काठमाडाैं। नेपाली समाजमा व्यवसायीप्रतिको नकारात्मक दृष्टिकोण देशको आर्थिक विकासमा ठूलो र गम्भीर बाधक बनेको छ। यो केवल सामाजिक वा मानसिक स्तरको मात्र नभएर हाम्रो राष्ट्रिय आर्थिक नीति, विकास रणनीति र समग्र भविष्यको दिशालाई प्रभावित पार्ने व्यापक संरचनागत समस्या हो।
जब कुनै समाजले पुँजी निर्माण गर्ने व्यक्ति, उत्पादक क्षेत्रका अगुवालाई शंकाको आँखाले हेर्छ र तिनका हरेक सकारात्मक कामलाई समेत भ्रष्टाचार, शोषण वा अनैतिकताको संज्ञा दिने प्रवृत्ति देखाउँछ। त्यसले देशको समग्र आर्थिक वातावरण र विकासको गतिलाई नै गम्भीर रूपमा बिगार्छ।
नेपालमा उद्यमी व्यवसायीप्रति रहेको नकारात्मक दृष्टिकोण कुनै आकस्मिक घटनाबाट प्रकट भएको होइन। शताब्दीयौंको सामाजिक, राजनीतिक र सांस्कृतिक प्रक्रियाको परिणाम हो। यसका जरा समाजको गहिरो संरचनामा रोपिएका छन्।
व्यापार र उद्योगलाई अस्थायी, जोखिमपूर्ण र कम प्रतिष्ठित काम ठानिन्थ्यो। यसले नेपाली समाजमा ‘नोकरी मानसिकता’ र जोखिमबाट बच्ने प्रवृत्ति समाजको मुख्य विशेषता बनेको छ।
केही राजनीतिक दल र बुद्धिजीवीले निजी सम्पत्ति र पुँजी सञ्चयलाई ‘शोषणकारी’ र ‘सामाजिक न्यायविपरीत’ भनेर प्रचार गरे। यसले नेपाली समाजमा व्यापारी र उद्यमी वर्गप्रति एक प्रकारको वैचारिक विद्वेष सिर्जना गर्यो। नेपाली समाजमा व्यापारी वर्गप्रति रहेको नकारात्मक दृष्टिकोण अनेकौं रूपमा प्रकट भएको छ। यो केवल व्यक्तिगत पूर्वाग्रहको मामला नभएर सामूहिक चेतनाको समस्या बनेको छ।
सबैभन्दा पहिले हाम्रो समाजमा कुनै व्यक्ति आर्थिक रूपमा सफल भएको देख्दा त्यसलाई उसको मिहिनेत, बुद्धि, लगनशीलता र इमानदारीको फल मान्ने सट्टा ‘पक्कै केही गैरकानुनी काम गरेको होला’, ‘भ्रष्टाचार गरेको हुनुपर्छ’ वा ‘कसैलाई ठगेको होला’ भन्ने शंका गर्ने प्रवृत्ति बढेको छ। यस प्रवृत्तिले धन सञ्चयलाई अनैतिक कामको नतिजा मान्ने र इमानदार व्यापारको सम्भावनालाई नै अस्वीकार गर्ने मानसिकता विकसित गरेको छ।
यसले युवामा उद्यमशीलताको प्रेरणा घटाउँछ र उनीहरूलाई सरकारी जागिर खोज्न वा विदेश जान प्रेरित गर्छ। फलस्वरूप देशभित्र नवाचार र उत्पादकत्वको विकास हुन सक्दैन। सफल व्यापारीको व्यक्तिगत जीवनशैली, उनीहरूको सम्पत्ति र खर्चबारे अनावश्यक हस्तक्षेप एवं आलोचना गर्ने प्रवृत्ति पनि बढेको छ। उनीहरूले राम्रो घर बनाए, राम्रो गाडी किने वा विलासी जीवनयापन गरे त्यसलाई ‘दिखावा’, ‘फजुल खर्च’ वा ‘सामाजिक असंवेदनशीलता’को संज्ञा दिइन्छ। यसले व्यापारीलाई आफ्नो सफलता लुकाउन बाध्य पार्छ।
नेपालमा उद्यमी व्यवसायीप्रति रहेको नकारात्मक दृष्टिकोण कुनै आकस्मिक घटनाबाट प्रकट भएको होइन। शताब्दीयौंको सामाजिक, राजनीतिक र सांस्कृतिक प्रक्रियाको परिणाम हो। यसका जरा समाजको गहिरो संरचनामा रोपिएका छन्।
हुनत नेपालको विभिन्न कालखण्डमा राजनीतिक र सामाजिक आन्दोलन भएका छन। ति सबै आन्दोलनमा सर्वसाधारण र संलग्न पक्षबाट धेरैले ज्यान गुमाउनु परेको र हामी सबै मर्माहित भएका छौ। भदौ २३ र २४ गते भएको आन्दोलनमा पनि धेरैको ज्यान, धेरै परिवारले आफ्ना सदस्य गुमाउनु पर्यो। उक्त क्षति कतैबाट पनि कसैले पनि परिपूर्ति गर्न सक्दैन र हामी सबै दुखित सगै लज्जित हुनु परेको छ। विश्वभरका सफल अर्थतन्त्रको अध्ययन गर्दा एउटा कुरा स्पष्ट हुन्छ–निजी क्षेत्रबिना आर्थिक विकास असम्भव छ। निजी क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा खेल्ने भूमिका बहुआयामिक र अत्यन्त महत्त्वपूर्ण छ।
रोजगारी सिर्जनाका मामलामा निजी क्षेत्रको योगदान अतुलनीय छ। नेपालको कुल रोजगारीको झन्डै ८० प्रतिशतभन्दा बढी निजी क्षेत्रबाट आउँछ। यसमा साना–ठूला उद्योग, व्यापार–व्यवसाय, सेवाक्षेत्र, कृषि उद्यम र डिजिटल अर्थतन्त्रसम्म समावेश छ। सरकारी क्षेत्रले जति रोजगार दिन सक्छ, त्यो सीमित छ, किनकि सरकारी बजेटको ठूलो हिस्सा प्रशासनिक खर्चमा जान्छ। तर, निजी क्षेत्रले ठूलो मात्रामा रोजगार सिर्जना गर्छ।
नवाचार र प्रविधि विकासमा निजी क्षेत्रको अग्रणी भूमिका छ। निजी क्षेत्रमा प्रतिस्पर्धाको दबाबले निरन्तर नवाचार र सुधारलाई बाध्यात्मक बनाउँछ। नेपालमा डिजिटल भुक्तानी, ई–कमर्स, अनलाइन सेवा आदिको विकास निजी क्षेत्रकै योगदान हो। कर राजस्वको हिसाबले पनि निजी क्षेत्र सरकारको मुख्य आधार हो। सरकारले विकास निर्माणको काम गर्न, शिक्षा–स्वास्थ्यमा लगानी गर्न र सार्वजनिक सेवा विस्तार गर्न जुन पैसा चाहिन्छ, त्यो मुख्यतया निजी क्षेत्रबाट आउने करबाटै हो। यदि निजी क्षेत्र कमजोर भयो भने सरकारी आम्दानी घट्छ र विकास निर्माण रोकिन्छ।
यसबाहेक निजी क्षेत्रले बचत सञ्चय र पुँजी निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। व्यापारीले आफ्नो नाफाको हिस्सा पुनः लगानी गर्छन्, जसले अर्थतन्त्रमा पुँजीको सञ्चय हुन्छ। यो पुँजी नयाँ उद्योग स्थापना, रोजगार विस्तार र प्रविधि विकासमा प्रयोग हुन्छ।
भियतनाम दरिलो उदाहरण
भियतनामको आर्थिक रुपान्तरणको कथा विश्व इतिहासका सबैभन्दा प्रेरणादायी उदाहरणमध्ये एक हो। यो मुलुकले १९८६ मा ‘डोइ मोइ’ (नवीकरण) नीति ल्याएर आफ्नो आर्थिक भाग्य पूर्ण रुपमा परिवर्तन गरेको छ।
डोइ मोइ नीति ल्याउनुअघि भियतनाम एक केन्द्रीकृत, समाजवादी अर्थतन्त्रको पछाडि लागेको थियो। लामो युद्धको कारणले देशको पूर्वाधार भत्किएको थियो, गरिबी चरम सीमामा पुगेको थियो र जनताको जीवनयापनको स्तर अत्यन्त निम्न थियो। तर, भियतनामी नेताहरू राज्य नियन्त्रणमा रहेको अर्थतन्त्रले विकास गर्न सक्दैन भन्ने निक्र्योलमा पुगे। उनीहरूले निजी क्षेत्रको शक्तिलाई बुझेर त्यसलाई उत्प्रेरणा दिने निर्णय गरे।
सरकारले मूल्य निर्धारण, उत्पादन मात्रा र वितरण प्रणालीमा हस्तक्षेप कम ग¥यो। यसले व्यापारीलाई बजारमागअनुसार निर्णय लिने स्वतन्त्रता दियो। १९९० देखि २०२० सम्मको ३० वर्षे अवधिमा भियतनामको औषत जीडीपी वृद्धिदर ६÷७ प्रतिशत रह्यो। यो वृद्धिदर एसियाका सबैभन्दा सफल अर्थतन्त्रमध्ये एक हुन पुग्यो। गरिबी दरमा नाटकीय सुधार आयो। १९९० मा ५० प्रतिशत मानिस गरिबीको रेखामुनि थिए तर, २०२० सम्म यो घटेर ५ प्रतिशत मात्र पुगेको थियो।
कपडा, जुत्ता उद्योग, इलेक्ट्रोनिक्स र मोबाइल फोन निर्माणमा भियतनाम विश्वको मुख्य केन्द्रमध्ये एक बन्यो। २००० मा भियतनामको कुल निर्यात २० अर्ब डलर थियो, जुन २०२० सम्म ३०० अर्ब डलर पुगेको थियो।
कम्बोडियाबाट किन नसिक्ने?
कम्बोडियाको विकास यात्रा नेपालका लागि प्रेरणादायी किन छ भने यो मुलुक नेपालभन्दा कम प्राकृतिक स्रोत–साधन भएको र लामो समयसम्म युद्ध र अस्थिरताबाट गुज्रिएको थियो। तर, १९९० पछि अपनाएका सुधार नीतिका कारण कम्बोडियाले उल्लेखनीय प्रगति गरेको छ।
कम्बोडियाको सफलताको मुख्य आधार निजी क्षेत्रको समर्थन र सहयोग नै हो। सरकारले व्यापार दर्ता प्रक्रियालाई सरल बनायो, नोकशाहीको हस्तक्षेप कम गर्यो र व्यापारीलाई स्वतन्त्र वातावरण प्रदान ग¥यो। विशेषगरी कपडा उद्योगमा विदेशी लगानी आकर्षित गर्न सफल भयो। युरोप र अमेरिकाका ब्रान्डले कम्बोडियामा कपडा उत्पादन गर्न थाले, जसले हजारौं रोजगार सिर्जना गर्यो।
यी प्रयासको परिणाम उत्साहजनक रह्यो। सन् २००० देखि कोभिड महामारी सुरु हुनुअघिसम्म कम्बोडियाको औषत अर्थतन्त्र वृद्धिदर ७ प्रतिशत थियो। मुख्यतः कपडा र चामलमा आधारित निर्यातले देशको विदेशी मुद्रा आम्दानीमा ठूलो योगदान पु¥यायो। जनताको औषत आयु बढ्यो, शिक्षा दरमा सुधार आयो र समग्र जीवनस्तरमा उल्लेखनीय प्रगति भयो।
नेपालमा व्यवसायी विरोधी मानसिकता
नेपालमा व्यापारीप्रति रहेको नकारात्मक दृष्टिकोणले देशको आर्थिक विकासमा अनेकौं हानिकारक प्रभाव पारेको छ। यी प्रभाव केवल आर्थिक क्षेत्रमा मात्र सीमित नभएर सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रसम्म फैलिएका छन्।
लगानी वातावरणमा आएको समस्या सबैभन्दा प्रत्यक्ष र गम्भीर परिणाम हो। आन्तरिक लगानीको मामलामा नेपाली पुँजीपति आफ्नै देशमा लगानी गर्न हिच्किचाउँछन् र विदेशमा लगानी गर्ने प्रवृत्ति बढेको छ। नेपालमा व्यापार गरे सामाजिक सम्मान घट्छ र निरन्तर आलोचना एवं शंकाको सामना गर्नुपर्छ। यसैले धेरै सक्षम नेपाली व्यापारीले दुबई, भारत, बंगलादेश, श्रीलंका वा अन्य मुलुकमा लगानी गर्छन्, जहाँ तिनलाई सम्मान मिल्छ र व्यापारिक वातावरण सहज छ।
इन्जिनियरिङ, मेडिसिन वा व्यवस्थापन पढेका युवाले आफ्नो ज्ञान र सीप उपयोग गरेर व्यापार सुरु गर्नुको सट्टा सरकारी जागिर खोज्छन् वा विदेश जाने सपना देख्छन्।
नयाँ व्यापार सुरु गर्न डर र हिच्किचाहट देखिने गरेको छ। युवाले व्यापारमा जान्छु भने परिवार र समाजले के भन्ला भनेर सोच्छन्। विशेषगरी शिक्षित वर्गमा यो समस्या अझ गम्भीर छ। इन्जिनियरिङ, मेडिसिन वा व्यवस्थापन पढेका युवाले आफ्नो ज्ञान र सीप उपयोग गरेर व्यापार सुरु गर्नुको सट्टा सरकारी जागिर खोज्छन् वा विदेश जाने सपना देख्छन्।
विदेशी लगानीको मामलामा पनि यो नकारात्मक छविले गम्भीर समस्या खडा गरेको छ। विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्नुअघि स्थानीय समाजको मनोवृत्ति अध्ययन गर्छन्। नेपालमा व्यापारी वर्गलाई शंकाको आँखाले हेरिन्छ र तिनका काम–कारबाहीमा निरन्तर हस्तक्षेप अनि आलोचना हुन्छ भन्ने थाहा पाउँछन्, तब उनीहरू लगानी गर्न निरुत्साहित हुन्छन्।
मानव पुँजी पलायन अर्काे गम्भीर समस्या हो। प्रतिभा पलायनको मुख्य कारणमध्ये एक हो– उद्यमशील वातावरण अभाव। आजको डिजिटल युगमा जुन युवाले नेपालमा बसेर स्टार्टअप सुरु गरेर करोडौंको व्यापार गर्न सक्थे, उनीहरू अमेरिका, अस्ट्रेलिया वा युरोप गएर त्यहाँका अर्थतन्त्रमा योगदान दिइरहेका छन्।
व्यावहारिक समस्याका समाधान
यो समस्या समाधान एकै दिनमा हुन सक्दैन। तर, दीर्घकालीन र व्यवस्थित प्रयासबाट यसलाई सम्बोधन गर्न सकिन्छ। समाधानका दिशा बहुआयामिक हुनुपर्छ र त्यसमा शिक्षा, नीति, सञ्चार एवं सामुदायिक सहयोग सबै समावेश हुनुपर्छ।
शिक्षा र चेतना विकासका क्षेत्रमा आर्थिक साक्षरता विस्तार अत्यन्त आवश्यक छ। हाम्रो औपचारिक शिक्षा प्रणालीमा आर्थिक शिक्षाको व्यवस्था गर्नुपर्छ। बजार अर्थतन्त्र कसरी काम गर्छ? निजी क्षेत्रले आर्थिक विकासमा कस्तो भूमिका खेल्छ र व्यापारले कसरी समाजको कल्याण गर्छ भन्ने कुरा विद्यार्थीले सिके भने तिनको सोचमा परिवर्तन आउँछ।
नीतिगत सुधारका क्षेत्रमा व्यापारमैत्री वातावरण सिर्जना गर्नु प्राथमिकता हुनुपर्छ। व्यवसाय दर्ता प्रक्रियालाई सरल र छिटो बनाउनुपर्छ। अनलाइन सेवा विस्तार गरेर व्यवसायीलाई सहज बनाउनुपर्छ। कर नीतिमा सुधार ल्याएर इमानदार करदातालाई प्रोत्साहन दिनुपर्छ। कर छली गर्नेलाई कारबाही गर्दै कर तिर्नेलाई सम्मान दिनुपर्छ। कर प्रशासनमा भ्रष्टाचार नियन्त्रण गरेर व्यवसायीको भरोसा बढाउनुपर्छ। अनावश्यक इजाजत र अनुमतिको संख्या कम गर्नुपर्छ। सरकारी निकायले सेवाग्राहीका रूपमा व्यवसायीलाई हेर्ने मानसिकता विकसित गर्नुपर्छ।
नैतिक व्यापारिक अभ्यासलाई प्राथमिकता दिएर व्यवसायीको छवि सुधार गर्न सकिन्छ। भ्रष्टाचार, कर छली र अनैतिक प्रतिस्पर्धाविरुद्ध उभिएर इमानदार व्यवसायीको नेतृत्व गर्नुपर्छ। युवा उद्यमीका लागि मेन्टरिङ कार्यक्रम सञ्चालन गरेर अनुभव र ज्ञान साझेदारी गर्नुपर्छ। सफल व्यवसायीले आफ्ना सफलताका कथा साझेदारी गरेर युवालाई प्रेरणा दिनुपर्छ।
निष्कर्ष र भविष्यको दिशा
नेपालको आर्थिक भविष्य निजी क्षेत्रको सफलतासँग प्रत्यक्ष जोडिएको छ। जबसम्म हाम्रो समाजले व्यवसायीलाई शंकाको आँखाले हेरिरहन्छ र उनीहरूका सकारात्मक योगदानलाई बेवास्ता गरिरहन्छ, तबसम्म आर्थिक विकास अवरुद्ध रहनेछ।
भियतनाम र कम्बोडियाका सफलताका कथाले स्पष्ट रूपमा निजी क्षेत्रलाई उचित सम्मान, समर्थन र वातावरण दिए छिटो आर्थिक रुपान्तरण सम्भव छ भन्ने देखाएको छ। यी मुलुकले आफ्ना उद्योगीलाई राष्ट्रिय विकास साझेदारको रूपमा हेरे र त्यसको फलस्वरूप गरिबीबाट समृद्धितर्फको यात्रा तय गरे।
नेपाली समाजले पनि यो सत्यलाई स्वीकार गर्नुपर्छ। धन सिर्जना गर्ने, रोजगार दिने र नवाचार गर्ने व्यवसायीलाई समाजको मुख्य स्तम्भको रूपमा हेर्नुपर्छ। यो परिवर्तन केवल नीतिगत स्तरमा मात्र नभएर सामाजिक चेतनाको स्तरमा हुनुपर्छ।
यो परिवर्तनको यात्रा सजिलो छैन र त्यसका लागि सबैको सामूहिक प्रयास चाहिन्छ। सरकारले नीतिगत सुधार गर्नुपर्छ, शिक्षा क्षेत्रले आर्थिक साक्षरताको विस्तार गर्नुपर्छ, मिडियाले सन्तुलित र जिम्मेवार भूमिका खेल्नुपर्छ र व्यवसायी आफैंले पनि नैतिक र सामाजिक उत्तरदायित्वपूर्ण व्यवहार गर्नुपर्छ।
जब यी सबै तत्त्व मिलेर काम गर्छन्, तब मात्र नेपाल समृद्धिको बाटोमा हिँड्न सक्नेछ। व्यवसायीप्रति सकारात्मक दृष्टिकोण विकसित गर्नु भनेको केवल एक वर्गको फाइदा गर्नु मात्र होइन, देशकै कल्याण गर्नु हो।