सोमबार, माघ ३ २०७८ १०:४१ PM

×

भारतमा २४ घण्टामा थप २ लाख ६४ हजारभन्दा बढी कोरोना सङ्क्रमित

images

भारतमा २४ घण्टामा कोरोना भाइरसबाट थप २ लाख ६४ हजार २ सय २ जना सङ्क्रमित भएकाे केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कुल सङ्क्रमितको संख्या ३ करोड ६५ लाख ८२ हजार १ सय २९ पुगेको छ । 

सोही अवधिमा थप ३ सय १५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४ लाख ८५ हजार ३ सय ५० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । 

हाल यहाँ ५  हजार ७ सय ५३ ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या १२ लाख ७२ हजार ७३ छन् । गएको २४ घण्टामा मात्र १ लाख ५४ हजार ५४२ जना सक्रिय सङ्क्रमित थपिएका छन् ।

भारतमा १ लाख ९ हजार ३ सय ४५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ४८ लाख २४ हजार ७०६ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.२० प्रतिशत रहेको जनाइएको छ । 

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५५ करोड ३९ लाखभन्दा बढी डोज खोप लगाइएको छ । एएनआई

शुक्रबार​ ३० पुस २०७८ ०२:३५ PM मा प्रकाशित

प्रतिक्रिया