काठमाडौं। हिरो मोटोकर्पले नेपालका लागि आधिकारीक वितरक सिजी मोटर्ससँगको सहकार्यमा हिरोका मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरेको छ।
सिजी मोटर्सले आइतबार एक कार्यक्रमकाबीच हिरो स्प्लेन्डर, स्प्लेन्डर प्लस र एक्सपल्स २०० मोटरसाइकल तथा हिरो जुम स्कुटर सार्वजनिक गरेको हो।
अबबाट यी मोटरसाइकल र स्कुटर नेपालमै एसेम्बल हुनेछन्। उक्त चारवटा उत्पादनलाई नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बल फ्यासिलिटीमा स्थानीय रुपमै एसेम्बल गरिने जनाइएको छ।
यस प्लान्टमा वार्षिक ७५,००० युनिट सवारीसाधन एसेम्बर हुनेछन्। नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरु सिर्जना गर्न यसले सहयो गर्ने कम्पनीले जनाएको छ। सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रुपमा विस्तार गर्दै लगेको छ।
नेपालप्रतिको आफ्नो प्रतिबद्धता अगाडि बढाउँदै, मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो मोटोकर्पले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा आफ्नो आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बल प्लान्टको उद्घाटन गरेको छ।
![438209142_1093704785071328_391341813603282006_n-1713697866.jpg](https://www.capitalnepal.com/uploads/posts/438209142_1093704785071328_391341813603282006_n-1713697866.jpg?timestamp=1713698095456)
सिजी मोटर्सको सहकार्यको बारेमा आफ्नो धारणा राख्दै, हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘नवीनता र प्रविधि आफ्नो मूल मन्त्रका साथ, हिरो मोटोकर्प विश्वभरका आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय उत्पादनहरु र अनुभवहरु प्रदान गर्न प्रतिबद्ध छ।’
उनका अनुसार यस अत्याधुनिक एसेम्बली युनिटले विश्वस्तरीय उत्पादनहरु अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरुका लागि सजिलै उपलब्ध हुनेछ। ‘सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले विश्व स्तरीय उत्पादनहरु र सेवाहरुसँग बजार जोड्न सक्षम बनाउँछ। हाम्रो साझेदार सीजी मोटर्ससँग नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जुन हाम्रो लागि निकै महत्त्वपूर्ण बजार हो।’
![436961212_964770495225985_5082340891206652086_n-1713697865.jpg](https://www.capitalnepal.com/uploads/posts/436961212_964770495225985_5082340891206652086_n-1713697865.jpg?timestamp=1713698081241)
त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्व स्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ र देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौं।’
सीजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागसिप शोरुम खोलिसकेको छ। साथै, आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरु खोल्नेछ।
हिरो मोटोकर्प सन् २०१४ मा नेपालमा प्रवेश गरेको थियो र वर्षौंदेखि सुपर स्प्लेन्डर र एक्सपल्स २०० मोटरसाइकलहरू जस्ता सर्वाधिक रुचाईएका प्रतिष्ठित उत्पादनका साथ आफूलाई देशकै अग्रणी मोटरसाईकल ब्रान्डको रूपमा स्थापित गरेको छ।
![438154577_7082189901892553_3470549195166548040_n-1713699612.jpg](https://www.capitalnepal.com/uploads/posts/438154577_7082189901892553_3470549195166548040_n-1713699612.jpg?timestamp=1713699624903)
![438204085_956855369505775_5296566083371613941_n-1713699612.jpg](https://www.capitalnepal.com/uploads/posts/438204085_956855369505775_5296566083371613941_n-1713699612.jpg?timestamp=1713699610320)
![1-1713698046.jpg](https://www.capitalnepal.com/uploads/posts/1-1713698046.jpg?timestamp=1713698569376)
![437080214_332958359798623_2602019466121018704_n-1713697865.jpg](https://www.capitalnepal.com/uploads/posts/437080214_332958359798623_2602019466121018704_n-1713697865.jpg?timestamp=1713698065269)