थप १ लाख कर्मचारी भर्ती गर्दै एमाजन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३०, मङ्गलबार,०५:५५:AM  
थप १ लाख कर्मचारी भर्ती गर्दै एमाजन

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय अनलाइन खुद्रा कम्पनी एमाजनले थप १ लाख कर्मचारी भर्ती गर्ने भएको छ । अनलाइन अर्डरमा भइरहेको वृद्धिसँगै कम्पनीले यस्तो निर्णय गरेको हो । 

नियुक्त गरिने यी कर्मचारीहरु पार्ट–टाइम र फूल टाइम दुवैका लागि हुने बताइएको छ । यिनीहरुले प्याकिङ ढुवानी र अर्डर सल्टाउने लगायत काममा मद्दत गर्नेछन् । 

कम्पनीले हरेक वर्ष लामो सार्वजनिक बिदाका बेलामा अतिरिक्त कर्मचारी भर्ती गर्ने गरेको छ । तर यो यस्तो खालको नियुक्ति नभएको बताइएको छ । कर्पोरेट र प्रविधिसँग सम्बन्धित ३३ हजार कर्मचारी चाहिएको गत हप्तामात्रै कम्पनीले बताएको थियो । 

कम्पनीले यस पटक बताएअनुसार यसै महीना खोलिएका सय ओटा नयाँ गोदामघर, प्याकेज सर्टिङ सेन्टर र अन्य एकाईका लागि सो संख्यामा कर्मचारी चाहिएको हो । 

डेट्रोइट, न्यूयोर्क, केन्टुकीलगायत नयाँ कर्मचारी भेट्न मुश्किल भएका शहरमा कम्पनीले नयाँ भर्ती भएकाहरुलाई १ हजार डलर साइन इन बोनस दिनेछ । एमाजनमा शुरुआती तलब प्रतिघन्टा १५ डलर रहेको छ । एएफपी

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top