सेयर बजार १७ अंक बढ्यो, लगानीकर्ता झुम्मिदा शिवम सिमेन्टको सबैभन्दा बढी कारोबार 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ २८, मङ्गलबार,०३:०८:PM  
सेयर बजार १७ अंक बढ्यो, लगानीकर्ता झुम्मिदा शिवम सिमेन्टको सबैभन्दा बढी कारोबार 

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार १७ अंक बढेको छ । बजार बढेर नेप्से परिसूचक १ हजार ३४१ अंकमा पुगेको छ ।

बजार बढेपछि १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ बराबरको ३९ लाख ९६ हजार ८७७ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको सेयर कारोबार भएको छ । 

शिवमको प्रतिकित्ता ५६० रुपैयाँमा १५ करोड २ लाख रुपैयाँको सेयर किनबेच भएको छ । एनआईसी एसिया बैंकको ५०२ रुपैयाँमा ११ करोड ३० लाख र सिभिल बैंकको १५५ रुपैयाँमा ८ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

मंगलबार ट्रेडिङ बाहेक अन्य सबै परिसुचक हरिया भएका छन । नेपाल सेवा लघुवित्त, कालिका पावर कम्पनी र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले कमाएका छन । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top