नाइजेरियाकी पूर्वअर्थमन्त्री ओकोन्जो डब्ल्यूटीओको महानिर्देशक 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ४, मङ्गलबार,०८:४४:PM  
नाइजेरियाकी पूर्वअर्थमन्त्री ओकोन्जो डब्ल्यूटीओको महानिर्देशक 

जेनेभा, एएफपी । नाइजेरियाकी पूर्वअर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को प्रमुखमा नियुक्त हुनु भएका छन ।डब्ल्यूटीओको इतिहासमै पहिलो प्रमुख हुन सफल हुनुभएकी ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनहरुमा निकै संकटबाट गुज्रिनु परेको डब्ल्यूटीओलाई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटबाट मुलुकहरुलाई राहत प्रदान गर्न डब्ल्यूटीओको काँधमा ठूलो जिम्मेवारी छ । व्यापार क्षेत्रको यस शक्तिशाली संस्थाको महानिर्देशक पदमा नियुक्त भएसँगै उनले सुदृढ डब्ल्यूटीओ धेरै मुलुकको चाहना रहेको बताए । 

नवनियुक्त ६६ वर्षीया अर्थशास्त्री ओकोन्जोले यसअघि विश्व बैंकमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । उनलाई डब्ल्यूटीओको महानिर्देशकमा नियुक्त गर्न सदस्य राष्ट्रहरुले भर्चुअल विधिबाट मतदान गरेका थिए । 

लगभग निस्कृय र पक्षघातकै अवस्थामा पुगेको डब्लुटिओलाई पुनर्जीवित तुल्याउनु पनि ओकोन्जोको काँधमा ठूलो जिम्मेवारी आएको छ । महानिर्देशक पदमा विजयी भएसँगै उनले भने, “कोभिड–१९ को महामारीका कारण सिर्जित आर्थिक क्षतिलाई पूर्ण र तिब्र गतिमा पुनर्जीवित तुल्याउने हो भने सुदृढ डब्लुटिओ निकै महत्वपूर्ण छ ।”

उनले डब्लुटिओका सामुन्ने धेरै चुनौतीहरु रहेका छन् भन्दै मिलेर कार्य गरिए डब्लुटिओलाई अझ बलियो, बढी जीवन्त र आजका यथार्थसँग अझ अनुकूलित बनाउन सकिन्छ भने । ओकोन्जोले आगामी मार्च १ देखि कार्यभार सम्हाल्ने भएका छन । उनको कार्यकाल सन् २०२५ को अगष्ट ३१ सम्म हुनेछ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top