काठमाडौं। नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकको उत्साहपूर्ण सहभागिता र बढी रहेको मागलाई ध्यानमा राखी प्रि-बजेट एक्सचेन्ज फेस्टलाई अतिरिक्त ३ दिन (जेठ ५ देखि ७ सम्म अर्थात १९ देखि २१ मे २०२५)सम्म बढाएको छ।
यो अभियान सफलतापूर्वक सञ्चालन हुँदै आएको छ र ग्राहकहरूले यसबाट ठूलो फाइदा लिँदै छन्। यस मेलामा ग्राहकले कुनै पनि ब्राण्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्ने छन्।
यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरीज, र जीवनभर निःशुल्क चार्जिङ जस्ता विशेष सुविधाहरू पाउने छन्। साथै, ८० प्रतिशतसम्म वित्तीय सुविधा पनि उपलब्ध हुनेछ। जसले इलेक्ट्रिक गाडी खरिद गर्ने प्रक्रिया अझै सजिलो बनाउँछ।
यो अफर टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा लागू हुनेछ। अतिरिक्त रूपमा, ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको स्थापना सुविधा पाउने छन्।
इच्छुक ग्राहकहरूले देशभर रहेका सिप्रदीको आधिकारिक सोरुममा गई मेलाको अवलोकन गर्न तथा इलेक्ट्रिक गाडीहरूको टेस्ट ड्राइभ गर्न सक्ने छन्।
सिप्रदी ट्रेडिङले ग्राहकको उत्साह र समर्थनलाई धन्यवाद दिदै यो अभियान थप व्यापक बनाएको छ। यसैले, इलेक्ट्रिक गाडीमा स्विच गर्न चाहनेहरूले यो अवसर नछुटाउन आग्रह गरिएको छ।