अटोमोबाइल कम्पनीका सोरुम तथा वर्कसप पनि बन्द 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,०५:५६:PM  
अटोमोबाइल कम्पनीका सोरुम तथा वर्कसप पनि बन्द 

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइसरको नेपालमा जोखिम न्युनिकरण तथा संन्त्रासको कारण अटो कम्पनीहरुले सोरुम बन्द गर्र्नेे गृहकार्य सुरु गरेका छन् । सरकारले   लामो दूरीका सार्वजनिक सवारी तथा अन्य महत्वपूर्ण निर्णय गरेसँगै अटो ब्यवसायीहरु आफ्नो कम्पनीको स्वरुम बन्द गर्ने तयारी थालेका हुन । नेपालमा लोकप्रिय गाडीहरु हुन्डाइ, किया, फोर्ड, टाटा, लगाएतका विभिन्न कम्पनीले सोरुम बन्द गर्ने नगर्ने छलफल जारी राखेका छन् । 

नाडा अटो मोबाइल एसोसियसन नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारले अत्यावश्यक बन्द नगर्नु भनेको अवस्थामा कर्मचारीहरुलाई आधा विदा दिएर सेल्फ क्वारेन्टाइनसहित घरबाटै काम गर्न अनुरोध गरेको बताए । ‘हामीले शनिबार एक सूचना जारी गर्दै घरमा बसेर पनि आवश्यक सेवा पुर्याउन सक्ने भएकाले आफू पनि घरैमा बसी सतर्कताका साथ आ–आफ्नो जिम्मेवारी समेत निर्वाह गर्न भनेका छौं’ उनले भने ।   

किया मोटर्सका प्रमुख कार्यकारी अधिकृत ( सीईओ)पुरुषोतम पौडेल छलफल गरेर सोरुमहरु बन्द गर्ने पक्षमै रहेको बताए । उनले अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गदै घरमै बसेर ३५ प्रतिशत कर्मचारीलाई मात्र राखेर अगाडी बढ्ने छौं । ‘सेवामा केन्द्रित व्यवसाय रहेकाले पूर्ण रुपमा बन्द गर्ने भन्ने त हुँदैन तर काम चल्ने गरी प्रक्रिया अगाडी बढाएका छौं’ उनले भने । 

लक्ष्मी कन्टिनेन्टल हुन्डाइका निर्देशक निराकार श्रेष्ठले सोरुम तथा सेवा बन्द गर्ने बिषय छलफलकै क्रममा रहेकाले बेलुकासम्म केहि निर्णय हुने बताए । सम्भवत काम चल्ने गरी आंशिक सेवामात्र सञ्चालन हुने उनको भनाई छ । नाडाका निवर्तमान अध्यक्ष शम्भुप्रसाद दहालले सिप्रदी सेवामुलक व्यवसाय रहेकोले सेवा अवरुद्ध गरेर सोरुम बन्द नहुने बताए । ‘उद्योग बाणिज्य महासंघको सर्कुलरले व्यवसाय बन्द गर्न नहुने भनेको छ, त्यसकारण तत्काललाई बन्द गर्ने पक्षमा छैनौं’ उनले भने । 

त्यसैगरी नेपाल अटो मेकानिक्स व्यवसायी संघले पनि चैत १० गते देखि ७ दिनका लागि आफ्नो वर्कसपलाई पूर्ण रुपमा बन्द गर्न आग्रह गरेको छ । यद्यपी एम्बुलेन्स, अस्पताल र सुरक्षा निकायका सवारी साधन जस्ता अत्यावश्यक सवारी साधनहरु मर्मत गर्नुपरेमा पनि मास्क, पन्जा प्रयोग गर्ने र सावुन पानीले हात धुने जस्ता सुरक्षित तरिका अपनाएर सावधानी अपनाउन पनि आग्रह गरेको छ । यो सँगै अटो व्यवसायी गाडीको स्वरुम बन्द गर्ने पक्षमै देखिएका छन् । सरकारको निर्देशन अनुसार आंशिक सेवा दिने गरि गाडी व्यवसायी स्वरुम बन्द गर्ने पक्षमा छन् ।  

त्यसैगरी दुईपाङ्ग्रे सवारीसाधनको स्वरुपपनि बन्दै गर्ने संकेत देखाएका छन् । एक कम्पनीका अधिकारी अनुसार दुई पाङ्ग्रे व्यवसायीहरुको स्वरुम बन्द गर्ने नगर्ने बिषयमा भोलि बैठक छलफल हुने बताए । उनका अनुसार सेवा तथा मर्मतसम्भारलाई प्राथामिकतामा राखिने र स्वरुम भने बन्दै गर्ने एजेण्डा तयार पारिएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top