साताको अन्तिम दिन १३ दशमलव ५० अंक बढ्यो नेप्से 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ६, बिहीबार,०४:१९:PM  
साताको अन्तिम दिन १३ दशमलव ५० अंक बढ्यो नेप्से 

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से १३ दशमलव ५० अंकले बृद्धि भएको छ । कारोना भाइरसले आर्थिक क्षेत्रमा केहि कठिनाई देखिरहेको बेला नेप्सेले पनि लगानीकर्तालाई केहि राहात दिएको छ । दिनभर उतार चढावमा रहेको सेयर बजार २ बजेर ५ मिटेनमा १२ सय ७८ अंकसम्म पुगेको थियो ।  

त्यसपछि केहि समय सामान्य देखिएको नेप्से अन्तिम समयमा १२ सय ६९ दशमलव ३० अंकमा पुगेर रोकिएको छ । आज १ अर्व ९० करोडको सेयर कारोबार भएको छ । 

बिहिबार सबैभन्दा बढी हिमालयन डिस्टिलरीको कारोबार भएको छ । जनउत्थान सामुदायिक लघुबित्त र राधी हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सकिर्ट नजिक पुगेको छ । त्यस्तै नेपाल क्रेडिट एण्ड कमर्श बैंक र कर्णालाी डेभलप्मेन्ट बैंकका लगानीकर्ताले पनि बढी नाफा कमाउनेको समुहमा समाबेश भएका छन् । 

तर,  सेन्ट्रल फाइनान्सको सयर मूल्य भने नकारात्मक सर्किट नजिक पुगेको छ ।  

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top