले किसानले उत्पादनको विक्री नहुने, अस्पताल पुगेको छैन, औषधी छैन, मेसिन नभएर जाँच्न सकिएको छैन, स्वास्थ्यकर्मीको अभाग छ अनेक व्यवस्थामा अव्यवस्थै अव्यवस्था भएको बताए ।
प्रदेश सरकारलाई बाँदरको पुच्छर जस्तो बनाउन खोजिएको विडारीले बताए । उनले कोरोना रोकथामका लागि प्रदेश सरकारले कुनै काम नगर्ने तर गाडि किन्न तम्सिने गरेकाले बाँदरको पुच्छर जस्तो काम नलाग्ने भएको र विस्तारै हराउँदै जाने खतरा बढेको बताए । उनले भने ‘तीन तहको सरकार मध्ये एउटा सरकार धेरै सक्रिय भएको देखिएन् । डार्विनको सिद्धान्त अनुसार विकास वादि सिद्धान्त, थेउरी अफ इभोलुसनको सिद्धान्त अनुसार जुन अंगले काम धेरै गर्दैन त्यो अंग विस्तारै लोप भएर जान्छ ।
यस्तै भयो कि प्रदेश सरकारको । प्रदेश सरकारलाई सक्रिय बनाउन किन सकिएन? यदि सक्रिय बनाउन सकिएन भने मलाई मलाई चिन्ता प¥यो संघीयतामा आँच आउने भयो । त्यसैले महँगा गाडि किन्यो रे प्रदेशले महँगा गाडि किन्यो रे सरकारले विभिन्न सुविधा थप्यो रे सरकारले यस्तो प्रकारका समाचारहरु व्यापक रुपमा आइरहेका छन् । यो बेला विलाशिताको सामान किन्ने बेला होइन् । उपचारमा सक्रियता चाहियो । नत्र उपयोगहिन अंग लोप हुन्छ । बाँदरको पुच्छर लौरो न हतियार भनेको टेक्न पनि नहुने कुटन पनि नहुने अनि त्यो पुच्छर विस्तारै लोप भयो भनेजस्तै अहिलेको सरकार मध्ये प्रदेश सरकारलाई त्यस्तै बनाउन खोजिएको हो की कसो हो ? यसको जवाफ चाहियो ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की शारदादेवी भट्टले सरकारले प्लेन चढेर आउने नागरिक र खुल्ला नाकाबाट आउने नागरिकलाई असमान व्यवहार देखाएको आरोप लगाएकी छन् । उनले प्लेन चढेर आउने नागरिकलाई सुरक्षाकर्मीले स्कटीङ गर्ने तर भारतबाट आउने नागरिकलाई भेडाबाख्रा कोचेजस्तो गरी क्वारेनटाइनमा राखी असमान व्यवहार गरेको बताए । उनले भने ‘दुवै र बर्माबाट प्लेन चढेर आएका लाई पुलिसको स्कटिङको साथ ल्याइने र भारतबाट आउने जनतालाई अपमानजनक तरिकाले एउटै ठाउँमा भेडाबाख्रा जस्तै कोचेर राखेर असमान व्यवहार देखाउनु कत्तिको उचित हो ।
उनले क्वारेन्टाइनमा रहेका नागरिकलाई पीसीआर नगरी घर पठाउने काम गर्न नहुने बताए । उनले मरेपछि पीसीआर गर्नुको कुनै अर्थ नहुने समेत बताए ।
राष्ट्रिय जनता पार्टीका शेखर कुमार सिंहले लकडाउन खुकुलो गर्ने विषयमा सरकारले सीमा क्षेत्रमा रहेका जिल्लाहरुको स्थिति अध्ययन गरी खुकुलो बनाउनुपर्ने बताए । सीमामा आउने नेपालीहरु सबैको पीसीआर परीक्षण गर्न सम्भव नभएकाले अहिले नै सबै जिल्लामा लकडाउन खुल्ला गर्न नहुने बताए ।
राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले सरकार पीसीहार टेस्ट बढाउन र क्वारेन्टाइनको गुणस्तर बढाउन ध्यान नदिएर कार्पेट फेर्न तिर करोडौं रुपैयाँ खर्च गर्न लागिरहेको बताए । मन्त्रीहरुको निवासमा जिमखाना खोल्न तर्फ सरकरको ध्यान गएको बताए । उनले भने ‘सरकार कहाँ लागेको छ पीसीआर टेस्ट बढाउनुपर्ने, क्वारेन्टाइनको अवस्था भद्रगोल छ त्यता तिर ध्यान दिएर सरकार कार्पेट फेर्न तिर करोडौं रुपैयाँ खर्च गरिरहेको छ । मन्त्र्रीहरुको केलेस्ट्रोल नबढोस, सुगरलेभल नबढोस, ब्लड प्रेसर नियन्त्रणमा रहोस भनेर जिमखाना मन्त्री निवासमा खोल्न तिर लागिपरेको छ यसलाई के भन्ने ।’
उनले सरकारले गोठ जस्तो क्वारेन्टाइनको बनाई १० अर्ब रुपैयाँ खर्ब देखाएको बताए । रोगले १३ जना मर्दै गर्दा भोकले मान्छेहरु मर्न लागेको बताए । उनले सरकार मन्त्रीहरुको मात्रै सरकार नभएर मलर सदाय र भोकले मर्ने विरेन्द्र यादवको समेत सरकार भएको बताए । अभिभावक बनेको सरकारले मन्त्रीहरुको कोलेस्ट्रेल र सुगरलेभल घटाउनको लागि जिमखाना बनाउने तर जनता भोकभोकै एक छाक खान नपाएर मृत्युवरण गर्न दिने सरकारलाई के भन्ने भन्दै प्रश्न गरे ।