काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता घोषणा भएको छ ।
शुक्रबार ह्यात होटलमा एक कार्यक्रम आयोजना गर्दै सो अवार्डको विजेता घोषणा भएको हो ।
काठमाडौं च्याप्टरले पहिलोपटक आयोजना गरेको उक्त अवार्ड कार्यक्रममा स्टार्टअप कम्पनी ‘डक्टर्स अन कल नेपाल’ पहिलो भएको छ । यस्तै ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएको छ ।
![](https://www.capitalnepal.com/uploads/photos/242096513-452167985989445-4626716230373212035-n.jpg)
अवार्ड कार्यक्रममा पहिलो हुने स्टार्टअपले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
युवा उद्यमीहरुका लागि प्रभावशाली तथा अत्यावश्यक नेटवर्किङको माध्यमबाट उद्यमी मानसिकता र साझा दृष्टिकोणलाई बढावा दिने उदेश्यले आयोजना भएको सो अवार्डमा सहभागी हुन देशभरबाट सय भन्दा धेरै स्टार्टअप कम्पनीहरुले आवेदन दिएका थिए । तीमध्येबाट शिर्ष ७ कम्पनी अन्तिम चरणमा पुगेका थिए ।
![](https://www.capitalnepal.com/uploads/photos/242128120-936017746949967-4549469400750790801-n.jpg)
जसमा एमसीक्युहल डट कम, कस्यपी, अन्शु टेक्नोलोजी, अर्बन नेपाल, एजुकेस, डक्टर्स अन कल नेपाल र भक्सक्रो रहेका थिए । अवार्ड प्रत्योगितामा सहभागी सम्पूर्ण कम्पनीहरु हाल व्यवसाय सञ्चालन गरी आर्यआर्जन समेत गर्न थालिसकेको अवस्थामा थिए ।
प्रतियोगितामा सहभागी उत्कृष्ट व्यवासायिक आईडियाहरुलाई ५० लाखदेखि ५ करोडसम्मको लगानीकर्ताहरुसँग जोड्ने आयोजक काठमाडौं च्याप्टरको लक्ष्य थियो ।
![](https://www.capitalnepal.com/uploads/photos/242150442-210489891067331-4694052557685564954-n.jpg)
नेपालमै जन्मिएका विभिन्न नविन तथा अन्वेषणयुक्त आईडियाहरुका लागि उपयुक्त वातावरण र बजारसँग जोड्ने यस्तो किसिमको अवार्ड कार्यक्रमलाई आगमी दिनमा समेत निरन्तरता दिने काठमाडौं च्याप्टरका अध्यक्ष निरज कर्माचार्यले बताए ।
![](https://www.capitalnepal.com/uploads/photos/242119404-866683227295424-6467260126657330860-n.jpg)
यस्ता छन् शीर्ष तीन कम्पनी
डक्टर अन कल नेपाल
![](https://www.capitalnepal.com/uploads/photos/242128630-567564764443773-7179608282754250834-n.jpg)
चिकित्सा क्षेत्रमा लागेका युवाको समूहले स्थापना गरेको डक्टर अन कलले घर घरमा पुगेर चिकित्सा सेवा प्रदान गर्दै आइरहेको छ । विशेषगरी वृद्धा र शारीरिकरुपमा अशक्त जो अस्पताल पुग्न सक्दैनन् त्यस्ता व्यक्तिहरुलाई घरमै पुगेर कम्प्नीले सेवा दिदैँ आइरहेको कम्पनीका संस्थापक सुयश कार्कीले बताए । डक्टर अन कलले सब्सक्रिप्सन मोडलमा समेत यो सेवा प्रदान गर्दै आइरहेको छ ।
अर्बन नेपाल
![](https://www.capitalnepal.com/uploads/photos/242078383-154271350201967-6864102676316226282-n.jpg)
अर्बन नेपाल देशकै पहिलो स्थानीय घरेलु सेवा प्रदायक प्रविधिमा आधारित कम्पनी हो । जसको सहयोगबाट सेवाग्राहीहरुले आफ्नो घरमा आवश्यकीय दैनिक मर्मत तथा विभिन्न किसिमका सेवाहरु लिन सक्छन् । हाल कम्पनीले घरेलु देखि विजनेस लगायता बीटुबी तथा बीटुसी मोडलमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
![](https://www.capitalnepal.com/uploads/photos/242119404-866683227295424-6467260126657330860-n-1.jpg)
अन्शु टेक्नोलोजी
अन्शु टेक्नोलोजी शैक्षिक प्रविधिमा आधारित कम्पनी हो । यसले पूर्व प्राथमिक शिक्षा तहमा अध्ययनरत विद्यार्थीहरुलाई एआर अर्थात् अगुमेन्टेड रियालिटीबाट अनुभवमा आधारित नविन किसिमको सिकाई प्रदान गर्दछ ।
![](https://www.capitalnepal.com/uploads/photos/242099275-196188055939556-973373516948692084-n.jpg)