इरानद्वारा रुसी पत्रकार रिहा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज २३, बिहीबार,०१:२७:PM  
इरानद्वारा रुसी पत्रकार रिहा

मस्को । इरानले पक्राउ परेकी रुसकी एक पत्रकारलाई मुक्त गरेको छ । इजरायली गुप्तचर निकायसँग सम्पर्क भएको आरोपमा ३८ बर्षीया युलिया युजिक गत हप्ता पक्राउ परेकी थिइन ।    
    
उनलाई प्रवेशआज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको इरानी सरकारका प्रवक्ताले बताएका छन् । तर रसियाली दूतावासले उनलाई इजरायली सुरक्षा सेवामा काम गरेको आरोप लगाएको छ ।    
    
रसियाली विदेश मन्त्रालय र तेहरानमा रहेको रूसी दूतावासको संयुक्त प्रयासमा इरानले रुसी पत्रकार युलियालाई रिहा गर्ने निर्णय गरेको दूतावासले ट्वीटरमार्फत जानकारी दिएको छ ।    

गिरफ्तारीको अवस्था स्पष्ट गर्न रुसले गत हप्ता इरानी राजदूतलाई बोलाएको थियो । युलियाले न्युजवीकको रुसी संस्करणसहित धेरै प्रकाशनका लागि काम गरिसकेकी थिइन् ।    

उनले २००४ मा स्कूलमा भएको नरसंहारबाट बचेका साक्षीहरूको गवाहीको आधारमा “बेस्लान शब्दकोश“ सहित दुई पुस्तकहरू लेखेकी छिन् । यस नरसंहारमा कम्तीमा ३३० व्यक्तिको ज्यान गएको थियो । जसमध्ये आधाभन्दा बढी बालबालिका थिए ।    रासस/एएफपी

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');