सामुदायिक होमस्टेका विषयमा आफ्ना भावना अभिव्यक्त गरिरहँदा आफूले गरेका कामलाई पनि जोडेर हेर्नुपर्ने हुन्छ। हामीले सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको सामुदायिक होमस्टे पर्यटनको समग्र प्रणालीभित्र अटाउँछ न कि एउटा आंशिक तत्त्वभित्र मात्र। म एक जना मात्र नभएर सम्पूर्ण परिवारको पृष्ठभूमि नै विकास भएको क्षेत्र हो। निजी क्षेत्रभित्रको पनि पर्यटनमा काम गर्ने मेरो सपना कहिल्यै थिएन। संयुक्त राष्ट्रसंघलगायतसँग काम गर्नु बरु मेरो सपना वा चाहना थियो।
तर, यो काम गरिरहँदा मलाई सधैं लागिरहन्थ्यो–केही छुटाइरहेकी छु। मेरो अन्तर्राष्ट्रिय विकासको शैक्षिक पृष्ठभूमिअन्तर्गत हामी दिगोपनाबारे जहिल्यै चर्चा गर्ने गर्थ्याैं। मैले स्नातक र स्नातकोत्तर गर्दा हामी सहस्राब्दी विकास लक्ष्यबाट दिगो विकास लक्ष्यतर्फ प्रवेश गर्याैं, जसले अनेकाैं गन्तव्य वा हाम्रोजस्तो विकासोन्मुख देशको दिगोपनाबारे धेरै लक्ष्यले गहन चासो देखाउन थाले।
मेरो मनमा सधैंभरि विविध योजना/परियोजनालाई कसरी दिगो बनाउन सकिन्छ होला, स्थानीय जनतामा अपनत्वभाव सिर्जना कसरी गराउन सकिन्छ होला भन्ने कुरा खेलिरहन्थे। तर, मलाई यसतर्फ प्रत्यक्ष अवसर कोभिडको संकटपूर्ण समयमा मात्रै जुर्याे। मैले यस क्षेत्रमा काम गर्न थालेको चार वर्ष भइसक्यो। जब यो अवसर आयो, यसले मलाई कुनै पनि परियोजनामा स्थानीय नागरिकमा अपनत्वको भावना विकास गराउने र त्यसबाट स्थानीय अर्थतन्त्रले लाभ हासिल गराउनेजस्ता दिगोपनाको झझल्को दियो।
पर्यटन क्षेत्रले नै ममा सबै आशा र प्रतिरोध क्षमता जगाएका हुन्। महामारीको समय पनि यस उद्योगले कसरी सर्भाइभ हुने, समुदायका लागि कसरी काम गर्ने, मानिसलाई कसरी समावेश गराउने र स्थानीय एवं राष्ट्रिय अर्थतन्त्रमा कसरी टेवा पु¥याउने भनेर लागिपर्याैं। अन्य थुप्रै क्षेत्रबाट असंख्य श्रमशक्ति कटौती हुँदा पनि यस क्षेत्रले नेपाललाई दिगोपनाको सवालमा प्रवर्द्धन गर्न सक्षम भयो। यसरी झांगिएको प्रणालीबाट हामीले बढीभन्दा बढी लाभ लिने क्षमता विकास गर्नुपर्छ।
यूएसएड, इसिमोडजस्ता विकास साझेदारले फन्डको प्रवाह मात्र गराउनेभन्दा पनि उद्यमशीलताको प्रवद्र्धन कसरी गराउने भन्ने दिशातर्फ थप केन्द्रित भएर लागिरहेका छन् र लाग्नुपर्छ। अविकसित मुलुकको आर्थिक हैसियत बढिरहेको परिप्रेक्ष्यमा नेपाल आफंै पनि २०२६ देखि विकासोन्मुख राष्ट्रको स्तरमा फड्को मार्दै छ, फन्डिङ प्रवाहको समग्र रुपरेखामा परिवर्तन आउनु स्वाभाविक छ।
यूएसएडले पहिला व्यापार र उद्यमशीलताको विकासमा सहायता गर्दैनथ्यो । उनीहरू अधिक रूपमा स्वास्थ्य, सरसफाइ, शिक्षालगायत क्षेत्रमा संलग्न थिए। तर, तीन वर्षअघि उनीहरूले परम्परागत रूरुपमा गरिआएको काममा ‘ट्रेड एन्ड कम्पिटिटिभनेस’को तत्त्वलाई थप गरेका छन्। सहकार्यमा आधारित भएर ‘म्याचिङ ग्रान्ट’ पाउने हामी सबैभन्दा पहिलो हाैं। उनीहरूले म्याचिङ ग्रान्टको अवधारणालाई कार्यान्वयनमा ल्याएका छन् र अहिले निजी क्षेत्रसँग जोडिएका छन्। मेरो अनुभवमा यस अवधारणालाई अंगिकार गर्दै अगाडि बढिरहेकी छु।
आजका दिनमा पूर्वदेखि सुदूरपश्चिमसम्म नेपालभर ३६ समुदायसँग मिलेर काम गरिरहेका छांै। यसअन्तर्गत हामीले ३५२ घरपरिवारका १५०० बढीका लागि प्रत्यक्ष रोजगार सिर्जना गर्न सफल भएका छाैं। हामी होमस्टे परियोजनामार्फत देशभरि क्षेत्रीय स्तरमा होमस्टे, स्थानीय बजार र स्थानीय अर्थतन्त्रको प्रवद्र्धनमा जुटेका छाैं। हाम्रो सन्जालअन्तर्गतका ८० प्रतिशत बढी होमस्टे उद्यम महिलाद्वारा सञ्चालित छन्।हाम्रो बास दिने सेवा मात्र नभएर त्योभन्दा निकै ठूलो कार्य हो, जुन प्रयोगात्मक हिसाबमा अहिले अगाडि बढिरहेको छ । ‘अकोमोडेसन’ सेवामा संलग्न समुदायका सदस्यलाई पनि हामीले रोजगार दिन सक्षम भएका छाैं। यो एउटा पाटो भयो।
हाम्रो सन्जालअन्तर्गतका ८० प्रतिशत बढी होमस्टे उद्यम महिलाद्वारा सञ्चालित छन्। महिला सशक्तीकरणको कुरा गर्ने हो भने तपाईंहरूको यसमा फरक मत छैन होला। तर, हाम्रो परिस्थिति अलि फरक छ। जस्तो, अधिकांश महिलाको फरक–फरक पृष्ठभूमि भए पनि सशक्तीकरणको सवालमा उहाँहरू सबैलाई एउटै डालोभित्र राखिएको छ। यसले सबैको समस्या समान रूपले समाधान गर्न सक्दैन। तसर्थ, कम्युनिटी होमस्टे नेटवर्कभित्र हामीले गर्ने सशक्तीकरण कार्यलाई महिलाको अवस्था र पृष्ठभूमिअनुसार विभाजन गरी फरक–फरक रूपमा अगाडि सारेका छांै। यहीअनुरूप हरेक होमस्टे र सञ्चालकका लागि फरक स्वरुपका प्याकेज ल्याएका छौैं।
२०१२ देखि हालसम्म आइपुग्दा हाम्रा सबै कामले सकारात्मक परिणाम दिएका छन् भन्ने होइन। अझै पनि थुप्रै समस्या, थुप्रै चुनौती छन्। कतिपय समुदाय यस्ता पनि छन्, जसले महिलालाई बैंकमा खाता खोल्नसम्म पनि दिएका छैनन्। यस्तो अवस्थामा हामीले अनेकाैं छलफल, बैठक बसेर उनीहरूको खाता खोलाउने काम गराउनुपरेको छ। तसर्थ, महिला सशक्तीकरणका अनेकाैं परिभाषा हुन सक्छन्। जस्तो, कसैका लागि यो बैंकको खाता खोल्नेसम्ममा सीमित होला भने कोहीका लागि आत्मविश्वास सिर्जना गर्नु हुन्छ।
उद्योगको रूपमा पर्यटन क्षेत्रप्रति हामीले गर्व गरेका छांै किनभने यसमा ५० प्रतिशत बढी श्रमशक्ति महिलाबाट आएको छ। यद्यपि हामीले अझै प्रश्न गर्न छाड्नुहुन्न। जस्तो, ५० प्रतिशत महिलाभित्र कति नेतृत्वदायी तहमा पुग्न सफल भएका छन्। अन्य उद्योग क्षेत्रको तुलनामा यस उद्योगमा महिला प्रतिनिधित्व बढी भए पनि नेतृत्व तहमा उनीहरूको उपस्थिति न्यून छ। उदाहरणका लागि २० जना पुरुष प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिकामा रहँदा एक जना महिला मात्रै त्यो हैसियतमा रहेको अवस्था छ। त्यसैले यस्ता प्रश्न उठाउन हामीले छाड्नु हुँदैन।