टीभीएसको दसैं आशा स्किमअन्तर्गत विजेता छनोट 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज ३०, शुक्रबार,०४:२१:PM  
टीभीएसको दसैं आशा स्किमअन्तर्गत विजेता छनोट 

काठमाडौं ।  टीभीएस दसैंको आशा योजनाअन्तर्गत गोलाप्रथाबाट  विजेता बन्न सफल भई टीभीएस अपाचे आरआर ३१० गणेश प्रसाद गौतमले जितेका छन् । यस योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । 
टीभीएस दसैंको आशा योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९००० र स्कुटरको खसरदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ । 
बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महँगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि www.tvsnepal.com/Dashain मा गएर फारम भर्नु पर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अटो बाट थप

Top