×

सिभिल मलको दसैं-तिहार उपहार योजनामा गौचनले जिते एन्टर्क स्कुटर 

images

काठमाडौं । दसैं तथा तिहारलाई लक्षित गरी सिभिल मलले ग्राहकलाई ल्याएको विशेष उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत सुनि के पुन गौचनले टिभिएस एन्टर्कको स्कुटर जितेका छन् । 

त्यस्तै, अफरमा सन्देश थापा मगरले जाम्न डटकमको तर्फबाट पोखराको राउन्ट ट्रिप, अमन नेगी, उकेन श्रेष्ठ र सुजिता श्रेष्ठले क्रमशः वासिङ मेसिन, फ्रिज र ४३ इन्चको टेलिभिजन सेटसहित अन्य विभिन्न पुरस्कारहरू जितेका छन् । 

यो उपहार योजना असोज ८ गतदेखि कात्तिक २६ गतेसम्म लागू गरिएको थियो । मलले सो अवधिमा १ हजार रूपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरी विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको थियाे।
 

बुधबार १४ मंसिर २०७९ ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया