काठमाडौं। एमजीले भारतमा उत्पादन गरेको एमजी वीन्डसर नेपाल आएको छ। नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले वीन्डसर नेपाल ल्याएको हो।
कम्पनीले वीन्डर ईभी दुई भेरियन्टमा नेपाल ल्याएको छ। भन्सार प्रयोजनको लागि वीन्डसर एक्सक्लूसिपको मूल्य ३९ लाख ४९ हजार र इसेन्स भेरियन्टको मूल्य ४२ लाख ४९ हजार रुपैयाँ प्रकाशित गरिएको छ।

एमजीले विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ। यसमा १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसको पीकटर्क २०० एनएम छ। सिंगल चार्जमा वीन्डसरले ३३१ किलोमिटर रेनज दिने कम्पनीको दाबी छ।
यसमा वायरलेस चार्जर,अटोमेटीक एसी, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने फ्रन्ट सिट, पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रीक स्टेविलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन्।

विन्डसरमा पानारोमिक ग्लास रुफ,इन्टेरियरमा ८.८ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट प्यानल र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रीन दिइएको छ। विन्डसरमा फ्लस डोर ह्याण्डल,क्लिन सर्फेस र सबै लाइटहरू एलईडी प्रयोग भएको छ।
अगाडि ठूलो एज प्रयोग गरेर निकै अनौठो लाग्ने डिजाइनमा विन्डसर इलेक्ट्रीक तयार पारिएको छ। यसमा १८ इन्चको अलोय ह्वील पाउन सकिन्छ।
