केन्द्रीय बैंकहरुले सञ्चिती बढाएपछि सुनको भाउ बढ्यो : महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यको विचार 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २८, साेमबार,०७:००:AM  
केन्द्रीय बैंकहरुले सञ्चिती बढाएपछि सुनको भाउ बढ्यो : महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यको विचार 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढ्दै गएकाले नेपालमा पनि यसको प्रभाव परेको छ । विश्व बजारमा पाँच महिना अगाडीदेखि सुनको भाउ उकालो लाग्न थालेको हो । यसमा पनि अमेरिका र चीनबीचको व्यापारीक टकराव बढ्दै गएकाले सुनको मुल्य बढ्दै गएको थियो । अहिले अमेरिका र इरानबीच द्वन्द्व चलिरहेकाले अन्तर्राष्ट्रिय  बजारमा सुनको मुल्य बढेर आएकाले नेपालमा पनि महंगो हुन गएको हो ।  

अहिले दुई देशबीचको द्वन्द्वले सुनको मात्र होइन अन्तर्राष्ट्रिय अर्थतन्त्र नै त्रसित भएको छ ।  आर्थिक क्षेत्र नै त्रसित भएको कारणले मानिसहरुले भएको आफ्नो सम्पति बचाउन खाजेका छन । विश्वका ठूला लगानीकर्ताले सुनलाई सुरक्षित देखेर यसमा लगानी बढाएको देखिन्छ । लगानी बढ्दै गएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको माग पनि बढेको छ । लगानी बढेसँगै  सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ ।

यसरी नै दुई देशबीचको द्वन्द्व बढ्दै गएमा विश्व बजारमा सुनको मुल्य बढेर प्रतिऔंस १६०० अमेरिकी डलर भन्दा माथि पुग्ने अनुमान गरिएको छ । विश्व बजारले २०२० लागेपछि  १६०० डलर माथि पुग्ने अनुमान गरेको थियो । अहिले अनुमान गरेअनुसार यो  अवस्था हेर्दा १६ सय डलर भन्दा माथि पुग्ने देखिएको छ । 

अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपालमा पनि सुनको मुल्य तोलाको ८० हजार रुपैयाँ भन्दा माथि जाने संकेत देखिएको छ । नेपालमा छ महिनादेखि मुल्य बढ्दै आएकाले मंसिरसम्मको मुल्यलाई आँकलन गर्दा ७५ हजारको रेसियोमा चल्नसक्ने आँकलन गरिएको थियो । तर, अहिले मुल्य तिव्रगतिमा उकालो लागेकाले नेपालमा ८० हजारमाथि पुगेर स्थिर हुने संकेत देखिएको छ ।

विश्व बजारले २०२० लागेपछि  १६०० डलर माथि पुग्ने अनुमान गरेको थियो । अहिले अनुमान गरेअनुसार यो  अवस्था हेर्दा १६ सय डलर भन्दा माथि पुग्ने देखिएको छ । 

७६ हजार ५०० रुपैयाँ पुगेको नेपालको  इतिहासमा अहिलेसम्म उच्च बिन्दुमा पुगेको पहिलो पटक हो । लगातार सुनको मुल्य बढ्दै गएकाले नेपाली बजारमा व्यवसाय नै धरासायी हुने दखिएको छ । नेपालमा सुनको मुल्य ७० हजार भन्दा माथि पुगेदेखि नै सुनको व्यापार एकदमै कम हुदै गएको छ  । २०७६ सालको सुरुमा सुनको मुल्य ६० हजार रुपैयाँको सेरोफेरोमा थियो ।

 आर्थिक वर्ष २०७६/०७७ लागेपछि गत भदौ ९ गते बढेर तोलाका ७३ हजार ५०० रुपैयाँ कायम भइ नयाँ रेकड राखेको थियो । त्यहादेखि तीन महिना नेपाली बजारमा सुनको व्यापार शुन्य नै भयो । त्यसपछि मंसिर लागेसँगै केही सुधार भएर सन्तोषजन रहेको थियो । तर,अहिले एक सातादेखि मुल्य उकालो लाग्दै गएकाले नेपाली बजारमा सुनको व्यापार १० प्रतिशत भन्दा माथि हुन सकेको छैन । माघ लाग्ने बेलामा सुनको माग बढ्ने गरेकोमा अहिले बजारमा ग्राहक सुन अर्डर गर्न आउने तर मुल्य सोधेरमात्र फर्कने गरेका छन ।

माघमा सुनको माग बढ्नु पर्ने भए पनि अहिलेसम्म केही सुरसार देखिएको छैन । सामान्य अन्य दिनमा दैनिक २५ देखि ३० किलो सुन खपत हुदै आएकोमा मुल्य बढेसँगै १० किलो भन्दा कम छ । बजारमा सुन खपत हुन छाडेकाले व्यापारीहरु अब सुन व्यवसायबाट पलायन हुनु पर्ने हो भन्दै चिन्ता व्यक्त गर्न लागेका छन । माघ लाग्ने बेलामा दुई चार दिन हेरौं भनेर बसेको अवस्थामा यो पटक सुनको व्यापार राम्रो होला भन्ने लागेको छैन ।  

सैदान्तिक रुपमा भन्दा सुन र डलरबीचमा  विपरित सम्बन्ध छ । अहिले पनि यो दुईबीचको सम्बन्ध यही नै हो । विश्व अर्थतन्त्रमा जबजब डलर आफै मजबुत हुदै जान्छ । तबतब सुनको मुल्य घटेकै छ । तर, हामीले भारुसँग पनि जोड्नु पर्ने हुन्छ । किनकी डलरको तुलनामा भारु कमजोर छ ।

माघमा सुनको माग बढ्नु पर्ने भए पनि अहिलेसम्म केही सुरसार देखिएको छैन । सामान्य अन्य दिनमा दैनिक २५ देखि ३० किलो सुन खपत हुदै आएकोमा मुल्य बढेसँगै १० किलो भन्दा कम छ । बजारमा सुन खपत हुन छाडेकाले व्यापारीहरु अब सुन व्यवसायबाट पलायन हुनु पर्ने हो भन्दै चिन्ता व्यक्त गर्न लागेका छन ।

नेपाल र भारतको सटही (दर) स्थिर रहेको छ । स्थिर भएकाले डलर मजबुत भएको छ । डलरको तुलना भारतीय रुपैयाँ कमजोर भयो भने नेपाली रुपैयाँ झनै कमजोर भएर जान्छ । त्यसैले नेपालमा सुन महँगो परेको हो ।  नेपालले डलर तिरेर किन्नु पर्ने सुन यसै पनि महँगो पर्छ । यस्तो हुदा नेपाललाई दोहोरो मार पर्छ । 

सुनको मुल्य बढ्दा डलरको मुल्य घट्नु पर्नेमा तर,  सँगैसँगै छ । भारुसंग एक्सचेन्ज रेट विचार गर्नुपर्ने हुन्छ । यस सम्बन्धमा अलिकति पछाडी फर्के हेर्दा सन २०११ सम्ममा अन्तर्राष्ट्रिय  बजारमा सुन प्रतिऔस १ हजार ९२४ डलर पुगेको थियो । त्यति बेला नेपालमा सुनको मुल्य ६३ हजार ३०० रुपैयाँ पुग्यो । किन भने डलर एक्सचेन्ज रेट ८४ रुपैयाँमात्र थियो । अहिले ११५ रुपैयाँ पुगेकाले नेपाललाई महँगो पर्न गयो । यस्तो हुनुमा भारु कमजोर भएकाले हो  ।

त्यसैले नेपालको बजार अनुगमन गर्दा डलरलाई एक साइट राखेर हेर्नु पर्छ भने आइसिलाई अर्को साइट राखेर हेर्नुपर्ने हुन्छ । नेपालमा अहिलेसम्म सुनचाँदीको मुल्य निर्धारण गर्ने बेलामा ७५ प्रतिशत अन्तर्राष्ट्रिय बजारका आधारमा र २५ प्रतिशत भारतीय बजारका आधारमा गरिन्छ । नेपालमा सुनचाँदी अन्तर्राष्ट्रिय बजारबाट नै आयात गर्ने भएकाले तथा हेरक गतिविधि भारतीय बजारको आधारमा हुन्छ । यसले गर्दा डलर बढेको बेला सुनको मुल्य घट्छ । कहिले काँही डलर घटेको बेलामा सुनको मुल्य पनि घट्ने गर्छ ।

अन्तर्राष्ट्रिय बजारका आधारमा हेर्दा सबै भन्दा बढी सुनको खपत गर्ने एसिया नै हो । तर अहिले युरोपियन देशमा पनि बढ्दै गएको छ । एसिया भित्रका देशमा हेर्दा भारत नै सबै भन्दा बढी सुनको खपत गर्ने मुलुक हो ।  भारतमा २०१० मानै १२०० टन सुनको माग थियो ।

अहिले २०२० आइसकेको छ । भारतमा ८०० टनसम्म खपत गर्ने पाउने नीति छ । अहिले घटाएर  ४०० टनमा झारेको छ । २०१० मा नै १२०० टन सुनको माग रहेको भारतमा अहिले सुनको माग घटेको छैन । उनीहरुले सही तथ्याङक दिएको छैन । तर पनि विश्व बजारमा अहिले पनि भारत सबै भन्दा बढी सुन खपत गर्ने मुलकमा पर्छ । 

अन्तर्राष्ट्रिय बजारका आधारमा हेर्दा सबै भन्दा बढी सुनको खपत गर्ने एसिया नै हो । तर अहिले युरोपियन देशमा पनि बढ्दै गएको छ । एसिया भित्रका देशमा हेर्दा भारत नै सबै भन्दा बढी सुनको खपत गर्ने मुलुक हो ।  भारतमा २०१० मानै १२०० टन सुनको माग थियो । 

२००४ सम्म चीन विश्व बजार आएको थिएन । चीन अहिले सुन खपत गर्नेमा दोस्रो स्थानमा रहेको छ ।  भने अन्य अमेरिका,रुस लगाएत धेरै देशहरु सुन धेरै खपत गर्ने देशको सुचीमा छन । २०७० सालसम्म विश्वमा सुनको माग ३५०० टन थियो । तर अहिले आएर विश्व बजारको २०१९ को तथ्याङकलाई हेर्दा ४५०० टन पुगेको छ । 

सुनको मुल्य बढ्नुमा विश्व बजारमा माग बढ्नुको साथै लगानीकर्ता सबैले सुनको सञ्चिती बढाउँदा मुल्य माथि पुगेको छ । पहिला पहिला सुनलाई अनुत्पादक भने गरिन्थ्यो तर अहिले यो सिद्धान्त लागु नभएर उत्पादनमुलक भन्नु पर्ने भएको छ ।  अहिले विश्वमा लगानीकर्ताले मात्र लगानी नगरेर केन्द्रीय बैकले पनि सुनमा थप लगानी बढाएर सञ्चिती वृद्धि गरेका छन ।

सरकारले पनि सुनलाई अनुत्पादनको क्षेत्र भएकाले आयात होइन निर्यातमा जोड गर्नुपर्र्छ भन्दै सुन आयातमा रोक लगाएको छ । तर, हामी सुन व्यवसायीले यो सिद्धान्त मिलेन सुन उत्पादनशील भइसकेको छ, भन्दै आएका छौ ।  यदि सुन उत्पादनमुलक नभए किन विश्वका केन्द्रीय बैक तथा विश्व बैकले किन लगानी गरे  ?

सन् २०१९मा ९५४ टन सुन रिजर्वमा गएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा मुल्य बढ्नुको पछाडी यी सबै कारण रहेका छन । विश्वका ठूला विकासित मुलुकले फलामलाई स्ट्याण्डर गर्नुपर्छ भनेका थिए । तर, अहिले सबैले पहेंलो धातु सुनमा नै र्फकेका छन ।  यो कारणले पहेंलो धातु सुनको मुल्य बढ्दै गएको छ । 

सरकारले पनि सुनलाई अनुत्पादनको क्षेत्र भएकाले आयात होइन निर्यातमा जोड गर्नुपर्र्छ भन्दै सुन आयातमा रोक लगाएको छ । तर, हामी सुन व्यवसायीले यो सिद्धान्त मिलेन सुन उत्पादनशील भइसकेको छ, भन्दै आएका छौ ।  यदि सुन उत्पादनमुलक नभए किन विश्वका केन्द्रीय बैक तथा विश्व बैकले किन लगानी गरे  ?  त्यसमा रिजर्व बैक, रसन बैक,भारतीय रिजर्व बैक तथा चाइनिज बैकले किन लगानी गरे त ?  

नेपालमा बार्षिक ७ हजार ५०० किलो सुन मात्र खपत हुने देखाएको छ । नेपाली बजारका बार्षिक १५ हजार किलो माग छ । अहिले नेपालमा खपत हुने सुन ७ टन रहेको छ । आज भन्दा २० वर्ष अगाडी २०५५ सालमा नै १५०० टनको माग रहेको थियो 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी विचार बाट थप

Top