नेपालमा प्रतिवर्ष आयोजना हुने नाडा शो छुटाउँदिनँ। अटोमोबाइल क्षेत्रमा भइरहेको प्रविधिगत विकास र नयाँ सवारीसाधनको जानकारी लिन यो मञ्च महत्त्वपूर्ण माध्यम हो। यही बेला मैले धेरै पटक ‘सांघाई अटो शो’बारे सुन्न पाएको थिएँ। विश्वभर प्रख्यात यो अटो शोमा एकचोटि जान पाए हुन्थ्यो भन्ने मनमा सधैं लागिरहन्थ्यो।

संयोगवश, मेरो यो इच्छा पूरा हुने अवसर मिल्यो। चिनियाँ इलेक्ट्रिक वाहन निर्माता कम्पनी कायी र जिओ अटोमोबाइल्सले नेपाली सञ्चारकर्मीलाई चीन भ्रमणको निमन्त्रणा दिए। यसै अवसरमा मैले सांघाई अटो शो हेर्ने अवसर पाएँ। यो यात्राले मलाई चीनको अटो उद्योग कति द्रुतगतिमा अगाडि बढिरहेको छ भन्ने कुरा मात्र होइन, यसको भविष्यको रणनीति पनि बुझ्न सघाएको ठान्छु।
चीनले नयाँ ऊर्जा वाहनलाई मात्र ब्याट्री इलेक्ट्रिक वाहन सम्झने गरेको छैन। उसले प्लग–इन हाइब्रिड र रेन्ज एक्सटेन्डर इलेक्ट्रिक वाहन (इआरईभी)लाई पनि नयाँ ऊर्जाको विकल्पका रूपमा प्रवर्द्धन गरिरहेको छ। यसले गर्दा लामो दूरी यात्रामा पनि चार्जिङको चिन्ता नरही उपभोक्तालाई सहज र लचिलो यातायात सेवा दिन सकिन्छ।

हामीले सिचुवान प्रान्तको यिवन सहरमा रहेको कायीको स्मार्ट कारखाना भ्रमण गर्यौं। यो फ्याक्ट्री चेरी अटोमोबाइलको सहयोगमा निर्मित छ र जापानी रोबोट प्रविधिले सुसज्जित छ। यहाँ हामीले कायी एक्स७ फेभको उत्पादन प्रक्रिया हेर्न पाएँ, जुन डिजाइन, प्रविधि र गुणस्तरमा अन्तर्राष्ट्रिय मानकअनुरूप छ।

यही फ्याक्ट्रीबाट कायी इक्विटी ०४ (चीनमा चेरी क्यूक्यू नामले चिनिन्छ) उत्पादन भइरहेको छ, जुन नेपाली बजारमा पनि उपलब्ध छ। यसले देखाउँछ, कायीले सानादेखि मध्यम श्रेणीका गाडीमा पनि ध्यान केन्द्रित गरेको छ।
कायीको रिसर्च एन्ड डेभलपमेन्ट टोलीले २०२६ का लागि नयाँ इलेक्ट्रिक मोडलमा काम गरिरहेको छ। यी डिजाइन आकर्षक, भविष्यमुखी र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर तयार गरिएका थिए। यसले प्रमाणित गर्छ कि कायीले विश्वबजारमा आफ्नो स्थिति मजबुत पार्ने लक्ष्य राखेको छ।

यिविन सहरमा हामीले देख्यौं, त्यहाँ चल्नेमध्ये अधिकांश गाडी कायी वा चेरीका थिए। यसले स्थानीय सरकारको समर्थन र जनताको विश्वास देखाउँछ।
अन्तर्राष्ट्रिय स्तरमा पनि कायीले युरोप, रुस, मध्यपूर्व र दक्षिणपूर्वी एसियामा आफ्नो बजार विस्तार गरिसकेको छ। यात्राका बेला हामीले विभिन्न देशका कायी प्रतिनिधिसँग गफिँदा थाहा भयो, उनीहरूले गुणस्तर, मूल्य र डिजाइनको आधारमा ग्राहकको विश्वास जित्न सफल भएका रहेछन्।

नेपालमा इलेक्ट्रिक वाहन माग बढ्दै गएको अवस्थामा कायीजस्ता बजार–अनुकूल र प्रविधिमैत्री गाडीको महत्त्वपूर्ण भूमिका हुन सक्छ। कायी इक्विटी ०४ जस्ता साना इलेक्ट्रिक कार नेपाली सडकका लागि उपयुक्त छन् भने एक्स७ फेभजस्ता एसयूभीले मध्यमवर्गीय ग्राहकलाई आकर्षित गर्न सक्छन्।
द्रुतगतिमा अगाडि बढिरहेको छ भन्ने कुरा मात्र होइन, यसको भविष्यको रणनीति पनि बुझ्न सघाएको ठान्छु।

चीनको अटो यात्रा अवलोकनले मलाई इभी उद्योगको गतिशीलतासँग परिचित गरायो। कायीले गुणस्तर, नवीनता र अन्तर्राष्ट्रिय बजारमा ध्यान दिएर आफ्नो ब्रान्डलाई विश्वसनीय बनाएको रहेछ।

नेपालले पनि यस्ता प्रगतिशील कम्पनीसँग सहकार्य गरेर इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा अगाडि बढ्न सक्छ।
अन्तमा मेरो निष्कर्ष छ- कायी केवल चीनको होइन, अब यो विश्वको ब्रान्ड बन्ने बाटोमा लम्किँदो छ।