आइतबार​, असोज १० २०७८ ०९:३४ PM

×

सेयरमा घाटा हुने बित्तिकै टायर बाल्ने प्रवृत्ति हट्नुपर्छ, केन्द्रीय बैंकको नीति ठीक छ

images

सेयर बजारमा चलखेल सामान्य भइसकेको शब्द हो । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) थोरै बढ्ने वा घट्ने बित्तिकै ठूला लगानीकर्ताले चलखेल गरे भन्ने गरिन्छ । यहाँ त लगानीकर्ताले मात्रै चलखेल गरेको स्थिति रहेन ।

मै हुँ भन्ने नियामकहरू पनि चलखेलमै सक्रिय रहेको घट्नाक्रमले देखाएको छ । पुँजीबजारको मुख्य नियामक नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको निलम्बन र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को राजीनामाले पनि चलखेल शब्द र प्रवृत्तिलाई प्रस्ट्याएको छ ।

अनलाइन कारोबारले गर्दा नयाँ लगानीकर्ता आक्रमक ढंगले बजारमा आइरहेका छन् । कतिपय अवस्थामा अध्ययन नै नगरी अनुमान र बजार हल्लाका भरमा सेयर खरिद गर्न पुगेका छन् । ६० हजारभन्दा कम रहेका सक्रिय सेयर लगानीकर्ता अहिले लाखौंमा पुगेका छन् ।

गाउँ–गाउँका मान्छेहरूले सेयर किनेका छन् र त्यसबारे चासो राख्ने संख्या दैनन्दिन रूपमा बढ्दै गइरहेको छ । त्यति मात्र होइन कतार, साउदी अरेबिया, दुबई र मलेसियालगायतका मुलुकबाट पनि नेपालीले सेयर किनेका छन् ।

अनलाइन प्रणाली लागू हुनुअघि नै सेयर बजारका बारेमा साक्षरता गराउनु पर्छभन्दा नियामक बोर्ड र नेप्सेले सुनेनन् । अनलाइन प्रणाली कार्यान्वयनमा नआएको भए अहिलेका जति लगानीकर्ता सेयर बजारमा प्रवेश गर्ने थिएनन् । कोभिड–१९ का कारण अन्य क्षेत्रहरू आझेलमा पर्दा लगानीको क्षेत्र सेयर बजार मात्र देखियो ।

अनलाइन प्रणाली सुचारु भएसँगै कोभिड प्रभावले बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञा लागू भयो । नाफा हुन्छ, राम्रो कमाइ छ भन्ने आधारमा यथेस्ट जानकारी बिनै हल्लाकाभरमा लगानीकर्ताहरूले धमाधम सेयरमा लगानी खन्याउन थाले । 

पुँजी बजार व्यवस्थित बनाउन नियम कानुनहरू छन् तर, कार्यान्वयन शून्यजस्तै छ । सञ्चारमाध्यमले नलेखेको भए र दबाब दिने समूह नभएको भए अर्थ मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगानीकर्ताहरू नधाएको भए अहिले प्राप्त सहजता पनि हुने थिएन ।

अनलाइन प्रणाली सुचारु भएसँगै कोभिड प्रभावले बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञा लागू भयो । नाफा हुन्छ, राम्रो कमाइ छ भन्ने आधारमा यथेस्ट जानकारी बिनै हल्लाकाभरमा लगानीकर्ताहरूले धमाधम सेयरमा लगानी खन्याउन थाले । पुँजी बजार व्यवस्थित बनाउन नियम कानुनहरू छन् तर, कार्यान्वयन शून्यजस्तै छ । सञ्चारमाध्यमले नलेखेको भए र दबाब दिने समूह नभएको भए अर्थ मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगानीकर्ताहरू नधाएको भए अहिले प्राप्त सहजता पनि हुने थिएन ।

अहिले त झन् कारबाही गर्ने संस्थाका प्रमुखसमेत चलखेल गरेको आरोपमा निलम्बनमा परेर न्यायिक छानबिनमा छन् । नियम कानुनको प्रभावकारी कार्यान्वयन नभएको फाइदा उठाएर सेयर बजारमा सीमित व्यक्तिको हालिमुहाली चलेकै हो । बैंकबाट धेरै ऋण लिन सक्ने र अन्य स्रोतबाट लगानी जुटाउन सक्नेले प्रसस्त कमाउने ठाउँ सेयर बजार नै हो । 

अहिले बजार बढेको छ । त्यसलाई सुधार्न खोज्दा बजार घट्छ । यस्तो अवस्था आएपछि साना र नयाँ लगानीकर्ताले नेपाल राष्ट्र बैंक र सरकारको विरोध गर्छन् । चौतर्फी विरोध गर्ने वातावरण मिलाएर बजारका पक्षमा ल्याइएका नीतिहरूलाई निष्प्रभावी बनाउन कतिपय लगानीकर्ताहरू कम्मर कसेर लागेको पाइन्छ । जब दबाबमा स्वाभाविक कार्यक्रमहरूबाट फिर्ता (व्याक) हुन्छ तब सुधार भन्ने कहिल्यै हुँदैन ।

यस्तो स्थितिमा सीमित वर्गले बजारबाट फाइदा लुटेको लुटै हुन्छ र आम लगानीकर्ता लुटिइरहन्छन् । आम लगानीकर्तालाई प्रोत्सािहत गर्न नियमनलाई अझ सशक्त बनाउनै पर्छ । सेयर बजारमा हालिमुहाली गरेर अधिकतम फाइदा लिने वर्गलाई कारबाही गर्नुपर्छ । यो गर्दा बजार घट्छ । सरकारले नीति ल्याएर घट्यो भन्ने बजारको ‘सेन्टिमेन्ट’ रहन्छ ।

जसको सुरक्षाका लागि नीति तथा कानुनहरू ल्याइन्छ, तिनीहरूनै यसका विरुद्धमा उत्रिने गर्छन् । केन्द्रीय बैंकले सेयर खरिद गर्दा सेयर धितोमा एकल ग्राहक कर्जा सीमा एउटा वित्तीय संस्थाबाट ४ करोड र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ मात्र लिन पाउने गरि आएको नीति खासमा साना र नयाँ लगानीकर्तालाई ठूलाको हालीमुहालीबाट बचाउन हो ।

तर, जसलाई बचाउन भनेर नीति ल्याइएको छ उनीहरू नै विरोधमा उत्रिएका छन् । वास्तवमा राष्ट्र बैंकको नीतिले पार्न असर र क्षेत्रका बारेमा साना र नयाँ लगानीकर्ताले या त बुझेका छैनन् या बुझ पचाएर ठूलै लगानीकर्ताका पक्षमा उभिएका छन् । कसैलाई राम्रो गर्न खोज्दा उसैको विरोध गर्ने परिपाटी पछिल्लो समय सेयर बजारमा पनि देखिएको छ ।

केन्द्रीय बैंकको नीतिबाट सेयर बजारका स्वार्थ समूह– जसले फाइदा लिइरहेका छन्) रिसाउनु स्वाभाविकै हो । लगानीकर्ताको संघ–संगठन व्यक्तिगत लगानीकर्ताको हितलाई नभई आबद्ध मुख्य पात्रहरूका स्वार्थ पूर्तिका लागि मात्र हो । सर्वोत्तम सिमेन्ट काण्डमा ठूला लगानीकर्ता र कुनै पनि संघ–संगठन बोलेनन् ।

किनभने उनीहरू पनि त्यही गरिरहेका छन् । बोल्यो भने आफूलाई पनि असर पर्ने डर छ । ठूलाको माग पूरा नहुने बित्तिकै अर्थमन्त्री, गभर्नर वा अन्य अमुक व्यक्तिको राजीनामा मागिन्छ । ती वर्ग विरोध जनाउन अनसन र घेराउको नीति अख्तियार गर्छन् । तर, यस्तो गर्न दिनुहुँदैन । 

कर्जा पुँजी निक्षेप (सीसीडी) अनुपातबाट कर्जा निक्षेप (सीडी) अनुपात कायम गरेका कारणले सेयर बजार घटेको हैन । केन्द्रीय बैंकले समग्र मौद्रिक तथा वित्तीय परिस्थिति र वित्त नीतिलाई हेरेर आफ्ना नीति तय गर्ने गर्छ । सेयर बजार अर्थतन्त्रको सानो अंश हो । सेयर बजार प्रभावित हुन्छ भनेर नीतिलाई कमजोर बनाउने काम केन्द्रीय बैंकले गर्दैन ।

एउटैलाई ठूलो ऋण दिन पाए किन धेरै लगानीकर्ता खोज्नु ? धेरैलाई कर्जा दिँदा धेरै खर्च हुन्छ । समय पनि धेरै लाग्छ । ठूला लगानीकर्ताले सहुलियत पाइरहेको स्थितिमा नयाँ निर्देशनले साना लगानीकर्तातर्फ बैंकहरू आकर्षित हुन बाध्य पार्छ । बैंकबाट कर्जा गएको प्रवृत्ति केलाउने हो भने पनि त्यसको पुष्टि हुन्छ । त्यसकारण पनि ४ करोड र १२ करोड रुपैयाँको कर्जा सीमा आवश्यक छ ।

देशको अर्थतन्त्र संकटमा प¥यो भने के गर्ने र संकट पर्न नदिन के गर्ने भन्ने कुरालाई केन्द्रीय बैंकले ख्याल गरेको हून्छ । मौद्रिक र वित्त नीतिले सेयर बजारलाई मात्र नहेर्ने र सबै क्षेत्रलाई हेर्नुपर्ने हुन्छ । सेयर बजार ‘क्र्यास’ भएर पनि समग्र अर्थतन्त्र (ओभरअल इकोनोमि)मा ठूलो असर गर्दैन । ओभरअल इकोनोमीमा समस्यामा प¥यो भने अर्जेन्टिनाको जस्तो हुन सक्छ । 

हिजो लगानी गर्ने मान्छे डुबिरहेका होलान् । ६ महिना अघिदेखि लगानी गर्ने त आज पनि डुबेका छैनन् । राष्ट्र बैंकको सेयर धितो कर्जाको सीमाले सेयर बजारको मनोविज्ञानमा असर गरेको हो । तर, सीडीले गरेको हैन । बैंकले ठूलालाई कर्जा दिन पाएपछि साना लगानीकर्तालाई दिँदैन ।

एउटैलाई ठूलो ऋण दिन पाए किन धेरै लगानीकर्ता खोज्नु ? धेरैलाई कर्जा दिँदा धेरै खर्च हुन्छ । समय पनि धेरै लाग्छ । ठूला लगानीकर्ताले सहुलियत पाइरहेको स्थितिमा नयाँ निर्देशनले साना लगानीकर्तातर्फ बैंकहरू आकर्षित हुन बाध्य पार्छ । बैंकबाट कर्जा गएको प्रवृत्ति केलाउने हो भने पनि त्यसको पुष्टि हुन्छ । त्यसकारण पनि ४ करोड र १२ करोड रुपैयाँको कर्जा सीमा आवश्यक छ ।

पहिला ५ लाख रुपैयाँको सेयर लिएर जाँदा साना लगानीकर्तालाई बैंकले ‘इन्टरटेन’ नगरेको कयौं उदाहरण हाम्रा सामु छन् । राष्ट्र बैंकको नयाँ नीतिले अब साना लगानीकर्ताले पनि ऋण पाउने वातावरण बनाएको छ । एउटै पार्टीलाई ठूलो ऋण दिन नपाएपछि सानाले सहज रुपमा कर्जा पाउने छन् । 

सेयर बजार सधैं बढिरहनुपर्छ भन्ने हो र ? सेयर बजार केही न केही कारणले घट्छ वा बढ्छ । ११०० अंकमा रहेको नेप्से सूचकले ३५०० अंकमा पुगेर फेरि घटेर २००० मा आउँदा के फरक पर्छ ?  घट्ने बेलामा कसैलाई आरोप लगाउने हो । त्यही भएर केन्द्रीय बैंकले सेयर बजारलाई मात्र हेरेर नीति ल्याउनु हुँदैन ।

अनशन बस्ने, आन्दोलन गर्ने र दबाब दिने जस्ता विकृति मौलाएको छ । राजनीतिक पार्टीको जस्तो दबाब दिने काम सेयर बजारका लगानीकर्ताको हो र ? राष्ट्र बैंकले नीतिमा कडाइ ग¥यो भने बेचेर बजारबाट बाहिर निस्किने हो । 

नाफा हुँदा खुसी भएर सधैं ताली बजाएर बस्छन् । तर, कसैले मलाई यति नाफा भयो भनेर सरकार र गरिबलाई दिँदैनन् । घाटा हुने वित्तिकै टायर बाल्ने प्रवृत्ति हट्नुपर्छ । सेयर बजारलाई शुद्धीकरण गर्न नीतिगत परिवर्तन हुनुपर्छ । यस मामिलामा अहिले राष्ट्र बैंक र अर्थ मन्त्रालय अडिग हुनुपर्छ । नीतिमा पुनरावलोकन गर्नुहुँदैन ।

विरोध भयो भनेर चोर्नेलाई अवसर पक्कै दिनुहुँदैन । घट्ने बेलामा कारण खोजिरहेका छौं । अहिले सेयर बजार बढ्नु पर्ने कारण के छ ? अर्थतन्त्रका संरचनामा केही परिवर्तन नहुँदा सेयर बजार मात्र बढ्नु पर्ने कारण के छ ? कम्पनीहरूको नाफा र लाभांश घटेको अवस्था छ । गत वर्षमा भन्दा यो वर्ष कम्पनीहरूले सेयरधनीहरूलाई लाभांश कम दिने भएका छन् । यस्तो बेला सेयर बजार किन बढ्नुप¥यो ?
 

सोमबार २१ भदौ २०७८ ०६:०३ PM मा प्रकाशित

प्रतिक्रिया