काठमाडौं। नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनमा रुचाइएको दिपल ईभीको बिक्री वितरणलाई औपचारिक रुपमा सुरु गरेको छ।
बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस ०७एल र दिपल ई०७ लाई सार्वजनिक गरेका थिए।
दिपल ईभी सार्वजनिक गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले चितवनमा चांगानको सफलताको कामना गरे। साथै, उनले चांगान र अन्य ब्रान्डहरूले बिक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
त्यसैगरी, एमएडब्लु वृद्धि प्रमुख कार्यकारी अधिकृत शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा आठ सयभन्दा बढी दिपल बिक्री भइसकेकाले यसको डिजाइन तथा प्रविधिका कारण यो ईभीप्रेमीको रोजाइमा परेको बताए।

एमएडब्लु वृद्धिले राजहंस अटोमोबाइलमार्फत चितवनका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल ईभीको फस्ट-ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो।
चितवनमा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले बिहीबारबाट तीन दिनका लागि टेष्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु गरेको छ। यो अवधिमा चितवनका ईभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७, दिपलएस०७ एल र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्ने छन्।
टेष्ट ड्राइभ क्याम्पमा ग्राहकले २० प्रतिशत डाउनपेमेन्टमा दिपल ईभी खरिद गर्न सक्ने छन्। यसका साथै, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउने छन्। साथै, दिपलका इभी टेस्टड्राइभ गर्नु हुने सबैले दिपलको तर्फबाट उपहार पाउने छ।
दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकरलगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन्।