काठमाडौं। नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको छ१ कल मोबिलिटी प्रा। लि।ले नेपालमा नयाँ हुवावे वाच फिट ५ लाई देशकै पहिलो ‘मर्निङ फिटनेस क्लब पार्टी’ तथा त्यसपछिको ५ किलोमिटर दौड कार्यक्रम मार्फत औपचारिक रूपमा सार्वजनिक गरेको छ।
यो विशेष कार्यक्रमले फिटनेसप्रेमी, स्वास्थ्य सचेत व्यक्तित्व, कन्टेन्ट क्रिएटर तथा प्रविधिप्रेमीहरूलाई एकै ठाउँमा ल्याएर व्यायाम, संगीत र नवीन प्रविधाको अनुपम अनुभव प्रदान गर्यो। मेल्टडाउनसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रम ठमेलस्थित क्लब नोभामा सम्पन्न भएको थियो।
कार्यक्रममा स्थललाई फिटनेस र लाइफस्टाइलको आकर्षक केन्द्रका रूपमा रूपान्तरण गरिएको थियो, जसले हुवावे वाच फिट ५ को सक्रिय, स्टाइलिस र आधुनिक जीवनशैलीलाई झल्काउने विशेषतालाई प्रतिविम्बित गरेको थियो।
स्टाइलमा कुनै सम्झौता नगरी सक्रिय जीवनशैली अपनाउन चाहने प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको हुवावे वाच फिट ५ ले आकर्षक, हलुका र आधुनिक डिजाइनसँगै उन्नत स्वास्थ्य तथा फिटनेस ट्र्याकिङ सुविधाहरू प्रदान गर्दछ। स्ट्र्यापबाहेक करिब २७ ग्राम मात्र तौल भएको र ९.५ मिमि पातलो डिजाइनमा उपलब्ध यो स्मार्टवाच दिनभर लगाउन सहज र आरामदायी छ।
यसमा रहेको १.८२ इन्चको अमोल्ड डिस्प्ले ले अधिकतम २,५०० निट्स सम्मको ब्राइटनेस प्रदान गर्दछ, जसले गर्दा कडा घाममा पनि नोटिफिकेसन, स्वास्थ्यसम्बन्धी जानकारी तथा वर्कआउट डाटा सजिलै हेर्न सकिन्छ।
हुवावे वाच फिट ५ मा रहेको मिनी-कसरत सहायकले केही मिनेटमै शरीरलाई पुनः ऊर्जावान बनाउन मद्दत गर्दछ। यसमा घाँटी, काँध, ढाड लगायत शरीरका १० विभिन्न भागहरू लक्षित ३० वटा छोटा तथा निर्देशित व्यायामहरू समावेश छन्, जसका लागि कुनै अतिरिक्त उपकरण आवश्यक पर्दैन।
व्यस्त जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यस स्मार्टवाचले हल्का प्रयोगमा १० दिनसम्म, सामान्य प्रयोगमा ७ दिनसम्म तथा सधैँ अन डिस्प्ले सक्रिय हुँदा ४ दिनसम्म ब्याट्री ब्याकअप प्रदान गर्दछ। वायरलेस चार्जिङ सुविधासहित उपलब्ध यस डिभाइसमा ब्लुटुथ तथा एनएफसी सपोर्ट पनि रहेको छ।
एन्ड्रोइड ९।० वा सोभन्दा माथिका तथा आओएस १३ वा सोभन्दा माथिका स्मार्टफोनहरूसँग सहज रूपमा काम गर्ने हुवावे वाच फिट ५ ले प्रयोगकर्ताको दैनिक जीवनलाई अझ स्मार्ट बनाउँछ। यसमा रहेको इनबिल्ट स्पिकर र माइक्रोफोन मार्फत अझ सुविधाजनक वेयरेबल अनुभव प्राप्त गर्न सकिन्छ।
स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस स्मार्टवाचमा उन्नत अप्टिकल हार्ट रेट सेन्सरसहित विभिन्न स्वास्थ्य तथा गतिविधि मापन गर्ने सेन्सरहरू समावेश छन्। यसमा एक्सेलेरोमिटर, जाइरोस्कोप, म्याग्नेटोमिटर, एम्बियन्ट लाइट सेन्सर, ब्यारोमिटर तथा तापमान सेन्सर जस्ता अत्याधुनिक सेन्सरहरू उपलब्ध छन्।
नवीनताको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हुवाईले सोही अवसरमा हुवाई फ्रीक्लिप २, हुवावे फ्रीबड्स ७आई तथा हुवाई फ्रीबड्स एसई २ समेत नेपाली बजारमा सार्वजनिक गरेको छ। यी नयाँ अडियो उत्पादनहरूले प्रयोगकर्तालाई अझ सहज, स्मार्ट तथा उत्कृष्ट ध्वनि अनुभव प्रदान गर्ने लक्ष्य राखेका छन्।
मूल्य तथा उपलब्धता
- हुवावे वाच फिट ५ – रु २७,९९०
- हुवावे फ्रीक्लिप २ – रु ३३,९९०
- हुवावे फ्रीबड्स ७आई – रु १७,९९०
- हुवावे फ्रीबड्स एसई २– रु ७,४९०
यी सबै उत्पादनहरू नेपालभर रहेका अधिकृत हुवावे रिटेल स्टोर तथा रिसेलरहरू मार्फत उपलब्ध छन्।