काठमाडौं। नेपालमा टिभीएस ब्राण्डको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ जेठ ७ देखि १२ गतेसम्म काठमाडौं ‘भृकुटीमण्डप’स्थित प्रदर्शनी स्थलमा आयोजना गरिने भएको छ।
उक्त मेलामा पुराना मोटरसाइकल वा स्कुटरको साटासाट गरी नयाँ टिभीएस सवारी घर लैजान सकिने व्यवस्था मिलाइएको छ। यस विशेष अवसरमा विभिन्न आकर्षक अफरहरू र मनोरञ्जनात्मक कार्यक्रमहरूको मजा लिन सकिने छ।
मेलाको अवधिभर साटिने सवारीका लागि न्यूनतम ३० हजार मूल्यांकन प्रदान गरिने छ। ५० भन्दा बढी रिकन्डिसन हाउसको सहभागितामा उच्चतम मूल्यांकन सुनिश्चित गरिने छ। ८ हजारसम्मको नगद छुट, थप मूल्यांकन सुविधाका साथै ०५ ब्याजदरमा सवारी किन्ने व्यवस्था पनि उपलब्ध गराइएको छ।
मेला सुरु हुनुअघि जेठ ६ गतेसम्म प्रि-बुकिङ गरिएको खण्डमा ग्राहकहरूलाई ५ हजार बराबरको उपहार प्रदान गरिने छ। मेलामा टिभीएसका विभिन्न सेग्मेन्टका मोडेलहरू प्रदर्शित गरिने छन्। प्रिमियम सेग्मेन्टमा टिभीएस रोनिन र टिभीएस अपाचे सिरिजका बाइकहरू समावेश गरिने छ।
कम्युटर सेग्मेन्टमा टिभीएस रेडर र टिभीएस रेडियन प्रस्तुत गरिने छ। त्यसै गरी स्कुटर सेग्मेन्टमा लोकप्रिय टिभीएस एनटर्क देख्न सकिने छ। इलेक्ट्रिक सेग्मेन्टमा टिभीएस आईक्युब इलेक्ट्रिकसमेत अवलोकन गर्न सकिने छ। यी मोडेल विभिन्न प्रयोगकर्ता आवश्यकतालाई ध्यानमा राखी प्रस्तुत गरिने छन्।
कार्यक्रममा आगन्तुकले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, वातानुकूलित प्रदर्शनी हल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो परिकारहरूको फूड स्टल र बालबालिकाका लागि खेलकुद, चित्र कोर्ने अवसर, र रमाइलो गतिविधि रहेको विशेष बालमैत्री क्षेत्रको अनुभव लिन सकिने छ। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरणमा पूर्ण मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखिएको छ।
सवारी अद्यावधिक गर्न चाहने, नयाँ टिभीएस मोडेलबारे बुझ्न इच्छुक, वा केवल रमाइलो अनुभव लिन चाहने सबैजनालाई टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेलामा सहभागी हुन आमन्त्रित गरिन्छ। मेला यही जेठ ७ देखि १२ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना गरिने छ।