काठमाडौं । ज्योति विकास बैंकले केही दिनअघि आफ्ना ऋणी ओम शक्तिलाई बारम्बार फोन गरेर ब्याज र किस्ता तिर्न दबाब दियो । बैंककको दवाव आएपछि सञ्चालकले सकि नसकी रकम जोहो गरेर २ महिनाको ७८ हजार रुपैयाँ किस्ता तिरे ।
मितेरी विकास बैंकका प्रतिनिधि ऋणी सन्तोष के चौधरीको घरमै आएर रकम लिएर गए । त्यसैगरी, शान्ताराम चौधरीलाई पनि बैंकले दैनिक रुपमा फोन गरेर बैंकलाई बुझाउनुपर्ने किस्ता र ब्याज तत्काल भर्न ताकेता गरिरहेको छ ।
ऋण तिर्न बैंकको ताकेता, ऋणीलाई आउन थाल्यो फोन
त्यसैगरी मेगा बैंकले पनि आफ्ना अधिकांश साना ऋणीलाई फोन गरेर ऋणको ब्याज तिर्न दबाब दिइरहेको छ । माथिका केही उदाहरणबाट प्रस्ट हुन्छ, बैंकले साना तथा मझौला ऋणीलाई ब्याज र किस्ता तिर्न दबाब दिइरहेका छन् ।
यी मात्र हैनन अधिकाँश बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुलीका लागि ताकेता गरिरहेका गुनासो आउन थालेका छन । कतिपय ऋणी डरका कारण खुल्न सकेका छैनन ।
बैंकर्स संघले भन्यो:सबै किसिमका कर्जाको किस्ता तिर्ने समय असारसम्म
नेपाल राष्ट्र बैैंकको निर्देशन विपरीत वाणिज्य बैंक तथा विकास बैंकले आफ्ना ऋणीलाई तत्काल ब्याज र किस्ता तिर्न दबाब दिइरहेका छन् ।
राष्ट्र बैंकले किस्ता तिर्नका लागि आउँदो असारसम्म समय दिएको छ । असार भन्दा यता बैंक तथा वित्तीय संस्थाले ऋणीलाई दवाव दिन पाउँदैनन । यस्तै किस्ता नबुझाएको भनेर बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई जरिवाना पनि लगाउन पाउँदैनन ।
किस्ता तिर्ने समय असार मसान्तसम्म पुर्याइयो, चैत मसान्तमा तिरे १० प्रतिशत छुट पाइने
पछिल्ला समयमा ठुला भन्दा पनि पंहुच नभएका साना ऋणीमाथि बैंकहरु निर्मम रुपमा प्रस्तुत भएको गुनासोहरु आउन थालेका छन् । तपाईहरुले बैंकलाई बुझाउनुपर्ने किस्ता र ब्याज तत्काल बुझाउनु भएन भने धितो लिलाम गर्नेसम्म धम्की दिने गरेको उनीहरुको गुनासो छ ।
‘बन्दाबन्दी (लकडाउन) ले गर्दा एकातिर प्रहरीले बाहिर जान दिँदैन्, अर्कोतिर बैंकले ऋणको ब्याज नतिरे धितो लिलाम गर्छु भनेर थर्काउँछ,’ ऋणी चौधरीले भने, ‘यस्तो अवस्थामा हामीले कसरी बैंकसम्म गएर ब्याज तिर्नु ?’
बैंकहरुले अहिले ठूला ऋणी भन्दा पनि सानालाई फोन गरेर दबाब दिइरहेका छन् । उनीहरुको माथिल्लो निकायसम्म पहुँच नहुने तर, ठूला ऋणीको माथिल्लो निकायसम्म पहुँच हुने र उनीहरुले केन्द्रीय बैंकबाट पनि दबाब गराउन सक्ने कुरालाई ख्याल गर्दै साना ऋणीमाथि बैंकहरुले ताकेता बढाएका हुन ।
‘लकडाउनले गर्दा कम्पनी बन्द छन्, व्यापार व्यवसाय ठप्प छ । तर, बैंकहरु किस्ता र ब्याज तिर्न निरन्तर दबाब दिइरहेका छन्,’ सामान्य व्यवसाय गरेर बसेका हरि घिमिरे भन्छन्, ‘यस्तो बेलामा बैंकले फोन गरेर तत्काल ब्याज भर्न निर्देशन दिन्छ ।’