कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सरकार असफल भएको भन्दै भइरहको यूवाहरुको आन्दोलन देशव्यापी भएको छ । भाइरस परिक्षणमा सरकारले गरेको लापरबाही तथा पिसिआर परिक्षण चित्त बुझदो नभएको भन्दै फेशबुक पेज ‘इनफ इज इनफ’ मार्फत आब्ह्वान गरिएको आन्दोलन देशभरका तीन दर्जन भन्दा बढी सहरहरुमा फैलिएको छ ।

कुनै राजनितिक दलको झण्डा बिना बिहिबार काठमाडौंको बालुवाटरमा एकाएक हजारौ मानिसको सहभागिता देखिएपछि ‘इनफ इज इनफ’ आन्दोलनले धेरैको ध्यान आकृष्ट गरेको छ । सहभागी सबैजसोले बिभिन्न नारा सहितको प्लेकार्ड बोकेर गरिएको आन्दोलनमा प्रहरीको पानीको फोहोरा तथा असुर ग्यास समेत प्रहार गरेपछि सामाजिक सञ्जालमा पक्ष र बिपक्षमा बहस हुन थालेको छ ।

लकडाउनका बिच सरकारले कोरोना नियन्त्रणका लागि खासै काम गर्न नसकेको भन्दै बिरोधका लागि काठमाडौबाट शुरु भएको यो आन्दोलनको राप देशैभर फैलिरहको छ । शुक्रबार देशभरका ठूला सहरमात्र नभएर साना साना सहरहरुमा शुरु हुन थालेको छ । आज काठमाडौका किर्तिपुर, , धनगढी, भैरहवा, बुटवल, भक्तपुरलगायतका स्थानमा शुरु भइसकेको कोभिड–१९ इनफ इज इनफ पेजमा अपलोड गरिएका सामाग्रीले देखाउछ । युवाहरुले सरकार बिरुद्ध आन्दोलन जारी राखेपछि बिहिबार नै गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै लकडाउन बेला प्रदर्शनमा ओर्लिए ६ सय रुपैयाँ जरिवाना र ६ महिनासम्म जेल हुनेु चेतावनी दियो।

तर, सरकार बिरुद्धको आन्दोलन शतप्रतिशत पिसिआर परिक्षण तथा १० अर्वको हिसाव पारदर्शी नहुन्जेल जारी रहने आन्दोलनमा सहभागीहरुले बताएका छन् । बिहिबार बालुवाटारमा प्रहरी दमन भएपनि शनिबार माइतीघरमा अझ ठुलो संख्यामा भेला भएर सरकारलाई सचेत खबरदारी गराइने इनफ इज इनफ पेजमा कमेन्ट गर्नेहरुले बताएका छन् । पछिल्लो ३ दिनमा आन्दोलनले देशभरका यूवाहरुलाई संगठित बनाउको भन्दै पेज मार्फत आलोक सेनिटाइजर सुबेदीले आफ्नो माग यथासक्य चाडो पुरा गर्नुपर्ने बताएका छन् । उनले फेशबुक पेजमा यस्तो लेखेको छन् :
महामारिको भयका बाबजुत पनि अति जोखिममा रहेका हाम्रा नागरिक दाजुभाई, दिदीबहिनीको पक्षबाट आवाज बुलन्द गर्नु हाम्रो हक र कर्तव्य सम्झेकाछौँ ।
- १००% पिसिआर टेस्ट गराउनुपर्ने र टेस्टको दायरा बढाउनुपर्ने ।
- क्वारेन्टाईन मृत्युशैया बनेका छन, भाईरस संक्रमणका केन्द्रबिन्दु बनेका छन त्यसैले तत्काल क्वारेन्टाईनको गुणस्तर सुधार गर्नुपर्ने ।
- मेडिकल क्षमता विस्तार गर्नकासाथै, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मिको स्वास्थ्य सुरक्षा र स्वाभीमानको सुनिश्चितता गर्नुपर्ने ।
- कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको १० अर्बको विषयगत र सुप्ष्ट पारदर्शिता सार्वजनिक गर्नुपर्ने ।
- असक्षम र अकर्मण्य सरकार जाग र नागरिकको जीवन रक्षा गर ! जवाफदेहिता कायम गर !!
