×

हुन्डाईले गर्‍याे ‘बी (भी) दि चेन्ज‘ अभियानमा भैरव मन्दिर सफाइ

images

काठमाडौं। हुन्डाई गाडीले ‘बी (भी) दि चेन्ज‘ अभियानको अवसर पारेर टेकुस्थित पचली भैरव मन्दिर परिसर सरसफाइ गरेको छ। बुधबार एक कार्यक्रमका बीच हुन्डाईले मन्दिर परिसर सफाई गरेको हो।

हुन्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल स्वरूप मन्दिर परिसर सफाइ गरिएको उल्लेख छ। यो अभियानमा बी (भी) को अर्थ आजको दिनमा कार्बन न्युट्रालिटीको पर्याय नै बनेको ‘ब्याट्री इलेक्ट्रिक भेहिकल’ हो भने ‘बी (भी) दि चेन्ज‘ ‘परिवर्तनको सुरुवात आफैंबाट’ भन्ने अवधारणालाई आत्मसाथ गर्दै ल्याइएको कम्पनीको भनाइ छ।

पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै नजिकै रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाइ गरिएको कम्पनीले जनाएको छ। हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागीता रहेको उक्त कार्यक्रममा स्कुल र मन्दिर परिसरमा रंग पनि लगाइएको कम्पनीको भनाइ छ। यही महिनाको सुरुवातमा रातोमाटे डाँडा, चुनिखेलमा वृक्षरोपण पनि गरिएको कम्पनीले बताएको छ।
 

बिहीबार ६ असोज २०७९ ०६:०९ PM मा प्रकाशित

प्रतिक्रिया