काठमाडौं । सरकारी वेवास्ताका कारणले साना तथा मझौला होटल व्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा पुगेको बताएका छन् । उनीहरुले बजेटमार्फत ठूला होटलहरुको मागलाई सम्बोधन गरिएको भएपनि साना तथा मझौला होटल व्यवसायीलाइ भने बेवास्ता नै गरिएका कारण आत्महत्या गर्ने अवस्थामा पुगेको व्यवसायीको दुखेसो छ ।
तीन महिना भन्दा बढी समय देखि होटलहरु बन्द हुँदा सरकारी निकायबाट कुनै राहतका प्याकेजहरु नल्याएको भन्दै व्यवसायी सरकारसँग आक्रोशित बनेका हुन्।
सुरुमा कोभिड–१९ ले प्रभावित भएर स्वदेश फर्कन लागेका नेपालीलाई आफ्नो होटलमा राख्ने प्रतिबद्धता जनाए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जालझेल गरेर ठूला होटललाई मात्र महंगोमा दिएको उनीहरुको आरोप छ ।
करिब ८० हजार होटल व्यवसायीहरुले कोभिड—१९ का कारणलले तीन महिना देखि होटल बन्द हुँदा बैंकको किस्ता, ब्याज, घरभाडा र कर्मचारीहरुलाई तबल खुवाउन नसकेर व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था आउँदा पनि सरकारले कुनै सहयोग नगरेको महासंघका अध्यक्ष हिराध्वज शाहको भनाई छ ।
अहिले सरकारले कुनै माध्यमबाट आफुहरुको पीडालाई सम्बोधन नगरेकै कारण धेरै होटलले घरबेटीलाई चाबी बुझाउने अवस्था आएको भन्दै यस तर्फ सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।
महासंघका बरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले साना तथा मझौला होटलहरुमा २ खर्ब ८४ अर्व भन्दा बढी लगानी जोखिममा पर्ने स्थिति आएको बताए । ८० हजार होटलमा करिब ६ लाख भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइएको पारिश्रमिक मात्र वार्षिक ९ अर्ब रुपैया खर्च हुने गरेको उनको भनाई छ ।
होटलहरुको कारोबार ३ खर्ब ३७ अर्व हुने गरेकोमा कोभिडका कारण चार महिनामा १९ अर्ब रुपैया नोक्सानी व्यहोरेको महासंघको ठहर छ । हाल बैंकको कर्जा मात्र १ खर्ब रुपैँया रहेको व्यवसायीले बताएका छन् ।
महासंघका अनुसार १० देखि २० करोड रुपँैया लगानी भएका होटलहरु ५ सय वटा, १ देखि १० करोड लगानी भएको २ हजार, १ करोड लगानी भएका ३ हजार ५ सय, ५० लाख देखि १ करोडसम्मको ६ सय, १० लाख देखि ५० लाखसम्मको ८ सय, १० लाखसम्मको १० हजार वटा र ५ लाखसम्मको ५० हजार होटलहरु आबद्ध रहेको जनाएको छ ।
यस्ता छन् महासंघको सरकारसँगको माग

