काठमाडौं। आइएम–६ ईलेक्ट्रिक लक्जरी कार नेपाली बजारमा आएको छ। नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आइएम–६ नेपाली बजारमा परीक्षणको लागि ल्याएको हो।
दुई भेरियन्टमा उपलब्ध आइएम–६ नेपाली बजारमा परीक्षणको लागि प्रिमियम आरडब्लुडी भेरियन्ट आएको कम्पनीले जनाएको छ। परीक्षणको लागि नेपाल आएको प्रिमियम आरडब्लुडी भेरियन्टमा २१६ किलोवाटको मोटर दिइएको छ।

आइएम–६ को प्रिमियम आरडब्लुडी भेरियन्टमा ७५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। जसले ६२५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। यसको पर्फमेन्स एडब्लुडी भेरियन्टमा भने १०० किलोवाटको ब्याट्री दिइएको छ जसले ८०२ किलोमिटर रेन्ज दिन्छ। आइएम–६ फास्ट चार्जरको सहायताले चार्ज गर्दा १२ मिनेटमा ४०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ।
आइएम–६ शहरी र लामो दूरी दुवै यात्राको लागि उपयुक्त देखिएको छ। दुई भेरियन्टमा उपलब्ध आइएम–६ मा लिथियम आयोन ब्याट्री पाउन सकिन्छ। यसको पर्फमेन्स एडब्लुडी भेरियन्टले ८०० एनएम टर्क उत्पादन गर्छ।

रियर ह्वील र अल ह्वील ड्राइभमा उपलब्ध यसयुभीको लम्बाइ ४९०४ एमएम चौडाइ १९८८ एमएम र उचाइ १६६९ एमएम छ। यसको ह्वीलबेस २९५० एमएमको छ।
चीनमा एमजी आइएम–६ लाई आइएम मोटर्स अन्तर्गत आइएम एलएस–६ को रुपमा बेचिन्छ। जुन एसएआइसी मोटर अलिबाबा र झाङजियाङ हाई–टेक बीचको संयुक्त उद्यम हो।

आइएम–६ एमजी मोटरले मार्च २०२५ मा थाइल्यान्डमा सार्वजनिक गरेको थियो। जुन दुई भेरियन्ट प्रिमियम आरडब्लुडी र पर्फमेन्स एडब्लुडी भेरियन्टमा उपलब्ध छन्।
आइएम–६ मा २६.३ इन्च लिफ्टेबल स्क्रिन, १०.५ इन्च फंक्शनल स्क्रिन, हाफ–मून स्टेयरिङ ह्वील पाउन सकिन्छ। यस गाडीमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल, अटोमेटिक पार्किङ, प्यानारोमिक सनरुफ, भीटुएल चार्जिङ क्षमता, उपलब्ध छन्। यसले ट्रिपल स्क्रिन, मसाज सिट र २० स्पिकर अडियो प्रणालीको साथ प्रिमियम टेक–केन्द्रित क्याबिन प्रदान गरिएको छ।
भन्सार प्रयोजनका लागि आइएम ६ को मूल्य ९७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो मूल्य भन्सारबाट गाडी छुट्टाउनका लागि तोकिएकाले मूल्य केही कम हुन सक्ने कम्पनीले जनाएको छ।