×

५४ अर्बमा बन्न लागेको संसारकै लामो मुक्तिनाथ केबुलकारको स्कोप र टिओआर स्वीकृत 

images

काठमाडौं। सरकारले प्रस्तावित संसारकै लामो ‘मुक्तिनाथ केबुलकार’ को वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अध्ययन गर्न बाटो खुलाएको छ। 

images

देशकै ठूलो मुक्तिनाथ केबलकार बनाउन सरकारले सघाउने 

काठमाडौं । प्रस्तावित देशकै ठूलो केबलकार बनाउनका लागि सरकारले सहजीकरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले कास्कीको वीरेठा...

वन तथा वातावरण मन्त्रालयले इआइएका लागि क्षेत्र निर्धारण (स्कोप) र कार्यगत सर्त (टिओआर) स्वीकृत गरेको छ। यसबाट मुक्तिनाथलाई लगानी बोर्डसँग परियोजना लगानी सम्झौता (पिआइए) गर्न बाटो खुलेको छ। 

images

विश्वकै लामो मुक्तिनाथ केबलकारः निफ्राको लिडमा साढे २८ अर्ब ऋण लगानी 

मुक्तिनाथमा नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाइमा ७ बैंक तथा वित्तीय संस्था ऋण लगानी गर्न तयार भएका छन् । ऋण लगानीको सहनेतृत्व भने कर्मचारी सञ्चय कोषले गर्ने भएको छ ।

लामो समयपछि मन्त्रालयले आयोजनाको स्कोप र टिओआर स्वीकृत गरेको हो। वनमन्त्री प्रदीप यादवले  झन्डै दुई महिना मुक्तिनाथको स्कोप र टिओर स्वीकृतिको प्रस्ताव रोकेर राखेका थिए। रोक्न नमिल्ने अवस्था आएपछि मन्त्री यादवले वाध्य भएर स्वीकृति गरेका हुन । 

images

मुक्तिनाथ दर्शनले बुझायो विश्वकै लामो केवलकारको डीपीआर, लगानी बोर्डमा अध्ययन हुँदै 

डीपीआरले केवलकार पूर्वाधार बनाउन ५१ अर्ब रुपैयाँ लाग्ने देखाएको छ । यद्यपि यो १ डलरबराबर ११७ रुपैयाँको आधारमा यो रकम लाग्ने देखाइएको हो । डलर तलमाथि भइरहेकाले लागतमा केही घटबढ हुने कम्पनीको भनाइ छ ।

काम सुरु भएको ६ महिनामा आयोजनाको इआइएको काम सक्ने लक्ष्य छ। आयोजना सम्पन्न गर्न ५४ अर्ब रुपैयाँ लाग्ने विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) ले देखाएको छ। कम्पनीले विदेशी र स्थानीय बैंकहरूबाट लगानी जुटाउन तयारी थालेको छ। जसअनुसार १० अर्ब ६० करोड रुपैयाँ स्वपुँजी संरचना हुने गरी लगानी मोडालिटी बनाइएको छ। 

images

विश्वकै लामो केवलकार मुक्तिनाथको डीपीआर तयार, बनाउन ५१ अर्ब लाग्ने 

डीपीआरले केवलकार पूर्वाधार बनाउन ५१ अर्ब रुपैयाँ लाग्ने देखाएको छ । यद्यपि यो १ डलरबराबर ११७ रुपैयाँको आधारमा यो रकम लाग्ने देखाइएको हो । डलर तलमाथि भइरहेकाले लागतमा केही घटबढ हुने कम्पनी स्रोतको भनाइ छ ।

चालु आर्थिक वर्षको बजेटमा मुक्तिनाथ केबुलकार बनाउन सहजीकरण गर्ने उल्लेख छ। सरकारले सहजीकरण गर्ने भएकाले केबुलकार परियोजना अघि बढाउन सजिलो हुनेछ। 

मुक्तिनाथले केबुलकारको डिपिआर तयार पारी २०७८  कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो। यो वर्ष पिडिए, वित्तीय व्यवस्थापन र निर्माण सम्झौताको काम सकेर आगामी वर्षदेखि केबुलकार संरचना निर्माण थाल्ने योजना मुक्तिनाथ दर्शनको छ। काम सुरु भएको ४३ महिनाभित्र निर्माण सकेर केबुलकार सञ्चालन गर्ने लक्ष्य कम्पनीको छ। 

करिब ४४ अर्ब ऋण लगानी हुने र बाँकी १० अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुटाउने काम हुनेछ। लगानी जुटाउन सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने योजना मुक्तिनाथको छ। 

केबुलकारमा टप टु बटम १९ वटा स्टेसन हुनेछन्। यीमध्ये आठ स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्ने छ। पाँच स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ। यद्यपि, एउटा टिकटको समयावधि सात दिनको हुनेछ र त्यति दिनभित्र यात्रु फर्किसक्नुपर्ने छ। 

कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबुलकारको लम्बाइ ८०.१५ किलोमिटर हुनेछ। केबुलकारमा ७ सय ७६ वटा गोन्डोला राख्न प्रस्ताव गरिएको छ। 

मुक्तिनाथ केबुलकार १ हजारदेखि ३ हजार ७ सय मिटर उचाइसम्म पुग्नेछ। प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना विकासकर्ताको छ।
यस्तै केबुलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुनेछ। दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२.७३ किलोमिटर, चौथो तातोपानी–लेते १६.४४ किलोमिटर रहनेछ। 

त्यसैगरी पाँचौं स्टेसन लेते–जोमसोम २३.९२ किलोमिटर, छैठौं जोमसोम–कागबेनी ८.२४ र सातौं स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ।  

वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको मुक्तिनाथ केबुलकारमा सोही क्षमताबराबरको गोन्डोला राखिने छ। केबुलकार संरचना बनेर सञ्चालनमा आएपछि १३ मेगावाट बिजुली खपत हुनेछ। 


 

मङ्गलबार ४ असोज २०७९ ०७:०४ AM मा प्रकाशित

प्रतिक्रिया