×

व्यापारको हुटहुटीले सफलता चुमेका अनुप

images

काठमाडौं । मारवाडी समुदाय व्यापारमा परिचित नाम हो । नेपालमा व्यवसायको थालनीको सुरुवात सोही समुदायलाई जान्छ । त्यही समुदायका युवा व्यवसायी हुन्, अनुप अग्रवाल ।

वीरगन्जमा जन्मिएका अग्रवाल परिवारको सहयोगमा आफ्नो व्यवसायलाई फैल्याइरहेका छन् । अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याएर होस् वा उत्पादनमूलक उद्योग खोलेर नै किन नहोस्, व्यवसायमा उनको रवाफ विस्तारै बढ्दै गएको छ ।

सानै उमेरबाट आफ्नो व्यवसायलाई सघाउँदै आएका अग्रवाल अहिले आधा दर्जन ब्रान्ड तथा उद्योगको नेतृत्व गरिरहेका छन् । व्यापारिक पारिवारिक माहोल भएमा काम गर्न धेरै सहज हुने अनुपको अनुभव छ ।

औद्योगिक नगरी वीरगन्जमा ट्रेडिङ व्यवसाय सञ्चालन गर्दै आएका अनुपको परिवार व्यवसायमै सग्लन थियो । त्यही भएर पनि उनलाई व्यवसायमा अघि बढ्न थप मद्दत मिल्यो ।

अहिले अनुपले विदेशी ब्रान्डसहित ओम सिमेन्टको समेत नेतृत्व गरिरहेका छन् । बिजनेस नै पढेका अनुपलाई संयुक्त परिवारबाट सञ्चालित उक्त उद्योगमा आफ्नो सीप, क्षमता र योग्यताको पूर्णरुपमा प्रयोग हुन नपाउने देखेपछि आफ्नै स्वामित्वमा केही नयाँ गर्ने सोच पलायो ।

‘हाम्रो संयुक्त परिवार हो । परिवारको व्यवसाय राम्रोसँग अघि बढेको छ । तैपनि आफ्नो खुट्टामा आफैं उभिनुपर्छ भन्ने लागेपछि अनुपले मार्केटिङ नै पढे ।

औद्योगिक नगरी वीरगन्जमा ट्रेडिङ व्यवसाय सञ्चालन गर्दै आएका अनुपको परिवार व्यवसायमै सग्लन थियो । त्यही भएर पनि उनलाई व्यवसायमा अघि बढ्न थप मद्दत मिल्यो ।अहिले अनुपले विदेशी ब्रान्डसहित ओम सिमेन्टको समेत नेतृत्व गरिरहेका छन् । बिजनेस नै पढेका अनुपलाई संयुक्त परिवारबाट सञ्चालित उक्त उद्योगमा आफ्नो सीप, क्षमता र योग्यताको पूर्णरुपमा प्रयोग हुन नपाउने देखेपछि आफ्नै स्वामित्वमा केही नयाँ गर्ने सोच पलायो ।

तर, जे जानेको थिए, त्यसलाई राम्रोसँग प्रयोग गर्न पाएको थिइनँ, त्यसका लागि आफ्नो छुट्टै व्यवसाय सञ्चालन गर्नु पर्छ भन्ने अनुभव गरेँ ।
व्यावसायिक पारिवारिक वातावरण भएकाले अनुपलाई ट्रेडिङ व्यवसाय सञ्चालन गर्न कुनै समस्या परेन । सन् २००७ मा मास्टर्स सकेपछि उनले २००८ बाट आफ्नै छुट्टै व्यवसाय सञ्चालन गरेका हुन् ।

त्यतिबेला उनको उमेर २६ वर्ष मात्रै थियो । उनले पारिवारिक व्यवसायमा साथ दिँदै आफैंले ‘एफएमसीजीको व्यापार सुरु गरे । अग्रवालले विशेषगरी ‘फग बडी स्प्रे’ को व्यवसाय सञ्चालन गर्छन् । फग बडी स्प्रे नेपालमा आयात गर्ने व्यक्ति नै अग्रवाल हुन् । उनले यो काम विगत १२ वर्षदेखि निरन्तर गर्दै आएका छन् ।

कोरोनाको संक्रमण घटेपछि व्यवसायलाई पूर्णरूपमा निरन्तरता दिने उनको योजना छ । अनुपले २०० जनालाई रोजगारी दिँदै आएका छन् । त्यति मात्रै होइन सिल्पवेयर ब्राण्डको बाथरुम बनाउन प्रयोग गरिने सामग्रीको पनि व्यापार गर्दै आएका छन् । उक्त काम सन् २०१४ देखि सुरु गरेका हुन् ।

फगको साथै डाइपर, ट्वाइलेट पेपर, बंगलादेशबाट मेडी प्लस टुथ पेस्ट ल्याएरसमेत उनले व्यापार गर्दै आएका थिए । तर, कोरोना संक्रमण नेपालमा देखिएसँगै सरकारले गत वर्ष गरेको लकडाउनबाट फगको मात्रै व्यवसायलाई निरन्तरता दिन सकेको उनले बताए ।

यद्यपि कोरोनाको संक्रमण घटेपछि व्यवसायलाई पूर्णरूपमा निरन्तरता दिने उनको योजना छ । अनुपले २०० जनालाई रोजगारी दिँदै आएका छन् । त्यति मात्रै होइन सिल्पवेयर ब्राण्डको बाथरुम बनाउन प्रयोग गरिने सामग्रीको पनि व्यापार गर्दै आएका छन् । उक्त काम सन् २०१४ देखि सुरु गरेका हुन् ।

उमेरले ३९ वर्ष पार गरेका उनको थप व्यापार व्यवसाय गर्ने रहर बढ्दो छ । १२ वर्ष पहिले १ लाख रुपैयाँ लागतबाट सुरु गरेको व्यवसायले उनको जीवनको योजना र बाटोमा नयाँ मोड लिएको छ ।

क्यापिटल नेपालसँग कुरा गर्दै अग्रवालले भने, ‘हाम्रो पछिल्लो योजना भनेको नयाँ हार्डवयरको स्टोर सञ्चालन गर्ने रहेको छ । अहिलेलाई कोरोनाको संक्रमणबाट व्यवसायमा थप क्षति तथा असर नपरोस् भन्ने हो ।’ अबको २/३ वर्ष भने कोरोनाको कारण परेको असरलाई व्यवस्थापन गर्न लाग्ने अनुप बताउँछन् ।

‘आर्थिक स्रोत नबढ्ला, आम्दानी धेरै नहोला तर, भएको पुँजीलाई घट्न नदिने योजना छ,’ उनी भन्छन्, पढेको विषयमा काम गरेका अग्रवाल ट्रेडिङ व्यवसायमा चुनौती पनि रहेको बताउँछन् । तर, सिक्दै–गर्दै आफ्नो व्यावसायिक यात्रा अगाडि बढेको उनले बताए । हाल अग्रवालले आफ्नो सामानको बजार नेपालका सबै क्षेत्र अर्थात देशभरि बनाएका छन् ।

 

बिहीबार २८ साउन २०७८ ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया