– गट्ठाघरकी कल्पना भुजेलको मोबाइल लकडाउनका दौरानमा जेठ पहिलो साता भुँइमा खसेर फुटेपछि उनलाई अर्को समस्या आइलाग्यो । एकातिर बच्चाको अनलाइन कक्षा, अर्कोतिर लकडाउनका कारण सबै पसल बन्द । उनलाई आपतै पर्यो । जसरी पनि मोबाइल किन्नै पर्ने बाध्यतामा रहेकी भुजेललाई एकजना साथीले भने, ‘चिनेको मोबाइल रिपेरिङ पसल छ, उसकोमा मोबाइल पुर्याउन पाए यो मोबाइल बन्ने वा नबन्ने हेर्छ र नबनेमा कसैगरी पनि एउटा मोबाइलको त व्यवस्था गर्छ होला ।’
त्यसपछि भुजेलले चिनेजानेको तरकारी बोक्ने गाडीलाई भनेर मोबाइल त्यो पसलसम्म पुर्याए पनि मोबाइल भने नबन्ने देखियो र त्यही रिपेरिङ पसलबाट काम चल्ने खालको एउटा मोबाइल किनिन् । यसबाट तत्कालको गर्जो टारिन । विद्यालय तथा कलेजहरू नखुलेको अवस्थामा कतिपय निजी तथा सरकारी शिक्षालयहरूले अनलाइन कक्षा लिन थालेपछि मोबाइल तथा ल्यापटपको व्यापार लकडाउन अवधिमा निकैनै उरालियो । अवस्था कस्तोसम्म थियो भने लकडाउन अवधि सकिँदा नसकिँदैन मोबाइल र ल्यापटपको बजारमा हाहाकार भएको थियो ।
– अप्रिल ८, २०२० मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) वैकुण्ठ अर्यालले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइन व्यापार सुरु गरेको र तत्काल होम डेलिभरि गर्न थालिएको जानकारी दिए । सरकारी कम्पनीले नै कोभिड समयमा अनलाइन कारोबार सुरु गर्ने निर्णय गरेर व्यावसायिक रूपान्तरणको पहल गर्नु आफैंमा सुखद पक्ष हो ।
– मुलुक लकडाउन भएपछि भक्तपुर सूर्यविनायककी शान्ति मुनकर्मी सधैं डोकोमा रायोसाग, हरियो लसुन, चम्सुर र पालुङजस्ता हरिया सागसब्जी लिएर घरघरै पुग्न थालिन । लकडाउनअघि गाडी आएर सिधै कालीमाटी पुग्ने गरेको तरकारी बिक्री गर्न लकडाउन हुने बित्तिकै सुरुका केही समय निकै कठिन भयो उनलाई । त्यसपछि पनि नियमित तरकारी लिन आउने गाडी नआए पनि मुनकर्मीले दैनिकजसो बिहान र बेलुका घरघरै साग पुर्याउन थालिन ।
खेतमा साग बिग्रनुभन्दा आफैंले घरघरै पुगेर बिक्री गर्दा खेर पनि नजाने, दुईचार रुपैयाँ पनि आउने र घरव्यवहार चल्ने भएपछि नियमित रूपमा घरघरमा पुग्न थालिन मुनकर्मी । घरघरमा तरकारी बेच्दा ताजा तरकारी खान पाएको भन्दै मानिसहरू खुसी हुने गरेको अनुभव मुनकर्मी सुनाउँछिन् । अहिले त उनलाई पनि रस बसिसकेको छ र धेरै तरकारी नभएर गाडी आएन भने बोकेर घरघर पुगिहाल्छिन् ।
यी घटना विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)पछि जनजीवनमा आएका केही परिवर्तनका उदाहरण मात्रै हुन् । कोभिड–१९ ले जनजीवन आक्रान्त बनेका बेला सामान्य र सोच्दै नसोचेका क्षेत्रले अर्थतन्त्र चलायमान बनाउने भूमिका मात्र खेलेनन् सामान्य जीविका चलाउने वर्गलाई भोकै बस्नुपर्ने अवस्थाबाट पनि पार लगाए यिनीहरूले ।
अर्थात् कोरोनाका कारण लामो समय भएको बन्दाबन्दी (लकडाउन) र त्यसपछि जारी निषेधाज्ञा तथा कोरोना कहरकै चिन्ता नगरी जनजीवनलाई चलायमान बनाउन भूमिका खेले स्थानीय स–साना पसलहरूले । जतिबेला उद्योग, कलकारखाना, यातायात, ठूला सपिङ मल, होटल, रेष्टुराँ ठप्प, सिनेमा हल, कलेजरविद्यालय, सरकारी कार्यालय सबै बन्द थिए । अर्थतन्त्र नै ठप्पजस्तै देखिए पनि त्यसलाई भित्रबाट साना आकारको व्यवसायले चलायनमान बनाइरहेको थियो ।
अझै कोभिडको प्रभाव र असर घटेको छैन । ठूला व्यवसाय र उद्योगहरू, होटलहरू, सिनेमा हलहरू पूर्णत खुलिसकेको छैन । तर, व्यवसाय र अर्थतन्त्रलाई तङ्ग्राउन खुद्रा, साना र मझौला व्यवसायले योगदान दिइरहेका छन् । उद्योग र कलकारखानाबाट बजारमा पुगिसकेका वस्तुहरूको मौज्दात कम्तीमा ३ महिनादेखि ६ महिनासम्म हुने भएकाले त्यसको भरथेगले अर्थतन्त्रलाई भित्रभित्रै चलायमान बनाइरहेको छ । उद्योग, कलकारखाना, ठूला सपिङ मल, होटल, रेष्टुराँ, सिनेमा घर र यातायात पूर्णरूपमा सञ्चालनमा नआउँदै खुद्रा र साना व्यवसाय सुचारु हुनाले अर्थतन्त्रको चक्रमा ठूलो समस्या भएन । खुद्रा व्यापारमा पनि खाद्य र अत्यावश्यक वस्तुको कारोबारले मुलुकलाई पुनः पहिलेकै अवस्थामा फर्काउनका लागि मद्दत गरेको देखिन्छ ।
अर्थात् कोरोनाका कारण लामो समय भएको बन्दाबन्दी (लकडाउन) र त्यसपछि जारी निषेधाज्ञा तथा कोरोना कहरकै चिन्ता नगरी जनजीवनलाई चलायमान बनाउन भूमिका खेले स्थानीय स–साना पसलहरूले । जतिबेला उद्योग, कलकारखाना, यातायात, ठूला सपिङ मल, होटल, रेष्टुराँ ठप्प, सिनेमा हल, कलेजरविद्यालय, सरकारी कार्यालय सबै बन्द थिए । अर्थतन्त्र नै ठप्पजस्तै देखिए पनि त्यसलाई भित्रबाट साना आकारको व्यवसायले चलायनमान बनाइरहेको थियो ।
लकडाउन र त्यसपछिको फर्किन थालेको सामान्य दैनिकीमा पनि सबैभन्दा बढी थपिने व्यवसाय खाद्य व्यवसाय रहेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । संघका अध्यक्ष राजकुमार श्रेष्ठले कोभिड सुरु हुने बित्तिकै अरू पसल बन्द हुँदा खाद्य र तरकारी पसल खोल्ने नियमले पनि एकैपटक धेरै पसलहरू थपिएको हो । साना रेष्टुराँ, होटल र फेन्सी पसल पलायन हुँदा सोही समयमा मिनी मार्ट, किराना पसल र तरकारी पसल थपिएको श्रेष्ठको बुझाई छ । सुरुमा परम्परागत किराना पसललाई समस्या पर्दा सोही समयमा ई–कमर्सले त्यसको बजार लिए पनि केही समयपछि परम्परागत किराना पसलले पनि लय लिएको उनी बताउँछन् ।
लकडाउनमा पेशा, जागिर गुमेपछि धेरैको आम्दानी गुम्दा क्रयशक्ति नै घटेको थियो तर जति कारोबार हुन्थ्यो त्यो दैनिक उपभोग्यमै हुन्थ्यो त्यसैले यही व्यापारले अर्थतन्त्रलाई टिकारहेको भन्न मिल्ने उनी बताउँछन् ।
श्रेष्ठले भनेजस्तै कोरोनाको उत्कर्ष र लकडाउनमै बानपा–२ बागलुङ बजारमा सुवास श्रेष्ठले करिब २ करोड लगानीमा ब्राउन आइज मार्ट खोलेर दैनिक उपभोग्य सामान बिक्री गर्न थाले । सिनेमाघर, रेष्टुराँ, पार्टी प्यालेसलगायतका व्यवसाय भएका श्रेष्ठको सबै व्यापार बन्द हुँदा र लकडाउनपछि पनि अरू व्यापारमा कारोबार नहुँदा मार्टमा गरेको लगानीले अहिले उनी आफंैलाई सुरक्षित रहेको बताउँछन् ।
१ महिनाअघि मात्र पोखराको सिमलचौरमा १० करोड लगानीमा सेभन स्टार फुड एन्ड मार्ट सञ्चालनमा आएको छ । दैनिक उपभोग्यवस्तु, तरकारी, मासु, फलफूल पाइने मार्टमा सात युवाहरूले सामूहिक लगानी गरेका छन् ।
लकडाउनपछि काठमाडौंभित्र नै करिब ३ सयवटा मिनीमार्ट थपिएको खुद्रा व्यापार संघको अनुमान छ । रिंगरोडभित्र र बाहिरका चोक र गल्लीमा एकैपटक थपिने व्यवसायमा खाद्यको खुद्रा व्यापार रहेको संघले जनाएको छ ।
कोभिडताका पसल बन्द भएपछि साना र खुद्रा व्यवसाय ठूलो मारमा परे पनि । घरभाडादेखि आम्दानीसमेत नहुँदा परेको समस्याका बीचमा पनि लकडाउनका बेला र लकडाउनलगत्तै साना र खुद्रा व्यवसायीले आफ्ना पसलहरू खोलेर मानवीय आवश्यकता पूर्तिको काम मात्रै गरेनन् समग्र अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेले । खासगरी सहरी क्षेत्रहरूमा प्रशासनको आँखा छल्दै व्यवसायीहरूले आफ्ना सेवाहरू सुचारु गरे । हेर्दा सरकारको आँखा छलेको देखिए पनि भित्रि मनसाय भने व्यवसाय मर्न नदिने र सर्वसाधारणलाई आवश्यक वस्तु तथा सेवाहरूको आपूर्ति गर्नुथियो ।
कोरोनाको चर्चाले मानिसहरू त्राहिमाम थिए । सुरुवाती समयमा लकडाउन भनेको के रहेछ भनेर तमासा हेर्न निस्कने एकाधबाहेक धेरै मानिसहरू चाहेर पनि बाहिर निस्कने आँट गर्दैनथे । यस्तो बेला के सहर के गाउँ व्यवसायीहरूले आफ्ना पसलहरू बन्द भए पनि आफ्नो सम्पर्कमा आउने जोकोहीको आवश्यकता पूर्ति गर्न महत्वपूर्ण भूमिका खेले । तर, अहिले तिनै साना व्यवसायी अर्थात् खुद्रा व्यापारीहरू जसले आफ्नो ज्यान जोखिममा राखेर सेवा दिए र कतिपयले ज्यान समेत गुमाए उनीहरूलाई सेवा सुविधा दिनु त परेको कुरा सरकारले अझै कोभिसिल्ड भ्याक्सिन (खोप) लगाउने वातावरणसमेत बनाउन सकेको छैन । जतिबेलै र जुनसुकै अवस्थामा सबैभन्दा बढी जनसम्पर्कमा खुद्रा व्यवसायीहरूले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलिनै रहेका छन् ।
घर वरिपरिका साना किराना पसल, औषधि पसल, फेन्सी स्टोर्सदेखि लकडाउनका बेला एकै पटक उदाएका ई–कमर्स व्यवसाय जसले घरघरमै सामान पुराए ती व्यवसायले मुलुकको अर्थतन्त्रलाई डगमगाउन दिएनन् । खुद्रा व्यवसाय मुलुकको सबैभन्दा बढी व्यवसायी आबद्ध हुने र रोजगारी प्रदान गर्ने क्षेत्र हो । नेपालमा हालसम्म खुद्रा व्यापारको मात्र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा योगदान कति छ भन्ने तथ्यांक उपलब्ध छैन र खुद्रा व्यापारको संलग्नता कस्तो छ भन्ने बारेमा पनि छुट्टै अध्ययनको आवश्यकता छ । तर, थोक तथा खुद्रा व्यापारको जीडीपीमा दोस्रो ठूलो योगदान छ । केन्द्रीय तथ्यांक विभागकाअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी कृषि तथा वनको २७.०८ प्रतिशत योगदान रहेकोमा दोस्रो स्थानमा रहेको थोक तथा खुद्रा व्यापारको योगदान १३.८९ प्रतिशत छ ।
अहिले पनि अन्य क्षेत्र लयमा फर्कन सकस भइरहेको छ । तर, थोक तथा खुद्रा व्यापारले ९० प्रतिशत लय समातिसकेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठ बताउँछन् । केन्द्रीय बैंकले २०७७ असारमा ‘कोभिड—१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी अध्ययन’ प्रतिवेदन सार्वजनिक गरेको थियो । अध्ययन प्रतिवेदनमा सञ्चालन हुन नसकेको थोक तथा खुद्रा व्यापार ५७.८९ प्रतिशत, आंशिक सञ्चालन भएको ४० प्रतिशत र पूर्ण सञ्चालन भएको २.११ प्रतिशत रहेको उल्लेख छ । राष्ट्र बैंकले नै गत मंसिरमा गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनमा सबैभन्दा बढी थोक तथा खुद्रा व्यापारमा सुधार आएको देखाएको छ । प्रतिवेदनमा सञ्चालन हुन नसकेको थोक तथा खुद्रा व्यापार ३.३९ प्रतिशत, आंशिक सञ्चालन भएको ३१.६४ प्रतिशत र पूर्ण सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार ६४.९७ प्रतिशत रहेको उल्लेख छ ।
अर्थ मन्त्रालयले २०७७ मंसिरमा कोरोनाबाट न्यून प्रभावित १२ वटा व्यवसायमध्ये ई–कमर्स, खाद्यान्नको बिक्री वितरण, भण्डारण र प्रशोधनलाई राखेको थियो । मुलुकका ठूला आयोजनादेखि ठूला उद्योग कलकारखाना पूर्णमा सञ्चालनमा छैनन् । पर्यटन क्षेत्र अझै पनि शून्य बराबर जस्तै छ । तर, खुद्रा व्यापारले कोभिडका बेला पनि अर्थतन्त्र मात्र नभएर जीविका नै चलायमान बनायो । राष्ट्र बैंकका अनुसार असारमा ६१.८१ प्रतिसत लघुउद्यम÷साना व्यापार सञ्चालन हुन नसकेकोमा मंसिरमा सञ्चालन नभएको यस्ता व्यवसाय ८.१४ प्रतिशत मात्रै छ ।
घर वरिपरिका साना किराना पसल, औषधि पसल, फेन्सी स्टोर्सदेखि लकडाउनका बेला एकै पटक उदाएका ई–कमर्स व्यवसाय जसले घरघरमै सामान पुराए ती व्यवसायले मुलुकको अर्थतन्त्रलाई डगमगाउन दिएनन् । खुद्रा व्यवसाय मुलुकको सबैभन्दा बढी व्यवसायी आबद्ध हुने र रोजगारी प्रदान गर्ने क्षेत्र हो । नेपालमा हालसम्म खुद्रा व्यापारको मात्र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा योगदान कति छ भन्ने तथ्यांक उपलब्ध छैन र खुद्रा व्यापारको संलग्नता कस्तो छ भन्ने बारेमा पनि छुट्टै अध्ययनको आवश्यकता छ ।
असारमा ५.९० प्रतिशत पूर्ण सञ्चालनमा रहेको लघुउद्यम÷साना व्यापार मंसिरमा आइपुग्दा ५१.५५ प्रतिशत पूर्णरूपमा सञ्चालन भएका छन् । गत असारको अध्ययनमा ७२.२ प्रतिशत रोजगार रहेका लघुउद्यम/साना खुद्रा व्यापारमा मंसिर आइपुग्दा ९५.७६ प्रतिशत पुगेको छ । यसले पनि खुद्रा व्यापार लयमा फर्किएको अनुमान गर्न सकिन्छ ।
कोभिडका बेला र पूर्ण लकडाउनका बेला खुद्रा व्यवसायीले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले जस्तै फ्रन्टलाइनमै बसेर उपभोक्तालाई सेवा पु¥याएको संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्य बताउँछन् । फ्रन्टलाइनमा बसेर व्यवसाय गरी जनस्तरमा सेवा पु¥याए पनि साना खुद्रा व्यवसायी कुनै प्रकारको सहुलियत पाउने गरेको भने पाइँदैन । लघुउद्यम/साना खुद्रा व्यापार गरेकाहरूमध्ये १४.७४ प्रतिशतले मात्रै ब्याजमा सहुलियत पाएको राष्ट्र बैंक अध्ययनमा छ ।
कोभिड र लकडाउनका कारण न्यून आर्थिक गतिविधि हुँदा अर्थतन्त्र उकास्ने योजना अहिले बनिरहेको छ । पुरानै अवस्थामा अर्थतन्त्र फर्काउनका लागि ठूला व्यवसायलाई राहतदेखि लिएर छुटसम्मको अवस्था बनिरहँदा ज्यान जोखिममा राखेर उपभोक्तालाई सिधै सेवा पु¥याइरहेका खुद्रा व्यवसायीलाई सरकारले उपेक्षा गर्दा नराम्रो महसुस भइरहेको बज्राचार्य बताउँछन् ।
दैनिक चाहिने र अत्यावश्यक वस्तुका कारण पनि उपभोक्ता र खुद्रा व्यवसायीबीच कोभिड र लकडाउन समयमा पनि नियमित कारोबार भइरहेकाले अर्थतन्त्रलाई टेको लाउने काम खुद्रा व्यापारले गरेको देखिन्छ । यद्यपि खुद्रा व्यापारमा कति संलग्न छन् र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे छुट्टै तथ्यांक उपलब्ध छैन । केन्द्रीय तथ्यांक विभागले गरेको एक अध्ययनमा भने मुलुकमा भएका व्यवसायमध्ये आधाभन्दा धेरै थोक तथा खुद्रा व्यापार रहेको पाइएको छ ।
प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ का अनुसार नेपालमा कुल व्यावसायिक प्रतिष्ठान ९ लाख २३ हजार ३ सय ५६ रहेकोमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मतसम्बन्धी व्यवसायको हिस्सा ५३.९४ प्रतिशत अर्थात ४ लाख ९८ हजार ६९ प्रतिष्ठान छन् । गणनामा समेटिएका विभिन्न १८ क्षेत्रमध्ये एउटै क्षेत्रको हिस्सा आधाभन्दा बढी हुनुले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने कुरा देखाउँछ । कुल व्यवसयामध्ये बाटो÷सडकमा सञ्चालित व्यवसायको हिस्सा ३.६९ प्रतिसत (३४ हजार १ सय) छ भने आफू बसोबास गर्ने घरमा नै सञ्चालन भएको व्यवसाय ४१.८४ प्रतिशत (३ लाख ८६ हजार ३ सय) छ । यस्ता व्यवसाय सामान्यतया खुद्रा व्यापारसँग सम्वन्धित हुन्छन् ।
खुद्रा व्यापारमा फेरिएको प्रवृत्ति
कोभिड–१९ पछि खुद्रा व्यापारको प्रवृत्तिमा पनि परिवर्तन आएको छ । खाद्य पसलबाहेक अन्य व्यापार गर्न सरकारले बन्देज लगाइरहेको अवस्थामा व्यवसायीहरू अनेक जुक्ति निकालेका छन् । कतिपय क्षेत्रमा अन्य व्यवसायमा तरकारी पनि राखेर व्यवसाय गरिएको थियो । पुस्तक पसलमा तरकारी, हार्डवेयर पसलमा तरकारी, फेन्सी स्टोर्सहरूमा समेत तरकारी बेच्न राखिएको दृश्य देखिन्थ्यो । यसले खुद्रा व्यापार बढाउन निकै नै सहयोग गरेको पनि थियो । हरियो तरकारी बेच्न राखेपछि प्रशासन पनि मौनजस्तै बस्ने अवस्था बनेपछि धेरै क्षेत्रमा विभिन्न व्यवसायसँग केही तरकारी राखेर पसल खोल्दा अन्य व्यवसाय पनि बढेको व्यापारीहरूको अनुभव छ ।
खुद्रा व्यापारमा अर्को फेरिएको पक्ष भनेको सम्बन्धित पसलले घरसम्मै सेवा दिने व्यवस्था हुनु पनि हो । अनलाइन सेवा दिने भनेर खुलेका विभिन्न किसिमका ई–कमर्स मात्र होइन घरगाउँमै पनि घरमै सामान पुर्यारइदिने व्यवस्था धेरै ठाउँमा सुरु भइसकेको छ । लकडाउनकै समयमा उदाएको ई–कमर्स ग्यापूले आफ्नो सेवाकै कारण छोटो समयमा नै स्थापित भयो ।
दराज, स्मार्टडोको, फेवाबजार, सस्तोडिल, मुन्चा, मेरो किराना, मेट्रो तरकारी, मेरो किसान, रारामार्ट, दरबारमार्ट, ठूलोडटकमलगायतका ई–मकर्स व्यवसायले घरघरमै पुगेर सामान पु¥याउन थालेपछि किनबेचको शैली पनि फेरिएको हो ।
ई–कमर्स चम्कँदा त्यससँगै डिजिटल कारोबार पनि चम्किएको छ । डिजिटल वालेट र क्युआर कोडमार्फत भुक्तानी गर्ने शैली फेरिँदा साना खुद्रा व्यवसायीहरूले पनि पसलमा क्युआर कोडको प्लेट झुन्डाउन थालेका छन् ।
कतिपय क्षेत्रमा भने यसरी सेवा दिँदा ग्राहक सामान्य शुल्कसमेत उठाउने गरिएको पाइन्छ । ग्राहकले पनि आफूकहाँँ सामान पनि आउने र झन्झट पनि नहुने भएपछि केही सेवा प्रदायक दिनु जायज नै मान्न थालेका छन् । यसबीचमा फुडमान्डु घरदेखि अफिससम्मै खानाका परिकारहरू डेलिभरि गरिदिन थाल्यो । धेरै अघि सुरु भएको फुडमान्डु लकडाउन र त्यसपछि झन चम्कियो । राइड सेयरिङ कम्पनी पठाओले यात्रुलाई मात्र ओसार्न गथ्र्याे तर कोभिडकै समयमा पठाओलाई फुड डेलिभरि गर्ने प्लेटफर्म पनि बनायो ।
अरू त अरू सरकारी स्वामित्वको व्यापारी संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट टे«ेडिङ, दुग्ध विकास संस्थान, जडीबुटी प्रशोधन कम्पनीहरूले पनि अनलाइन सामानको अर्डर लिएर होम डेलिभरि गर्न थालेनन् मात्रै लकडाउन अवधिभर आफ्नो सेवालाई निःशुल्क बनाएका थिए । यसले खुद्रा व्यापारमा अझ सहजीकरण भएको अनुभव गर्न सकिन्छ ।
खुद्रा व्यापारमा अर्को फेरिएको पक्ष भनेको सम्बन्धित पसलले घरसम्मै सेवा दिने व्यवस्था हुनु पनि हो । अनलाइन सेवा दिने भनेर खुलेका विभिन्न किसिमका ई–कमर्स मात्र होइन घरगाउँमै पनि घरमै सामान पुर्यारइदिने व्यवस्था धेरै ठाउँमा सुरु भइसकेको छ । लकडाउनकै समयमा उदाएको ई–कमर्स ग्यापूले आफ्नो सेवाकै कारण छोटो समयमा नै स्थापित भयो ।
उद्योगी, व्यवसायी शशिकान्त अग्रवालले अर्थतन्त्र सुस्त र मन्द हुँदा खुद्रा व्यापारकै कारण बजारमा ‘फुटफल’ बढ्ने भएकाले त्यसको सकारात्मक प्रभाव समग्र अर्थतन्त्रमा पर्ने बताउँछन् । ‘कुनै पनि वस्तु तथा सेवाको अन्तिम प्रयोगकर्ता उपभोक्ता भएका हुनाले उनीहरूको क्रयशक्तिका कारण अर्थतन्त्र तलमाथि हुने स्वाभाविक हो,’ उनले भने । कोभिडका समयमा पनि अर्थतन्त्रलाई विस्तारै–विस्तारै माथि उठाउन र चलायमान बनाउन पहिला खुद्रा व्यापार नै सञ्चालनमा आएकाले सहज भएको उनी बताउँछन् । ‘उपभोक्ताले पैसा लिएर बजार छिरेपछि उद्योगबाट सामान बजारमा पुग्नु सामान्य हो,’ उनले भने ।
गत वर्षको चैत ११ मा नेपालमा कोरोनाका कारण लकडाउन भएको थियो । नेपालमा कोरोनाको प्रभाव भएको एक वर्ष भएको छ । एक वर्षपछि खाद्यान्नको मात्र होइन अहिले अरू क्षेत्रको खुद्रा व्यापारमा पनि सुधार आइसकेको नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्रा बताउँछन् ।
‘अहिले मोबाइल, टेलिभिजन, फर्निचर, कपडा, खाद्यान्न, स्टेसनरी, पेयपदार्थ कोभिडअघि कै अवस्थामा फर्किसकेको छ,’ मल्होत्राले भने, ‘निजी क्षेत्रका संस्थाहरू मिलेर नेपालमा दैनिक उपभोग्य वस्तुहरूको कालोबजारी हुन नदिएको, ग्यास तथा पेट्रोलियम पदार्थको ढुवानीलाई सहज बनाएका कारण पनि खुद्रा व्यवसायले छिट्टै गति लिएको हो ।’ होटल, रेष्टुराँमा सुधार आउन थालेको र विदेशी पर्यटक लक्षित पर्यटन क्षेत्रलाई अझै असर पुर्यारइरहेको उनी बताउँछन् ।
महिलाहरूको आधिपत्य भएको व्यवसाय
मुलुकभर भएका प्रतिष्ठानहरूमा ३२ लाख २८ हजार कामदार भएकामा महिलाहरूको हिस्सा ३७.६७ प्रतिशत अर्थात १२ लाख १६ हजार छ । सबैभन्दा बढी महिलाको संलग्नता भने थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मतको क्षेत्रमा छ र यो क्षेत्रमा मात्रै महिलाहरूको संलग्नता ११.५१ प्रतिशत विन्दु छ । त्यसपछि बढी हिस्सा भएको शिक्षामा ६.८३ प्रतिशत विन्दु छ ।
कृषि, वन तथा माछापालन व्यवसायमा १.२४, खानी तथा उत्खनन्मा ०.०१, औद्योगिक उत्पादनमा ४.११, विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित आपुतिमा ०.१, पानी आपूर्ति, ढल, फोहर व्यवस्थापन तथा प्रशोधन क्रियाकलापमा ०.१२, निर्माणमा ०.०७, यातायात तथा गोदाम ०.१२, आवास सुविधा तथा खाना व्यवस्थामा ४.६३, सूचना तथा सञ्चारमा ०.३२, वित्तीय तथा बिमामा २.८७, घरजग्गा कारोबारमा ०.०२, पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा ०.२७, प्रशासनिक तथा सहयोगी क्रियाकलापमा ०.३६, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलापमा २.८९, कला, मनोरञ्जन तथा मनोविनोद क्रियाकलापमा ०.१५ र अन्य सेवा तथा क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानमा २.०५ प्रतिशत विन्दु महिला सहभागिता रहेको छ ।
खुद्रा व्यापारी नै मारमा
व्यवसाय सुचारु गर्न र अर्थतन्त्रको फ्रन्टलाइनरको रूपमा देखिएका खुद्रा व्यापारीहरू कतिपय अवस्थामा भने आफंै मारमा परेको बताउँछन् । खासगरी उद्योग तथा डिलरहरूले वस्तुहरूको मूल्य बढाएर पठाउने र त्यसको रेकर्ड नदिने गर्दा कतिपय अवस्थामा प्रशासनको निसानामा खुद्रा व्यापारी पर्ने गरेको व्यवसायीहरू बताउँछन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट हुने अनुगमनहरूमा खुद्रा व्यापारी बढी ‘टार्गेट’मा पर्ने गरेको व्यवसायीहरूको दाबी छ ।
सहुलियत दररेटमा गुणस्तरीय खाद्य तथा अन्य सामग्री प्राप्त गर्ने उपभोक्ताको अधिकार भए पनि ठूला व्यापारीहरूले चलखेल गर्ने गर्दा साना व्यापारी समस्यमा फस्ने गरेको अनुभव व्यवसायीहरूको छ । कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने काममा आफूहरूको कुनै भूमिका स्थानीय खुद्रा व्यापारीहरू बताउँछन् । तर, उपभोक्तासँग सिधै डिल हुने भएकाले खुद्रा व्यापारीले नै मनमौजी गरेको हो कि भन्ने भान उपभोक्तामा परेको व्यवसायीहरूको अनुभव छ ।
(क्यापिटल बिजनेस म्यागजिनबाट)