काठमाडौं। बुध्द एयरले आफ्ना रोयल क्लब सदस्यका लागि ‘गज्जबको डिस्काउन्ट अफर’ सार्वजनिक गरेको छ। असार १ गतेदेखि लागू हुने यस अफरअन्तर्गत लामो दूरीका गन्तव्य धनगढी, नेपालगञ्ज र भद्रपुर उडानमा विशेष छुट उपलब्ध हुनेछ।
यस अफरअनुसार धनगढी उडानमा १२००, नेपागञ्ज उडानमा १,००० तथा भद्रपुर उडानमा ८०० सम्म छुट प्रदान गरिनेछ। उक्त छुट दुईतर्फी उडानमा लागू हुनेछ। विज्ञप्तिमा यो अफर सीमिति अवधिका लागि लागु गरेको जनाएको छ।
अफरको लाभ लिन रोयल क्लव सदस्यहरुले टिकट बुकिङ गर्दा अनिवार्य रुपमा आफ्नो रोयल क्लब नम्बर इन्ट्री गर्नुपर्नेछ। रोयल क्लब माइलेज आईडी इन्ट्री नगरिएका बुकिङमा यो अफर लागू हुने छैन। डिस्काउन्टका लागि रोयल क्लब माइलेज आईडी नम्बर इन्ट्री गर्न यात्रुले आफ्ना ट्राभल पार्टनर÷एजेन्सीलाई अनुरोध गर्न विज्ञप्तिमा उल्लेख गरेको छ।
बुध्द एयरको रोयल क्लब सदस्यता वेबसाइट वा मोबाइल एपमार्फत सजिलै लिन सकिनेछ। रोयल क्लवका सदस्यहरुले ५ केजी अतिरिक्त लगेज सुविधा प्राप्त गर्नुका साथै सुपरमार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट शपबाट माइलेज प्वाइन्ट प्रयोग गरी डिस्काउन्ट प्राप्त गर्न सक्नेछन्।
बुध्द एयरले देशका विभिन्न भागमा दैनिक ६ दर्जनभन्दा बढी उडान सञ्चालन गर्दै आएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ बुध्द एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रवार त्यसैगरि कोलकातातर्फ आईतबार, मंगलबार, बिहिबार र शनिबार उडान भरिरहेको छ।
रोयल क्लब यात्रु सदस्यलाई निःशुल्क फिफा वर्ल्डकप सब्सक्रिप्सन
बुध्द एयरले आफ्ना यात्रुका लागि सजिलै मोबाइलबाटै विश्वकप फुटबलका म्याच हेर्न एचटिभी–दिगो बोर्डकास्टिङ कन्र्र्सोटियम जेभीसँग सम्झौता गरेको छ।
डीजीओ एपबाट फिफा वर्ल्डकप सम्पूर्ण खेलका आनन्द लिन रोयकल क्लवका सदस्यहरुले फ्रि सब्सक्रिप्सन पाउनेछन्। यो सब्सक्रिप्स्न बुध्द एयरले आफ्ना रोयल क्लवका सदस्यलाई आगामी ४ सातासम्म हरेक साता सयौंका दरले सब्सक्रिप्सन प्रदान गर्नेछ।