काठमाडौं। नेपालमा एआईओएन इलेक्ट्रिक सवारी साधानको आधिकारिक बिक्रेता सीजी मोटर्सले नेपालकी चर्चित तथा लोकप्रिय अभिनेत्री वर्षा राउतलाई आधिकारिक ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ। योसँगै गाडी हस्तान्तरण गरेको छ।
नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित राउत अब एआईओएन भी परिवारको हिस्सा बन्न पुगेकी छन्। उनी जस्तै बहुआयामिक क्षमता बोकेको एआईओएन भीले समेत इभी सेग्मेन्टमा नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायक अनुभवमार्फत नयाँ मापदण्ड स्थापित गर्दै आएको छ।
सीजी मोटर्सका जीएम सेल्स सुशील क्षेत्रीका अनुसार राउतलाई एआईओएन भीको ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गरिएको हो।
एआईओएन भीमा रहेको ७५.३ किलोवाट क्षमताको ब्याट्री तथा ६५० किमीको रेन्जले लामो यात्रामा पनि पूर्ण आत्मविश्वास प्रदान गर्छ।
राउत भन्छिन्, “एआईओएन भी केवल गाडी होइन, यो एक अनुभव हो, यसको लक्जरी, स्मार्टनेसर व्यवहारिकता मेरो जीवनशैलीसँग गहिरो रूपमा मेल खान्छ।”
चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स नवीन प्रविधि र विश्वव्यापी साझेदारमार्फत दिगो मोबिलिटी प्रदान गर्न समर्पित छ।