काठमाडौं । कांग्रेस नेता गगन थापाले अर्थमन्त्रीको क्षमतामा मात्र नभएर नियतमा पनि प्रश्न उठेको बताएका छन् । प्रतिनिधी सभाको बुधबारे छलफलमा थापाले अर्थमन्त्रीप्रति रोस प्रकट गरे । उनले अर्थमन्त्रीले बजेटमार्फत विद्युतिय गाडीमा कर बढाएको, ज्ञान लगायतका क्षेत्रमा कर थोपरेर आफ्नो नियत प्रस्तुत गरेको बताए ।
थापाले सरकारलाइ कर के का लागि र १० अर्ब रुपैयाँ के मा खर्च गरियो भनेर युवाहरुले मंगलबार प्रधानमन्त्री निवास अघि युवाहरुले स्वतः स्र्फुत प्रदर्शन गर्दा प्रहरी दमन भएको प्रति आपत्ती जनाए ।
‘कर कर लगाएर होइन् रहरले तिर्नुपर्ने हो । कर उठाउनेले जहिले पनि ‘ट्याक्स मोरल’ लाइ सम्झनुपर्छ । कर तिर्नेले कर तिरेको जवाफदेहिताको उत्तर पाउनुपर्छ । तर, उत्तरको सट्टा दण्डा र पानीको फोहरा । अघि प्रधानमन्त्री रोगको प्रतिरोधात्मक क्षमता धेरै छ भनेर घोषणा गरेको जस्तो डण्डा र फोहोरा पनि धेरै खाने क्षमता छ भन्ने अर्थमन्त्रीलाइ लागेको हो । उत्तर माग्नेलाइ डण्डा र फोहोरा किन? ।’ उनले प्रश्न गरे ।
सरकारले नयाँ सुधार नगरेर भएका सहरलाइ भत्क्याउने काम उदेक लाग्दो भएको बताए । ‘मलाइ सुधारको केही पनि अपेक्षा छैन् । संक्रमण सुधार गर्ला भन्ने आफुलाइ कुनै पनि आस नरहेको थापाले बताए । नयाँ सुधार नगरेपनि भएका सहरलाइ किन भत्काएको भन्ने कुरा चाहिँ उदेक लागेको छ ।’
सन् २०२७ सम्म काठमाडौंलाइ बिजुली गाडी चल्ने सहरको योजना बनाएर अर्थमन्त्रीले त्यसलाइ बर्षौ पछि धकेलेको उनको आरोप छ । ‘विजुली गाडीको बारेमा चर्चा भयो । के मा कति कर लगाउने भन्ने कुराले तत्कालको आर्थिक व्ययभार मात्रै होइन् दिर्घकालीन रुपमा धेरै व्यवहारलाइ निर्धारण गर्छ । म काठमाडौंको सांसद हुँ । हामीले लामो सोच विचार गरेर सन् २०२७ सम्म काठमाडौंमा बिजुली गाडी चल्न सक्ने सहर मात्र बनाउनुपर्छ भन्यौं । बिजुली गाडी हिड्नेको सहर बनाउनु पर्छ भन्यौं । आज अर्थमन्त्रीले गर्नुभएको निर्णयले काठमाडौं र नेपालको स्वच्छ वायु र इनर्जी प्रदान गर्ने हाम्रो योजनालाइ बर्षाै पछि धकेलेको छ ।’
अहिले पुस्तक र ज्ञानमा कर लगाएको अर्थमन्त्रीले अर्को वर्ष घरमै वसेर पुस्तक पढ्नेलाइ पनि कर लगाउने डर रहेको उनले बताए । ‘ज्ञानमा कर, पुस्तकमा करले पुगेन् । यो पटक रेलमा कर लगाइएको छ । यो पटक भाषा परिक्षामा कर लगाइएको छ । अब मलाइ डर लागेको छ, अर्को वर्ष घरमा बसेर पुस्तक पढ्दा पनि कर लगाइदिनु हुन्छ कि भन्ने डर लाग्न थालेको छ । डिजिटल इकोनोमिमा यत्रो ठूलो करको अहिलेको सम्भावनाका बारेमा काम गर्नुभएन् । चक्लेटमा कर घटाएको कुरा भए । तर, हामीले हे¥यै भने मलमा करका कुरा भए ।’