काठमाडौं । प्रतिनिधी सभाको बुधबार छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता तथा अन्य सांसदहरुले पछिल्लो समयसामयिक बिषयमा प्रश्न उठाएका थिए । अधिकांश सांसदहरुले पछिल्लो बजेट, कोरोना महामारी रोकथाममा सरकारले खेलेको भूमिक, स्वास्थ्य सामग्री खरिदमा अनियमति आशंका, नेपालको नयाँ नक्सा, बजेटमा करको बिषय र भष्ट्रचारका बिषयमा प्रश्न उठाएका थिए ।
सांसदहरुको जिज्ञासामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले कुनै पनि अनियमितता र भष्ट्रचार सैह्य नहुने र दोषी उपर कारबाही हुने बताए । उनले राष्ट्रिय एकतामा संसद र सांसदको भूमिकाको धन्यबाद दिए । प्रधानमन्त्री ओलीले राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी भएको टिप्पणी समेत गरे ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले पछिल्लो समय स–साना विषयमा पनि राष्ट्रपति जस्तो निष्पक्ष र मर्यादित संस्थामाथि आक्रमण हुने गरेको भन्दै त्यसकिसिमका कार्यमा संलग्नहरु गणतन्त्र विरोधी भएको बताए ।
उनले राष्ट्रपतिलाइ स—साना निहुँमा आक्रामणको तारो नबनाउन आग्रह गरे । “राष्ट्रपतिको विरुद्ध लगातार,अनवरत, हरेक स–साना निहुँमा आक्रमणको तारो बनाईन्छ । मैले त्यसलाई गणतन्त्र विरुद्धको एउटा साजिसको रुपमा मात्रै, गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र गणतन्त्र ठिक होइन भन्ने कुरालाई लैजाने रुपमा बुझेको छु । के गर्नुपथ्र्यो त राष्ट्रपतिले ? चुपलागेर बस्ने राष्ट्रपति चुप लागेर बस्या छ । त्यो भन्दा बढी राष्ट्रपतिले के गर्नुपथ्र्यो ?”
राष्ट्रपतिलाई निष्पक्ष मर्यादित संस्थाको रुपमा व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रप्रमुख तर कार्यकारी अधिकार नभएको राष्ट्रपतिको रुपमा सम्मानित संस्थाको रुपमा राख्ने गरिएको भन्दै उनँले जुनसुकै विषयमा सम्मानित संस्थामाथि आक्रमण गरिनु नहुने भन्दै त्यस्तो प्रवृत्ति छोड्न आग्रह गरे ।
सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा अधिकतम उपलब्धि हासिल दाबी गरे । नेपालीहरुमा कोरोना रोगप्रतिरोधी क्षमता बढी भएको भनेर कस्ले भनेको भन्ने सांसदको प्रश्नमा उनले ठट्याउली शैलीमा भने “नेपालीको प्रतिरोध क्षमता राम्रो छ भनेर कस्ले भन्यो भन्नुभयो, मैले भने भर्रखरै सुन्नुभयो नि । ” प्रधानमन्त्री ओलीले नेपाली सेनालाई स्वास्थ्य सामाग्री खरिदको जिम्मा दिने कार्य स्वभाविक भएको भन्दै सरकारी निर्णयको प्रतिरक्षा गरे ।
सांसदहरु सन्जयकुमार गौतम, देवप्रसाद तिमल्सिना, महेन्द्रकुमारी लिम्बु, राजेन्द्रप्रसाद लिङ्देन, उमाकान्त चौधरी, दिलेन्द्रप्रसाद बडु, सरिता गिरी, अमरेशकुमार सिंह, डाक्टर मिनेन्द्र रिजाल, राजेन्द्र केसी ,दुर्गा पौडेल लक्ष्मी परिवार लगायतले थप स्पष्टीकरण माग गरेका थिए ।
कुन सांसदले के भने?
अमरेशकुमार सिंह
अहिले बाहिर व्यापक चर्चा छ कि विशाल ग्रुप र सरकारको मिलेमतोमा चक्लेटमा भन्सार छुट गरिएको छ र विद्युतिय गाडिमा भनसार बढाइएको छ । यसको यथार्थ के हो ? दुनियाको कुनैपनि देशमा कोरोनालाई कन्ट्रेल गर्न आर्मी परिचालन गरिएको छैन तर नेपालमा किन परिचालन गरिएको छ । त्यो प्रस्ट पार्न अनुरोध गर्छु । साथसाथै विपद व्यवस्थापन छ । गृहमन्त्रालय अन्तर्गत विपद व्यवस्थापन प्राधिकरण छ त्यो हुँदा हुँदा गृहमन्त्रालय अन्र्तगत नगरिकन रक्षामन्त्रालयबाट किन गरिएको छ । छाउनीमा सिसिएमसीको अफिस किन राखिएको छ ? लकडाउनको अवधिमा झण्डै १४ सय जनाले आत्महत्या गरेका छन के यो खुशि नेपाली र समृद्ध नेपालीको प्रतिक हो ? वा भोकले कसैले मर्नुपर्दैनको प्रमाण हो ? निजी विद्यालयलाई बालुवाटार ललितानिवासको जग्गा जसरी दिइएको छ अथवा यति होल्डिङ्सलाई नेपाल ट्रस्टको जग्गा ......
रंगमती शाही
हामी हाम्रो भूमि फिर्ता ल्याउन राष्ट्रिय एकता चाहिन्छ । प्रतिपक्ष र सत्तापक्षसँग सहकार्यका लागि औपचारीकता मात्रै निभाउनुभयो । एक जना सांसदलाई लैनचौरमा दौडाएर हुन्छ र ? भुमि फिर्ता गर्न अहिलेसम्म कहाँ र को सँग वार्ता गर्नुभयो ?
प्रेम सुवाल
पुरानै सरकारको काम निरन्तरता दिनुपर्ने भए के सन १९५० को देशघाती सन्धी यथावत रहने र राणाशासन पुन ल्याउनुपर्ने हो ? एमसीसी सम्झौता खारेज गर्न जरुरी छ ।
प्रकाशमान सिंह
ढुक्क हुने अवस्थामा हामी छैनौं । लकडाउन प्रारम्भ गर्दा स्वास्थ्य सामग्री झिकाउँदा ठुलो काण्ड भयो र फेरी सेनालाई दिइयो । फेरी अरबौं घोटला भएको कुरा आएको छ । सेनालाई पनि करप्सनमा लपेट्ने काम गरेको छ ।
गगन कुमार थापा
‘सम्माननिय प्रधानमन्त्री ज्युको आज कुरा सुनिसकेपछि कोरोना भाइरसको बारेमा मलाई के लाग्यो भने प्रधनमन्त्री जीलाई धेरै कुरा थाहा छैन तर थाहा छैन भन्ने थाहा छैन । त्यसले गदौ बडो डरलाग्दो भयो । हङकङमा नेपालमा क्षमता नभएर पठाएको होइन प्रधानमन्त्री ज्यु त्यो बेलामा रिएजेन्ट कहिंपनि थिएन त्यसैले पठाएको हो । यो सरकारले पीसीआर मेसिन ५ वटा किन्यो ५ वटै चल्दैन । क्वारेन्टाइनको मापदण्ड आफुले बनाएको मापदण्ड एकपटक पढ्नु भएको छ । हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कल्ले भन्यो ? नेपालमा मृत्यु हुनेको संख्या कम छ भन्ने उमेर समुहको आधारमा मृत्यु भएको विश्वव्यापी संख्यासँग दाजेर हेर्नुभएको छ ? भष्ट्राचार स्वास्थ्य सामग्रीको सुचि राखेर संसदमा छलफल गर्नका निम्ति म प्रधानमन्त्रीलाई खुल्ला आव्हान गर्छु । तयार हनुहुन्छ सम्माननिय प्रधानमन्त्री ज्यू ? जुन अवस्थामा भारतबाट नेपालीहरु ल्याइएका छन ति व्यक्ति हुन कि ति नेपाली नागरिक हुन? ति नेपाली नागरिकको बारेमा चिन्ता गर्ने तिनि आउँदैछन भन्ने कुरामा जानकारी राख्ने तिनको लागि क्वारेटाइनको तयारी गर्ने सम्माननिय प्रधानमन्त्रीको सरकारले हो वा हामिले गरिदिुनुपर्ने हो ? त्यसको तयारी गरेको भए आज तिनलाई दोश दिएर बस्नुपथ्र्यो । वा आज हामी एउटा पनि कोरोना संक्रमणको अवस्था नभएको वा कम भएको न्युजिल्याण्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री नाचेको हेर्न पाइन्थ्यो ।
बलकृष्ण खाँड
कोभिड रोकथामका लागि स्थानीय निकायले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । स्थानीय सरकारलाई संघीय सरकारले सहयोग गरेको छैन भन्ने गुनासो आएको छ । किन गुनासो आयो ? विदेशमा रहेका नेपाली गर्भवति महिलाहरुलाई प्राथमिकतामा राखेर र विदेशमा समस्यामा परेका नेपालीलाई चलखेल नगरी ल्याइयोस ।
उमा रेग्मी
मरेपछि पीसीआर परिक्षण गर्ने र पोजेटिभ पाइएपनि अर्कै रोगले मरेको भन्ने किन ? भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न सरकारले कहिले वार्ता गर्ने ?
पार्वता डिसि चौधरी
दश अर्ब खर्च भएकोमा कुन कुन स्थानीय तहमा कति पठाइयो जानकारी पाउँ ?
प्रदीप यादव
सरकारले कोभिड नियन्त्रणका लागि १० अर्ब खर्च ग¥यो के के मा खर्च भयो । सदनलाई जानकारी कहिले हुन्छ । विरगंज नारायणी अस्पतालको पार्टको रुपमा गण्डक अस्पताललाई बनायो । तर खर्च स्थानीय निकायले तिर्छ । स्थानीय निकायले संघले एक रुपैयाँ नदिदा घरघरमा पुगेर चन्दा उठाएको छ । यो बारेमा जवाफ चाहियो ।