जनता समाजपार्टीका नेता राजेन्द्र महतोले नयाँ निशान छाप छाप सार्वजनिक गर्नका लागि संविधान संशोधनका लागि बसको संसदको बैठकमा गरेका भाषणाको सामाजिक सञ्जालमा चर्चा भएको छ ।
यसअघि संसदमा प्राय हिन्दीमा भाषणा गर्ने नेता महतोले नेपालीमा भाषणा गर्दै नयाँ नक्शा, राष्ट्रियताका विषयमा ओजिलो मन्तव्य राखेका थिए ।
संसदमा उनले प्रत्येक मधेसी जनताले सेना भएर सीमाको रक्षा गरेको बताएका छन् । प्रतिनिधी सभामा बोल्दै महताेले नेपालको भूमि र नयाँ नक्साका बिषयमा सवै मधेसी जनता एकजुट रहेको बताए ।
उनले नयाँ नक्सा सँगै सम्वन्धी मधेसी जनताको भावना समेट्ने गरी प्याकेजमै संविद्यान संशोधन विधेयक पारित हुनुपर्ने बताए । उनले सवै मधेसी जनताको भावना समेटेर संविद्यान संशोधन गर्नुपर्ने महत्वपूर्ण अवस्था रहेको उनको भनाइ छ । महतोले संविधानमा आफूहरुको असहमति भएपनि नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने बताए ।
सरकारले सम्पूर्ण मधेसी जनता र देशका लागि ज्यान गुमाएका सम्पूर्ण नेपालीको पहिचान, अधिकार र अपनत्व हुने गरी संविद्यान संशोधन प्याकेजमै गर्नुपर्ने बताए ।
५८ वर्ष पहिलेसम्म लिम्पियाधुरा, कालापानी लगायतका भूमि नेपालको नक्सामा रहेको स्मरण गर्दै उनले प्रश्न गरे, ‘कुन देश बेचुवाले देश बेच्यो ? स्वेतपत्र जारी गर्नु पर्दैन ? देश बेचुवाहरुलाई टुँडिखेलमा झुण्ड्याउनु पर्दैन ?’
'मधेशी भनेपछि राष्ट्रियतामा शंका गर्ने? नश्लिय चिन्तन बोकेकाहरू हटाइदेऊ, प्रत्येक मधेसी सेना भएर सीमाको रक्षा गरेको छ', उनले भने, 'विभेद गरे पनि सरकारले विभिन्न प्रकारले पीडा पुर्याए पनि सीमा रक्षाका लागि लडेको छ। मरेको छ।'
मधेसी जनताले सीमाको रक्षा गर्दै आएको भन्दै आफूहरुको राष्ट्रियतामा प्रश्न नगर्न चेतावनी समेत दिएका छन् । ‘कति चोटी अग्नि परीक्षा दिने ? कति पटक प्रमाण दिने हामीले’ उनले भने, ‘मधेसी जनतामाथि अन्याय नगर्नुस् ।’
भारतले लगाएको नाकाबन्दीमा महतोले बिरगंज नाकामा धर्ना बसेर काठमाडौंको दानापानी रोकिदिने भनाईले उनको त्यो सर्वत्र आलोचना भएको थियो ।
उनको भाषणलाइ लिएर सामाजिक सञ्जालमा आएका केही अभिव्यक्ति क्यापिटल नेपालले संकलन गरेको छ ।








